किन रिसिए ट्रम्प यसरी डिभीबाट अमेरिका आउनेहरुसँग ? के डिभी पर्नेहरु सबै ‘फोहोरको टोकरी’मै फाल्नलायक हुन् ?

निर्माण सञ्चार, एजेन्सी । आफ्नो देशमा ‘लेबर’ जनशक्ति कम भएपछि डाभर्सिटी भिसा अर्थात् डिभी मार्फत् विश्वका धेरै मुलुकबाट जनशक्ति आयात गरेको अमेरिका पछिल्ला दिनहरुमा डिभी परेर आफ्नो मुलुक आएकाहरु प्रति आक्रोश पोखिरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशको चर्चित डिभी लोटरी कार्यक्रम माथि नै कडा टिप्पणी गर्दै डिभी लोटरी परेर अमेरिका आएका मानिसहरु ‘फोहोरको टोकरी’मै फाल्नलायक मात्रै रहेको टिप्पणी गरेपछि उनी फेरि विवादित बनेका छन् ।

राष्ट्रपतीय चुनावी अभियानदेखि नै डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने नारा दिएका ट्रम्पले शुक्रबार डिभी पाएर अमेरिका आउनेहरु प्रति यस्तो कडा प्रहार गरेका हुन् ।

हेप्दै तेस्रो विश्वका जनतालाई

अमेरिका अमेरिकी राष्ट्रपति ट्रम्पको आक्रोशबारे विज्ञहरुले समते कडा प्रहार गरेका छन् । ट्रम्पले तेस्रो विश्वका मानिसहरुलाई हेपेको भन्ने आरोप पनि लागेको छ ।

डिभी चिठ्ठाबाट अमेरिका पुगेका नेपालीसहित तेस्रो विश्वका नागरिकमाथि निशाना लगाउन थाले पछि उनीविरुद्ध मानिसहरु आक्रोशित पनि भएका हुन् ।

गत वर्षको डाटा हेर्दा ३४ सय नेपाली डिभी चिठ्ठा कार्यक्रमबाटै अमेरिका पुगेका छन् ।

उनले शुक्रबार एक सम्बोधनमा डिभीबाट अमेरिका छिर्नेहरु ‘उपयोग गर्न नमिल्ने अर्थात ‘फोहोर’ मा मात्रै फाल्न मिल्ने भनेर नमिठो संज्ञा दिएका छन् ।

उनले भने, ‘तिनीहरु उपयोगी हुन्छन् भनेर कसरी विश्वास गर्न सकिन्छ ?, शुक्रबार आयोजित एफबिआई एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले आक्रोश पोेखे, ‘ती सबै फोहोरको टोकरीमा हाल्न मात्र काम लाग्छन् ।’

डिभीवाला सुरक्षा चुनौती बने

सोही कार्यक्रममा उनले डिभी लोट्रीबाट अमेरिका भित्रिने विदेशी नागरिक आफ्नो मुलुकको सुरक्षाका लागि समेत चुनौती भएको बताएका छन् ।

केही महिनाअघि न्यूयोर्क सहरमा भएको आतंकारी आक्रमणमा समेत डिभी चिठ्ठा कार्यक्रमबाट अमेरिका भित्रिएका व्यक्तिको स‌ंलग्नता पाइएपछि ट्रम्प अझै बढी आक्रमक बन्न थादेका हुन् ।

अमेरिकाले हरेक वर्ष ५० हजार आप्रवासीलाई चिठ्ठा कार्यक्रममार्फत भित्र्याउने गर्छ । नेपालबाट अहिलेसम्म करिब १६ हजार मानिस यही कार्यक्रममार्फत अमेरिका पुगेका छन् ।

 

 

...

सोमबार, ३ पुस, ०७४

 

प्रतिक्रिया

Related