गुणस्तरीय तार प्रयोग गर्न मकवानपुर विद्युत् व्यवसायीको अपिल
निर्माण सञ्चार, काठमाडौं|| मकवानपुर विद्युतीय व्यवसायी संघले गुणस्तरीय तार प्रयोग गर्न आम उपभोत्तालाई अपिल गरेको छ । संघले व्यवसायीहरुलाई पनि न्यून गुणस्तरको विद्युतीय तार बिक्री नगर्न आग्रह गरेको छ ।
नेपाल गुणस्तर चिह्न नभएको तार बिक्री वितरण गरे संघले व्यवसायीलाई कारबाही गर्ने समेत जनाएको छ ।
मकवानपुर जिल्ला संघका अध्यक्ष शिवकुमार कार्कीका अनुसार गुणस्तरीय विद्युतीय उपकरण प्रयोग गर्न उपभोक्ता र व्यवसायीबीच कार्यक्रम समेत आयोजना गरिएको छ ।
न्यूनगुणस्तरका तारको प्रयोगले आगलागीका घटना बढ्दै गएकाले त्यसमा व्यवसायी पनि जिम्मेवार रहेको उनले बताए ।
कार्यक्रमपछि मकवानपुरमा साउन १ गतेदेखी बिद्युतीय सामग्रीको मूल्य र गुणस्तरका आधारमा श्रेणी निर्धारण गरिने संघले जनाएको छ ।
...
सोमबार, २ साउन, ०७४
प्रकाशित: २०७४ साउन १
प्रकाशित: २०७४ साउन १
July 16th 2017
प्रतिक्रिया दिनुहोस्