नेपाली समय: ०५:४९:०४ बिहान
वि.सं २०७६ मंसिर ६   शुक्रवार

‘दीगो विकासका लागि बलियो पूर्वाधार’ नारामा तेस्रो पूर्वाधार सम्मेलनः प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

निर्माण सञ्चार, २२ भदौ, काठमाडौं । नेपालमै पहिलो पटक बृहत् तौरको पूर्वाधार सम्मेलन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिने सो सम्मेलन यही भाद्र २५ र २६ गते काठमाडौंमा हुने भएको हो ।

नेपालको पूर्वाधारमाथि गरिएको अनुसन्धान जर्नल समेत लोकार्पण गरिने अन्तर्राष्ट्रिय स्तरको उक्त सम्मेलनले पूर्वाधार विकास सम्बन्धी ‘पोलिसी बैंकिङ’ अवधारणा समेत अगाडि ल्याउने नेपाल उद्योग परिसंघ (सिएनआई) उपाध्यक्ष एवम् युवा पूर्वाधार उद्यमी वीरेन्द्रराज पाण्डेले जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीले उद्घाटन गरे पछि नेपालको पूर्वाधार सम्बन्धी डाटा अनुसन्धान पत्रिकाको विमोचन हुने छ । जुन अनुसन्धान सम्भवतः नेपाली तौरबाट गरिएको एसियाली विकास बैंक जस्ता निकायले गर्ने अनुसन्धानको पहिलो प्रयास हो

संघीय संरचनामा गएको नेपालको केन्द्रीय तहदेखि प्रदेश र स्थानीय तहसम्मकै पूर्वाधार विकासका लागि आवश्यक सम्भावित परियोजना र त्यसका लागि चाहिने लगानी समेतको पूर्वानुमान आँकडा समेत प्रस्तुत गर्ने उक्त सम्मेलनले संयुक्त राष्ट्र संघले निर्देश गरेबमोजिम सन् २०३० सम्ममा नेपालले विकास गर्नु पर्ने लक्ष्यमा आधारित भई आफ्नो बहस केन्द्रित गर्ने छ ।

नेपाल उद्योग परिसंघको अगुवाइमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समेत आयोजक रहेको यस सम्मेलनमा नेपालको निजी क्षेत्र, सरकारी क्षेत्र सम्पूर्ण रुपले सहभागी हुने छन् । 

होटल हायातमा दुई दिनसम्म चल्ने सो सम्मेलनले सम्भवतः पहिलो पटक विकास सम्बन्धी सम्पूर्ण निकायहरुलाई एकै थलोमा सहभागी गराउने अन्तिम तयारी गरेको छ ।

प्रधानमन्त्रीले उद्घाटन गरे पछि नेपालको पूर्वाधार सम्बन्धी डाटा अनुसन्धान पत्रिकाको विमोचन हुने छ । जुन अनुसन्धान सम्भवतः नेपाली तौरबाट गरिएको एसियाली विकास बैंक जस्ता निकायले गर्ने अनुसन्धानको पहिलो प्रयास हो । 

अनुसन्धानले नेपालका केन्द्र, प्रदेश र स्थानीय तहसम्मको पूर्वाधार विकास परियोजनाको मोटो खाका पेस गर्ने पाण्डे बताउँछन् ।

सम्मेलनले पूर्वाधार विकास सम्बन्धी ‘पोलिसी बैंकिङ’ अवधारणा समेत अगाडि ल्याउने नेपाल उद्योग परिसंघ (सिएनआई) उपाध्यक्ष एवम् युवा पूर्वाधार उद्यमी वीरेन्द्रराज पाण्डेले जानकारी दिए

कार्यक्रममा स्वदेशी र विदेशी गरी ९० बढी वक्ता (कि नोट स्पिकर) सहभागी हुने छन् । जसमा कोरियन पूर्व प्रधानमन्त्री डा हान सिङ सु लगायत रहने छन् ।

नेपालका पूर्व प्रधानमन्त्रीहरुदेखि सातै प्रदेशका मुख्यमन्त्रीहरु समेत सहभागी हुने यस कार्यक्रमले नेपालको भावी पूर्वाधार विकासबारे नयाँ ‘भिजन’ दिने आयोजक संस्थाहरुको विश्वास छ ।

नेपालको राष्ट्रिय योजना आयोग, विकासे मन्त्रालयहरु, विभागहरु, निजी क्षेत्रका छाता संस्थाहरु विकासविद् अर्थविद्, योजनाविद् सबै कार्यक्रममा सहभागी हुने छन् ।

कार्यक्रम विभिन्न ७ वटा प्राविधिक सत्रहरुमा विभक्त छ । जसमा विभिन्न विषयमा विशेषज्ञहरुले कार्यपत्र प्र्रस्तुत गर्ने छन् भने सहभागी विदेशी र स्वदेशी वक्ताहरुले समेत मन्तव्य दिने छन् ।

‘कार्यक्रमको मुख्य उद्देश्य नेपालको पूर्वाधार विकासमा स्वदेशी वा विदेशी लगानी नै भित्र्याउनु हो,’ निर्माण सञ्चारको टेली संवादमा बोल्दै उपाध्यक्ष पाण्डेले भने, ‘आउने २०३० सम्ममा नेपालका लागि निर्धारित लक्ष्य जुन संयुक्त राष्ट्र संघले पनि तोकिदिएको छ, सो लक्ष्य हासिल गर्न सरकारको सहयोगी भएर निजी क्षेत्र कसरी विकासमा काँधमा काँध मिलाउन सक्छ भन्ने कुरानै हाम्रो विशेष चिन्ताको विषय हो ।’

पूर्वाधार विकासमा निजी क्षेत्रलाई जिम्मेवार बनाउने हो भने सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा निर्धक्क लगानी गरेर जनताले चाहेजस्तो सेवा दिन सक्ने तर्क राख्छन् उपाध्यक्ष पाण्डे ।

लामो समयदेखि नेपालका विकास सरोकारवालाहरुले माग गरेको ‘पब्लिक प्राइभेट पार्टनरसिप’ (पिपिपी) मोडेल तयार भएपछि सो नीतिमा आधारित भई नेपालमा लगानी अभिवृद्धि गरी पूर्वाधार क्षेत्रलाई समृद्ध गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

 

आयोजकहरुका योजना अनुसार कार्यक्रम भिन्न तौरबाट पस्किने छ । कार्यक्रमले नेपालभित्रको विकासको अवस्था, सम्भावना र समस्याहरु केलाउने मात्र नभई विकल्प पनि अघि सार्ने आयोजकको भनाइ छ ।

कार्यत्रममा जलविद्युत्, हवाइ, क्रस बोर्डर, सडक पूर्वाधार, जल तथा खानेपानी र सिँचाइ, यातायात, सहरी विकास जस्ता कनेक्टिभिटी सम्बन्धी मुख्य विषहरुमाथि छलफल हुने छन् । 

सन् २०३० सम्म नेपालका लागि कति लगानी चाहिन्छ, कति पुग्दैन भन्नेसम्मको आँकडा आयोजकहरुले प्रस्तुत गर्ने छन् ।

पूर्वाधार विकासविद् समेत रहेका सिएनआई उपाध्यक्ष पाण्डेका अनुसार पूर्वाधार विकासका मोडालिटीहरुबारे नेपाल सहित विभिन्न अन्तर्राष्ट्रिय मोडेलहरुबारे पनि चर्चा हुने छ ।

‘यसले स्थानीय तहदेखि क्षेत्रीय र विश्व स्तरमै भइरहेका पूर्वाधार विकास सम्बन्धी नीति, अभ्यास सहितका विभिन्न मोडेलको चर्चा गर्दै नेपालका लागि समेत उचित मोडेलबारे बहस अघि सार्ने छ,’ पाण्डेले भने ।

कनेक्टिभिटी नै मुख्य ‘फोकस’ रहने सो कार्यक्रममा मित्र राष्ट्र चीन अघि सारेको ‘बिआरआई’ देखि छिमेकी भारतसम्म नेपालको ‘कनेक्टिभिटी’बारे चर्चा हुने छ ।

कार्यक्रमको सहआयोजकमा लगानी बोर्ड तथा नेपाली युवा निर्माण व्यवसायीहरुको संस्था वाइसिएनसी रहेका छन् । 

यस अघि सन् २०१४, १७ मा पनि पूर्वाधार सम्बन्धी सम्मेलन गरेको सिएनआई तथा वाइसिएनसी लगायत निजी क्षेत्रले यस पटकको पूर्वाधार सम्मेलनको नारा ‘दीगो विकासका लागि बलियो पूर्वाधार’ भन्ने राखेका छन् ।

कार्यक्रमको नलेज पार्टनरका रुपमा अन्तर्राष्ट्रिय अनुसन्धान संस्था ‘केपिएमजी’ रहेको छ ।

कार्यक्रममा सहभागिताका लागि सिएनआईले समिट सम्बन्धी दर्ता तथा बुक गर्न समेत छुट्टै अनलाइन साइटको व्यवस्था गरेको छ । 

 

पढौं यो पनि

०००



प्रकाशित: २०७६ भाद्र २२
September 8th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार