नक्कली कच्चापदार्थ प्रयोग गरेकाले नै रद्द भयो अम्बे सिमेन्टको इजाजत

मापदण्डभन्दा कम कच्चापदार्थ प्रयोग
निर्माण सञ्चार, काठमाडौँ | अम्बे सिमेन्ट प्रालिले तोकेको मापदण्डभन्दा कम कच्चापदार्थ प्रयोग गरेर उत्पादन गरेकाले नेपाल गुणस्तर तथा नापतौल विभागले प्रालि पर्साको इजाजत नै रद्द गरेको छ ।

अम्बे सिमेन्ट प्रालिले नक्कली कच्चपदार्थ प्रयोग गरेर उपभोक्ता ठगेको भन्दै विभागले इजाजत रद्द गरेको हो ।

यस प्रालिले नेपाल गुणस्तर ४९ ले तोकेकोभन्दा कम कच्चापदार्थको प्रयोग गरेर उत्पादन गरेपछि विभागले आफ्नो विभागबाट प्रदान गरेको प्रमाण चिह्न प्रयोगको इजाजत रद्द गरेको छ ।

प्रालिले आफ्नो ओपिसीको उत्पादनमा नेपाल गुणस्तरले तोकेको मापदण्डभन्दा कम कच्चापदार्थ प्रयोग गरेर उत्पादन गरेकाले इजाजतपत्र रद्द गर्नुपरेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।

नेपालमा यस्ता नक्कली कच्चापदार्थ प्रयोग गर्ने अधिकांश कम्पनीहरुलाई सरकारले अनुगमन गर्न नसक्दा दिनानुदिन उपभोक्ता ठगिइरहेका छन् ।

...

मंगलबार, ४ पुष ०७४ 

प्रतिक्रिया

Related