नेपाली समय: ०४:२८:४९ बिहान
वि.सं २०७६ मंसिर २२   आइतबार

स्मार्ट सिटीमा जाने उद्घोष गर्दै सिभिल होम्सले मनायो १ हजार १ घर बिक्री उत्सव

निर्माण सञ्चार, काठमाडौँ । सिभिल होम्स प्रा.लि. ग्रुपले १८ वर्षका अन्तरालमा आफ्ना १ हजार १ घरहरु बिक्री गर्न सकेकोमा उत्सव मनाएको छ ।

इच्छाराज तामाङद्वारा नेतृत्व गरिएको सिभिल होम्सले १८ औं वर्षमा पुग्दा एक हजार एक घर बिक्री गर्न सफल भएको हो ।

एक हजार एक घर बिक्री गर्न सफल भएको उपलक्ष्यमा सिभिल होम्स प्रालिले आफ्ना ग्राहकहलाई सम्मान पनि गरेको छ ।

यस अवधिसम्म रियल स्टेट तथा हाउजिङ व्यवसायमा सिभिल होम्स ग्रुप अन्य समूहका तुलनामा निकै अघि रहेको दाबी गरिएको छ ।

कम्पनीले जानकारी दिए अनुसार उक्त समूहले हालसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरेर १ हजार १ ओटा घरहरु तथा विभिन्न अपार्टमेन्टहरु आफ्ना ग्राहकलाई हस्तान्तरण गरेको छ ।

पहिलोपटक भैसेपाटीबाट फेज १ का रुपमा सुरु गरिएको उक्त परियोजना हालसम्म आइपुग्दा कलंकी, तीनथाना, सुनाकोठी लगायत गरी ९ औं गोदावरी फेजसम्म आइपुगेको छ 

कम्पनीले १८ वर्षअघि सुरु गरेको व्यवस्थित हाउजिङ परियोजना हालसम्म आईपुग्दा ९ फेजसम्म पुगेको छ ।

पहिलोपटक भैसेपाटीबाट फेज १ का रुपमा सुरु गरिएको उक्त परियोजना हालसम्म आइपुग्दा कलंकी, तीनथाना, सुनाकोठी लगायत गरी ९ औं गोदावरी फेजसम्म आइपुगेको छ ।

कम्पनीले विभिन्न क्षेत्रमा गरी १ हजार १ घर बेचिसकेको र अबको केही बर्षमा १ लाख १ ओटा घरहरु ग्राहकलाई उपलब्ध गराउने उक्त होम्सको लक्ष्य रहेको छ ।

सिभिल अघि सर्दै स्मार्ट सिटीतिर

सिभिल होम्स अब स्मार्ट सिटीतिर अघि बढेको उक्त ग्रुपले बतायो ।

व्यवस्थित सहरीकरणका लागि सुरु गरिएको हाएजिङ अभियान अब स्मार्ट सिटी निर्माणका लागि पनि अघि बढ्ने योजना सिभिल होम्सका महाप्रबन्धक इच्छाराज तामाङले बताए ।

केही वर्षमा व्यवस्थित सहर बनाउने उद्देस्यले काभ्रेको पाँचखालमा स्मार्ट सिटीको परियोजना अगाडि बढाउन लागेको पूर्व सांसद समेत रहेका तामाङले बताए ।

  

 

फोटो तथा फिचरः मनराज सिंखडा र आकाश बोगटी

 

...

सोमबार, २० फागुन, ०७५

 



प्रकाशित: २०७५ फाल्गुण २०
March 4th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार