समाजशास्त्र र कृषि जनशक्तिले पाउने तर इन्जिनियरले बैंककाे कार्यकारी प्रमुख बन्न नपाउने भन्ने राष्ट्र बैंकको हास्यास्पद निर्णय नसच्चिएसम्म इन्जिनियरको विरोध जारी

राष्ट्र बैंककाे अव्यवहारिक निर्णय
निर्माण सञ्चार, काठमाडौँ । नेपाल राष्ट्र बैक अन्तर्गत बैंक तथा वित्तिय संस्था नियमन विभागले ‘इन्जिनियर’ बैंक तथा वित्तिय संस्थाका सञ्चालक बन्न नपाउने निर्णयकाे (नेपाल र्इन्जिनियर्स एशाेसियसन) एनइएले घाेर भर्त्सना  गरेकाे छ । 

उक्त पद नियुक्तको लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली, २०७४ को शंसोधन गरिएको जनाकारीसहित सम्पूर्ण ईजाजत प्रत्र प्राप्त बैंक तथा वित्तिय संस्थाहरुमा परिपत्र गरेको छ ।

मंसिर २७ गते प्रकाशित सूचनाअनुसार ‘क’ वर्गदेखि ‘घ’ वर्गसम्मका वित्तिय संस्थाहरुको सञ्चालक र कार्यकारी प्रमुखका लागि योग्यताका रुपमा चार्टर्ड एकाउण्टेन्सी वा व्यावस्थापन, बैकिङ्ग, मौद्रक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, समाजशास्त्र वा कानुन विषयमा स्नातक उपाधि हाँसिल गरी बैकिङ्ग क्षेत्र, सरकारी निकाय, संगठित संस्था विश्वविद्यालय लगायतमा कम्तिमा तीन वर्ष कार्यकालको अनुभव भएको हुनुपर्ने उल्लेख गरिएको छ ।

समाजशास्त्र, कृषिजस्ता विषयलाई मान्यता दिएर पनि ईन्जिनियरिङ विषयलाई छुटाइनुलाई समानताको हक विपरित गरेको भन्दै नेपाल ईन्जिनियर्स एशोसिएसनले नेपाल राष्ट्र बैक तथा सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।

नेपाल ईन्जिनियरिङ परिषद्का अध्यक्ष सत्यनारायण साहले निर्माण सञ्चारसँग भने, ‘ईन्जिनियर उपयुक्त छ भने शैक्षिक योग्यताको अड्डी राख्नु भनेको हास्यास्पद हो ।’ उनले थपे, ‘शैक्षिक योग्यता भन्दा कामको अनुभवले खारिएको व्यक्ति परिपक्व हुन्छ ।’
यसैगरी, नेपाल ईन्जिनियर एशोसियसनका अध्यक्ष हरेराम श्रेष्ठले भने, ‘राष्ट्र बैंकजस्तो संस्थाले यस्ता अव्यवहारिक निणर्य गर्दा जस्तो लागेकै थिएन ।’

 यसैगरी, नेपाल ईन्जिनियर एशोसियसनका महासचिव उमेशकुमार थानीले भने, ‘यो निर्णय व्यवसायीक हैन ।’

तत्काल यो निर्णय तथा विनियमावली परिमार्जन गरी ईन्जिनियरिङमा स्नातक उपाधिलाई पनि निर्वाध रुपमा बैंक तथा वित्तिय संस्थाको संचालक र कार्यकारी प्रमुखमा नियुक्ति गर्न पाउने व्यवस्थाको लागि आवश्यक व्यवस्था मिलानमा सम्बन्धित सरोकारवाला संस्थालाई ध्यानाकर्षण गराएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसअघि ईन्जिनियरहरुले ती पदहरुमा रही जिम्वेवारी पूरा गरिसकेका छन् भने, विशेषत विकास निर्माणको क्षेत्रमा बैंकले जारी गर्ने ऋण एवं धितोपत्रहरुका कारण ती र त्यस्ता क्षेत्रमा ईन्जिनियरिङ ज्ञानको महत्व बढिरहेको सन्दर्भमा आएको यस्तो निर्णयलाई ईन्जिनियरिङ समुदायले आश्चर्यजनक रुपमा लिँदै यस्तो निर्णयप्रति प्रेस विज्ञप्तिद्वारा आपत्ति जनाएको छ ।

नेपाल राष्ट्र बैंकले निकालेकाे सूचना

 

 नेपाल र्इन्जिनियर्स एशाेसिएसनकाे प्रेस–विज्ञप्ति

 

...

मंगलबार ४ , पुस ०७४

प्रतिक्रिया

Related