नेपाली समय: ०२:४१:३१ अपरान्ह
वि.सं २०७६ मंसिर २७   शुक्रवार

‘कृषियोग्य जमिनलाई खण्डीकरण नगरी तत्काल औद्योगिक क्षेत्र तोक्नैपर्छ’–कृषिमन्त्री खनाल

निर्माण सञ्चार, काठमाडौँ | नेपाल ल्यान्ड एन्ड हाउजिङ डेभ्लोपर्स एसोसिएसनको ‘हाउजिङ सम्मिट २०१८ नेपाल’ उद्घाटन भएको छ ।

हाउजिङमा नयाँ सहरी एजेन्डासहितको दुई दिने सम्मेलनको उद्घाटन प्रमुख अतिथि नेपाल कृषि भूमिसुधार तथा सहकारी मन्त्री चक्रपानी खनालले गरेका हुन् ।

सोमबार आयोजित सो कार्यक्रममा मन्त्री खनालले हाउजिङ एसोसिएसनले उठाएका मुद्दा अझै अपुग भएको बताउँदै गाउँ/सहर दुवैमा हाउजिङ क्षेत्र समेट्ने गरी सुन्दर र समृद्ध मुलुक बनाउँनुपर्ने भनाई राखे ।

राज्यले जमिनको व्यवस्थापन नगरे मुलुकको विकास हुननसक्ने मन्त्री खनालको दाबी छ ।

उनले भने ‘ राज्यको दायित्व जमिनको व्यवस्थापन गर्नु हो, यदी जमिनको व्यवस्थापन हुँदैन भने मुलुक समृद्धिको सपना देख्नु अर्थहीन हुन्छ ।’

मन्त्री खनालले कृषियोग्य जमिनलाई खण्डीकरण गर्न नहुने भन्दै सरकारले औद्योगिक क्षेत्र तत्काल तोक्नुपर्ने दाबी गरे ।

उनले भने ‘ कृषियोग्य जमिनलाई खण्डीकरण गर्दा देशको आम्दानीमा ह्रास आउँछ, त्यसैले अब स्थानीय, प्रदेश र केन्द्रको सरकारको ‘कोअर्डिनेसनमा’ कृषियोग्य क्षेत्र नमासी औद्योगिक क्षेत्र तत्काल तोकिनु आवश्यक छ ।’

सवैलाई जमिन तथा आवासको व्यवस्थापन गुरिनुका साथै अबको सहर व्यवस्थापन गरिने कुरा संविधानमा समेत उल्लेख भएको बताउँदै मन्त्री खनालले आर्कषक सहर निर्माणमा कृषि मन्त्रालयसहित आफू पनि कटिबद्ध रुपमा लाग्ने प्रतिवद्धता जनाए ।

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाराज तामाङले कार्यक्रमको मुख्य एजेन्डा सहरीकरणको विकास कसरी गर्ने रहेको बताए ।

साथै घर तथा जग्गाका नयाँ नीति निर्माण तथा परिमार्जन, प्राविधिको विकास लगायतका विषयमा विशेष रुपका केन्द्रीत हुने जानकारी गराए ।

उनले कित्ता काटको मुद्दा सहित हदबन्धी छुट कार्य नीतिको व्यवस्थापन गरिनुपर्ने समेत बताए । अध्यक्ष तामाङले भने ‘ पुराना नीति नियम पहिला सहज भएपनि वर्तमान समयमा निकै बाधा बन्छन्, सोहीकारण समयअनुसार नीति नियम परिमार्जन हुनैपर्छ ।’

काठमाडौँ उपत्यका प्राधिकरणका प्रबन्ध निर्देशक भाइकाजी तिवारीले भने अंशवण्डाका नाममा अव्यवस्थित कित्ताकाट भइरहको बताए ।

उनले मुलुक निर्माणमा गुणस्तरीय निर्माण सामाग्रीको प्रयोग नभएको बताउँदै अब भने विल्डिङ तथा निर्माणका जुनसुकै आयोजना बनाउँदा गुणस्तरीय निर्माण समाग्रीको प्रयोग गरी व्यवस्थित सहरको निर्माण गर्नुपर्ने धारणा राखे ।

...

सोमबार, ४ असार २०७५ 



प्रकाशित: २०७५ आषाढ ४
June 18th 2018

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार