नेपाली समय: १०:४६:२४ राती
वि.सं २०७६ आश्विन ३   शुक्रवार

जगवागेश्वरी मन्दिरमा आश्चर्य चकित हुने गरी भेटिए तीन गजुरः अब के हुन्छ ?

निर्माण सञ्चार, २१ भाद्र, काठमाडौं ।  जयबागेश्वरी मन्दिरमा तीन वटा गजुर भेटिएको छ। उक्त मन्दिरको  जीर्णोद्धार गर्ने क्रममा गजुर भेटिएपछि अहिलको लागि काम रोकिएको छ।

मन्दिरको भित्री भागमा इँट्टा र माटोबाट बनेका उक्त तीन वटा गजुर भेटिएपछि अनुसन्धान थालिएको छ। त्यसकारण केही समय काम रोकिएको सम्पदा अनुसन्धाता सन्देश मुनिकारले जानकारी दिए। आठ कुने यो मन्दिरबीच तीन वटा गजुर भेटिँदा यहाँभित्र अर्को मन्दिर पनि रहेको हुनसक्ने स्थानीयहरुले अनुमान गरेका छन्।

मन्दिरभित्र जयवागेश्वरीको मूर्तिसहित दाँया भैरव र बाँया हात्तीको टाउको नभएको भैरवकोजस्तो रातो गणेशको मूर्ति पनि छ। मुनिकारका अनुसार प्राप्त तीन गजुर रहेको गर्भगृहमा बिहीबार पुजारी र स्थानीयहरूले क्षमा पूजासमेत गरिएको थियो। यसअघि मन्दिर दुई पटक क्षमा पूजा गरेर मन्दिरको पुननिर्माण सुरु गरिएको हो।

अब यी नयाँ गजुरबारे थप अध्ययन गरी मात्र काम थालिने भएको छ। लिच्छविकालीन मानिने यो मन्दिर २०७२ सालको भुइँचालोमा जीर्ण भएको थियो। मुनिकारका अनुसार जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मीका रुपमा मानिन्छ।



प्रकाशित: २०७६ भाद्र २१
September 7th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार