
बालुवाटार जग्गाप्रकरणः भाटभटेनी मालिक ‘मीन ब.गुरुङ’लाई पनि अख्तियारको निम्तो ? को को परे ८६ जना ?
निर्माण सञ्चार, ११ असार, काठमाडौं । भूमाफिया विरुद्धको अभियानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा हडप्नेहरुलाई बयानका लागि ७ दिने सूचना जारी गरेको छ ।
त्रिताल आयोगले समेत ‘भूमाफिया’ किटान गरेका शोभाकान्त ढकालकी श्रीमती उमाकुमारी ढकाल, उनकी छोरी लक्ष्मी ढकाल, रामकुमार सुवेदीका श्रीमती माधवी सुवेदी सहित भाटभाटनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङका छोरा कल्याण गुरुङलाई समेत बयानका लागि आउन आदेश दिएको हो ।
ललिता निवासभित्रको बलुवाटारको जग्गा अतिक्रमणमा मुछिएका नाती काजी महर्जनसहित ८६ जनालाई बयानका लागि अख्तियारले सूचना जारी गरेपछि यतिबेला भूमाफियाहरुको स्वर्गमा भूकम्प गएको छ ।
बुधबार जारी गरिएको सूचनाले भनेको छ, ‘बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय, काठमाडौं डिल्लीबजारका कर्मचारीको मिलोमतोमा विभिन्न मितिमा गैरकानुनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनधिकृत व्यक्तिलाई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोरोको उजुरीको अनुसन्धानको सिलसिलमा तपाईसँग केही बुझ्नु पर्ने भएकोले यो म्याद प्रकाशित गरिएको’ उल्लेख छ।
०००
To see the Front Face Coverage, Click here
प्रकाशित: २०७६ आषाढ ११
ललिता निवासभित्रको बलुवाटारको जग्गा अतिक्रमणमा मुछिएका नाती काजी महर्जनसहित ८६ जनालाई बयानका लागि अख्तियारले सूचना जारी गरेपछि यतिबेला भूमाफियाहरुको स्वर्गमा भूकम्प गएको छसूचनाले अझै अघि भन्छ, ‘यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आयोगको अनुसन्धान महाशाखा नम्बर–२ मा सम्पर्क राख्न नआएमा कानुन बमोजिम भइजाने छ ।’ अख्तियारको सूचना अनुसार शंकास्पद देखिएको हाँडीगाउँ मौजाहा नम्बर–४५६ को जग्गाको लगत भिड्ने भन्ने पनि उल्लेख छ । सो सम्बन्धमा अख्तियारले सरकारले प्रचलित कानुन बमोजिमको मुआब्जा समेत दिई अधिग्रहण गरिएको’ उल्लेख गर्दै ‘साबिक हाँडीगाउँ मौजाहा नम्बर–४५६ को लगत भिड्नेँ भनेको छ ।

को को परे हेर्नुहोस् नामावली

प्रकाशित: २०७६ आषाढ ११
प्रतिक्रिया दिनुहोस्