नेपालले आफ्नै लगानीमा यसरी नाप्दैछ सगरमाथाको उचाई

दुई वर्ष समय लाग्ने अनुमान
निर्माण सञ्चार, काठमाडौँ । बुधबार नापी विभागले काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल आफैंले सगरमाथाको उचार्इँ मापन गर्न लागेको छ ।

सगरमाथा विश्वकै सवोच्च शिखर भएको सार्वजनिक गरिएको १ सय २७ वर्षपछि नेपालले पहिलो पटक यसको उचार्इ नाप्ने भएको हो ।

गत साता काठमाडौंमा सम्पन्न सगरमाथाको उचाई मापन सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा प्राप्त सुझाव र तथ्याङ्कलाई आधार मान्दै सगरमाथाको उचार्इ नेपाल आफैंले मापन गर्ने लागकाे विभागका सूचना अधिकारी अनिल मरासिनीले जानकारी दिए ।

सगरमाथाको उचाई मापन गर्न तयार पारिएको कार्यविधिलार्इ अन्तिम रुप दिएर अन्तर्राष्ट्रिय विज्ञहरुको सहयोगसमेत लिई सगरमाथाको उचाईँ मापन गरिने जनाइएको छ ।

साथै, नेपालले गरेको मापनलार्इ पारदर्शी बनाउन उनीहरूबाट अनुगमन समेत हुने बताइएको छ । यसका लागि भारतीय सीमा क्षेत्रको कुनै निश्चित स्थानलाई आधार बिन्दु बनाएर उचाई प्रमाणीकरण गरिनेछ ।

भारतबाट नेपालको सीमासम्म उचाई नाप्न भारत सरकारलाई अनुरोध गरिनेछ । त्यस्तै, उचार्इ मापनलार्इ विश्वसनीय बनाउन उत्तरतर्फसमेत जीपीएस र ग्राभिटी सर्भेक्षणका लागि चीन सरकारसँग अनुरोध गर्ने पनि नापी विभागले जनाएको छ ।

भारतीय सीमाबाट नेपालतर्फको मापन कार्यविधि पनि तयार भइसकेको छ । जसअनुसार सिरहाको मिर्चैयासम्म नजिकको भारतीय सीमाबाट उचाई मापन गर्दै ल्याउने र त्यहाँबाट सोलुखुम्बुको ताक्सिन्दू, पिके, सोलुङ र छुल्यामूसम्म मापन गरिनेछ ।

उचाई मापनका लागि छानिएका १२ बिन्दूहरुमा जीपीएस सर्भे गरिनेछ भने लेभलिङ गरिएका विन्दूहरु तथा सगरमाथा नजिकका क्षेत्रहरुमा ग्राभिटी सर्भे गरी त्यस क्षेत्रको ‘जेवेइड’ निर्धारण गरेपछि सगरमाथामा जीपीएस सर्भेक्षण गरेर उचाई निर्धारण हुनेछ ।

यो सबै काम सम्पन्न गर्नका लागि बढीमा २ वर्षसम्मको समय लाग्नसक्ने अनुमान नापी विभागको छ ।

सगरमाथा सन् १९४७ मा विश्वकै सर्वोच्च शिखर रहेको पत्ता लागेको थियो । सर्भे अफ इण्डियाले गरेको त्यस मापनमा सगरमाथाको उचाई ८७७८ मिटर मापन गरिएको थियो ।

त्यसपछि पनि पाँचवटा छुट्टाछुट्टै सर्भेक्षण भइसकेको छ भने फरक–फरक मापन भएको छ । फरक–फरक संस्था तथा मुलुकको सर्भेक्षणको नतिजा फरक पर्न गएपछि नेपाल आफैंले सगरमाथाको उचाई मापनका लागि सक्रियता बढाएको विभागका महानिर्देशक गणेशप्रसाद भट्टले जानकारी दिए ।

...

मंगलबार ४ , पुस ०७४

प्रतिक्रिया

Related