नारी साहित्यकार प्रेमा शाहको निधन

निर्माण सञ्चार, काठमाडौँ । साहित्यकार प्रेमा शाहको बुधबार अमेरिकाको साल्टलेक सिटीस्थित ‘इन्टर माउन्टेन हस्पिटल’ उपचारको क्रममा मृत्यु भएको छ ।

क्रान्तिकारी साहित्यकारका रुपमा परिचय बनाएकी शाहको ‘पहेँलो गुलाफ’ चर्चित कृति हो । साहित्यकार शाहको विक्रम संवत् २००२ सालमा बीरगञ्जको श्रीपुरमा जन्म भएको थियो ।

नेपाली चलचित्र क्षेत्रमा उनी जल शाहको आमाको नाममा परिचित छिन् ।

मदन मेमोरियल स्कुल पढ्दै गर्दा ०१६ मा साहित्यिक पत्रिका ‘शारदा’ मा उनको ‘प्रतिक्रिया’ शीर्षकको पहिलो कथा छापिएको थियो ।

त्यसपछि उनले विभिन्न पत्रिकामा कथा र लेखहरु लेखिन् ।

उनको पँहेलो गुलाफ (कथा संग्रह) २०३० मा प्रकाशित भएको थियो । पँहेलो गुलाफ नेपाली भाषा साहित्यमा यौन मनोविज्ञानमा आधारित भएर लेखिएको सशक्त कृति मानिन्छ ।

त्यसपछि ०२८ सालमा प्रकाशन भएको ‘विषयान्तर’ पनि यौनकै परिवेशमा लेखिएको कथा हो ।

उनका ६ वटा वालकथा र ३ बाल उपन्यास पनि प्रकाशित छन् ।

...

बिहीबार ६ , पुस ०७४

प्रतिक्रिया

Related