नेपाली समय: ०६:३०:१६ बिहान
वि.सं २०७६ मंसिर २६   बिहीवार

सरकारी जग्गा नम्बरी बनाउने मालपोत अधिकृतसहित ६ जना पक्राउ

निर्माण सञ्चार, २० साउन, ०७६, काठमाडौं । सरकारी जग्गा कीर्ते गरेर नम्बरी बनाउने मालपोत अधिकृतसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मालपोत कार्यालय बाँकेका तत्कालीन मालपोत अधिकृतद्धय दीर्घबहादुर पोखरेल, हेमराज शर्मा, मालपोत कार्यालय बर्दियाका तत्कालीन मालपोत अधिकृत कृष्णप्रसाद ज्ञावली, सोही कार्यालयका नासु रवीन्द्बहादुर थापा, कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्याय र खरिदार किशोरकुमार रिजाल रहेका छन्।

सरकारी कागजातको दुरुपयोग गर्दै सरकारी जग्गा नम्बरी बनाएर व्यक्तिलाई दिलाएको आरोपमा उनीहरुलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो।उनीहरुलाई यसभन्दा अघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही घटनामा भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अदालतमा बयान दिन आएका बेला महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुलाई सोमबार काठमाडौंबाट पक्राउ गरको हो।

उनीहरुले बर्दियाको भुरीगाउँको १४ विगाहा र बाँकेका दुई ठाउँको गरी ११ कठ्ठाभन्दा बढी सरकारी जग्गा सरकारी कागजात कीर्ते गरेर व्यक्तिको नाममा ल्याएका थिए। यो सँगै उनीहरुलाई अख्यिारले भ्रष्टाचार मुद्दा र प्रहरीले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान गर्ने गरी कारवाही अगाडि बढाएको छ।



प्रकाशित: २०७६ साउन २०
August 5th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार