नेपाली समय: ०८:३३:२० बिहान
वि.सं २०८३ जेठ २५   सोमवार

महासंघ प्रतिनिधिमण्डल गुजरात— कार्यवाहक महासचिव बने विष्णु बुढाथोकी

निर्माण सञ्चार, काठमाडौं । भारत सरकारको आयोजनामा गुजरात राज्यको अहमदाबादमा शुक्रबारबाट सुरु हुने ‘भाइब्रान्ट सेरामिक्स एक्स्पो एन्ड समिट २०१६’ मा सहभागी हुन नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डल बिहीबार त्यसतर्फ गएको छ ।

महासंघ अध्यक्ष शरदकुमार गौचनको नेतृत्वमा महासंघका सल्लाहकार रामप्रसाद मैनाली, वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठ, उपाध्यक्ष रुद्र शर्मा, महासचिव रामशरण देउजा, उपमहासचिव (आन्तरिक) सूर्यप्रसाद तिमिल्सिना, सहकोषाध्यक्ष नरहरि थपलिया सहितको ७३ सदस्यीय प्रतिनिधिमण्डल त्यसतर्फ गएको हो ।

प्रतिनिधिमण्डलमा महासंघका ३ क्षेत्रीय अध्यक्ष, ३३ जिल्ला अध्यक्ष, ४ एसोसिएट सदस्य लगायत सरकारी र महासंघका कर्मचारीहरुको पनि सहभागिता रहेको छ ।

विभिन्न २० देशका प्रतिनिधिहरुको सहभागिता रहने उक्त एक्स्पोमा महासंघको तर्फबाट अध्यक्ष गौचनले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको एफक्यान सञ्चार डेस्कले बतायो ।

त्यस्तै प्रतिनिधिमण्डलले गुजरात राज्यले छोटो समयमा हासिल गरेको चौतर्फी विकासका सन्दर्भमा विभिन्न परियोजनाहरुको अध्ययन अवलोकन गर्ने छ ।

महासंघ प्रतिनिधिमण्डललाई त्रिभुवन विमानस्थलमा महासंघका उपाध्यक्ष भीमबहादुर साउद, उपमहासचिव (नीतिगत) विष्णु बुढाथोकी, महासंघका उपनिर्देशक प्रेमसिंह ऐर, प्रशासकीय अधिकृत नवराज भण्डारी सहितको टोलीले बिदाई गरेको थियो ।

महासंघले कार्यवाहक अध्यक्षको जिम्मेवारी लक्ष्मणकुमार राना तथा कार्यवाहक महासचिवको जिम्मेवारी विष्णु बुढाथोकीलाई प्रदान गरिएको छ ।

 

 

............

बिहीबार ३० मंसिर, ०७३



प्रकाशित: २०७३ मंसिर २९
December 14th 2016

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार