नेपाली समय: ११:५०:१८ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

देशभरका २४ सहकारी संस्थालाई एशियाली मापदण्डको एक्सेस ब्राण्ड

निर्माण सञ्चार, १९ भदौ, काठमाडौं ।  देशभरका २४ सहकारी संस्थालाई एशियाली मापदण्डको एक्सेस ब्राण्ड प्रदान गरिएको छ। प्रदेश ५, १, र ३ र गण्डकी प्रदेशका ती २४ वटा बचत तथा ऋण सहकारी संस्थाले एशियाली मापदण्डको रजत तथा कास्य स्तरको एक्सेस ब्राण्ड पाएका हुन् ।

रजत स्तरको एक्सेस ब्राण्ड पाउनेमा आठ वटा र कास्य स्तरको एक्सेस ब्राण्ड पाउने १६ वटा सहकारी संस्था रहेका छन् ।

रजत स्तरको एक्सेस ब्राण्ड पाउनेमा रुपन्देहीको जनउत्थान , काभ्रेपलाञ्चोकका विन्धबासिनी र सामुदायिक, दोलखाका जनसचेतन र मिलिजुली, धादिङको जनकल्याण, सुनसरीको किसान कल्याण र मोरङको मनकामना बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

यस्तै पश्चिम नवलपरासीको ग्रामीण साकोस र बर्दियाको सिको सहकारी संस्थाले रजत स्तरको एक्सेस ब्राण्ड पाएका छन् ।

नवलपुरका विकु, गैंडाकोट स्वाभिमान, किसान र परोपकार, भक्तपुरका बाराही, सिद्धिगणेश र उपकार,काभ्रेपलाञ्चोकका बुडोल सामुदायिक र चण्डेश्वरी, मोरङको दाम्राभिटा र इटहरा, दोलखाको हाम्रो जनकल्याण र सुनसरीको महिला सहकारी संस्था ले कास्यस्तरको एक्सेस ब्राण्ड पाएका हुन् । यो ब्राण्डको मानयता एक वर्षको हुने छ ।

नेपाल वचत तथा ऋण सहकारी संघ (नेफ्स्कून)को अगुवाईमा नेपालमा २०६५ सालदेखि एशियाली स्तरको गुणस्तर सुनिश्चितता कार्यक्रम ९एवन कम्पेटिटिभ च्वाइस फर एक्सेलेन्स सर्भिस एण्ड साउन्डनेस–एक्सेस० कार्यक्रम सुरुवात भएको हो ।

सहकारी संस्थालाई सुरक्षित, बलियो, दिगोरुपमा संचालन गर्न एक्सेस ब्राण्डलाई निकै महत्वपूर्ण सूचक मानिन्छ । एक्सेस ब्राण्ड प्राप्त गर्नका लागि एशियाली ऋण महासंघले दिएको ८६ वटा सूचांकहरु पुरा गर्नुपर्ने प्रावधान छ । २५ वटा साकोसले आवेदन दिएकामा ललितपुर लुभुको कल्याणकारीले ब्राण्ड पाउन नसकेको हो ।

 

 

 

000



प्रकाशित: २०७६ भाद्र १९
September 5th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार