नेपाली समय: ११:२६:२३ बिहान
वि.सं २०७६ कार्तिक २९   शुक्रवार

नेपाल–चीनबीच यस्तो भयो सम्झौताः अब बन्ने भयो मनाङमा ३५ करोडको अस्पताल

निर्माण सञ्चार, २३ भदौ, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी भ्रमणको दोस्रो दिन नेपाल चीन बीच ३ वटा सम्झौता सम्पन्न भएका छन् । राजधानी दरबारमार्गको होटेल याक एन्ड यतीमा भएको विदेशमन्त्री यी र नेपाली समकक्षी प्रदीपकुमार ज्ञवालीबीचको भेटवार्ताले ३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

भेटका क्रममा चीन र नेपालका दुई पक्षीय हित, आपसी सम्बन्ध र चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।

विभिन्न ३ वटा समझदारीपत्रमा हस्ताक्षर भए बमोजिम चीनले नेपालको दुर्गम जिल्ला मनाङमा ३५ करोड रुपियाँ सहयोगमा अस्पताल बनाउने सहमति भएको छ ।

चीन निकट रहेको नेपाली भूभाग मनाङ चिनिया सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण भूभागका रुपमा लिइन्छ ।

सम्झौता अनुसार आपतकालीन राहतका लागि ३ हजार टेन्ट उपलब्ध गराउने, चिनियाँ स्वयं सेवक शिक्षकहरु नेपाल आउने पनि सम्झौता भएको छ ।

आज साँझ चिनियाँ विदेशमन्त्रीको सम्मानमा परराष्ट्रमन्त्री ज्ञवालीले आयोजना गरेको रात्रिभोजमा समकक्षी वाङ सहभागी हुने छन् ।

०००


पढौं यो पनि

चीनसँग गरिएका सम्झौताः सम्झौताका लागि मात्रै हो र सरकार ? कार्यान्वयनमा उदासीन किन ?



प्रकाशित: २०७६ भाद्र २३
September 9th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार