तरकारी खेतीबाट आत्मनिर्भर बन्दै कृषक कृष्ण हमाल

निर्माण सञ्चार, जुम्ला । तिला गाउँपालिका ३ का कृष्ण हमालले २०७२ सालदेखि धान, जौ फल्ने खेतमा तरकारी खेती शुरु गरे ।

त्यतिबेला धान जौ फल्ने खेत मासेर तरकारी खेती गर्दा उत्पादन पनि धेरै नहुने र रैथाने अन्न लोप हुने भन्दैै धेरैले हमाललाई जिस्काउने गर्थे ।

त्यतिबेला आफुमा तरकारी खेती नै गर्ने जागर पलाई सकेको हमाललेको अनुभव छ । जसले जे भएपनि झण्डै २ रोपनीको जग्गामा तरकारी खेती नै गर्ने दृढ संकल्प लिएको उनको भनाई छ ।

त्यतिबेला विभिन्न संघसस्थाहरुले ग्रिन हाउसका प्लाष्टिक, पाईप, तथा बिउहरु दिने गर्दथ्यो ।

जसले तरकारी खेती गर्न पनि त्यति ग्राह्रो थिएन । तर, पनि उनका वरिपरिका छिमेकीले धान जौ फल्ने खेत मासेर तरकारी खेती गर्दा उत्पादकत्वमा पनि कमी आउने र उत्पादन गरिएको तरकारीले बजार नपाउने भन्दै तरकारी खेती उपयोगी नहुने भनिरहेका थिए ।

कृषक हमालले सबैलाई देखाउनका लागि भएपनि कसैको कुरा माथि विश्वास नगरी तरकारी खेतीलाई व्यवसायीकता दिन थालेपछि उनी अहिले आत्मनिर्भर बन्दै गएका छन् ।

५ जनाको परिवार रहेको हमालका श्रीमान श्रीमती तरकारी खेतीम नै दैनिकी गुर्जाछन् ।

वर्षाको सिजनमा कम्तीमा पनि दैनिक ३ हजार बढि कमाउने कृष्ण हमालले हिजो आज बेमौसी तरकारी बेचेर दैनिक १ हजार बढि आम्दानी गरिरहेका छन् ।

तरकारी खेतीको गोडमेलदेखि सबै कुरा श्रीमती जयलक्ष्मी हमालले गर्ने र उत्पादित तरकारी बजारीकरणमा आफुले सघाउने गरेको हमालले बताए ।

दैनिक जसो कुडारी बजारको पुर्व जुम्ला सदरमुकाम र पश्चिम नाग्म बजारमा लिएर तरकारी बेच्ने गरेकाछन् ।

धनियाँ, रायो, काउली, पालंगु लगायतका तरकारी उत्पादन भईरहेको छ ।

३ जना छोरीछोरीको पढाई खर्चमा पनि तरकारी खेतीको आम्दानी ठुलो राहात भएको उनको भनाई छ ।

हमालको सिकाईबाट बढे तरकारी कृषकः पहिला कृष्ण हमाललाई खेतमा तरकारी खेती गर्दा उत्पादन घट्ने तथा रैथाने अन्न लोप हुने भन्दै झस्काउने गरेका अन्य स्थानीयहरु अहिले स्वयम आफैले नै धान जौका खेत मासेर तरकारी खेतीतर्फ उन्मुख भएका छन् ।

तिला गाउँपालिका ३ का झण्डै एक दर्जन बढि स्थानीय अहिले तरकारी खेतीतिर आर्कषीत भएका छन् । कुडारी ३ कै कर्ण हमालले पनि तरकारी खेती गरेरै जीवन विताउने बताउनु हुन्छ ।

आफ्नै जन्मभुमिमा परिश्रम गरे सुन फलाउन सकिने कुरा उनले बुझि सकेका छन् ।

केहि समय कालापहाडमा बिताएका कर्ण हमाल अहिले तरकारी खेतीमै व्यस्त रहेका छन् । उनले पनि झण्डै ३ रोपनी जग्गाका विभिन्न किसमका तरकारी फलाइरहका छन् ।

भने मुल्यमा एकरुपता नभएको, बजारीकरणको समस्याले आम्दानी सोचे जस्तो नभएको उनको भनाई छ ।

तर पनि फुर्सदको समय बिताउनु भन्दा विहान बेलुका हरियो साग खाने र छोराछोरी कापी कमल किन्ने पैसा भने तरकारी बिक्रीबाट आईरहेको हमालले बताए ।

कुडारीका राज गिरी, कृष्णनाथ योगी, सत्यादेवि भट्टराइ, दिपकराज भट्राई लगायत एक दर्जन बढि कृषक अहिले तरकारी खेतीबाटै आफ्नो घरव्यवहार संचालन गरिहेका छन् ।

महिलाहरु तरकारी खेती संगै अन्य कुरामा पनि सक्षम हुन थालेका छन् । विभिन्न संघ संस्थाले दिएको जनचेतना सँगै कृषि खेतीमा अग्रसर महिलाहरु आत्मनिर्भर हुन थालेको स्थानीय कृषक महिला देविकन्या भट्राईले बताईन् ।

कुडारीका सबै किसानहरुलाई आत्मनिर्भर बनाउने सेडा नेपाल द्वारा संचालित विकास परियोजनालाई देन छ ।

विउ देखि ग्रिन हाउसका विभिन्न सामाग्रीहरु तथा तरकारी खेतीका लागि प्राविधिक तथा सैद्धान्तिक ज्ञान बेलाबेला दिने गरेको भन्दै विकास परियोजना दिएको हो ।

...

बुधबार, ५ पुष ०७४

...

जुम्लाबाट सागर परियार

प्रतिक्रिया

Related