नेपाली समय: १०:४७:५७ राती
वि.सं २०७६ आश्विन ३   शुक्रवार

रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली आजदेखि लागू, अब २ लाखभन्दा माथिको कारोबार गर्दा चेक नचाहिने

निर्माण सञ्चार, २४ भदौ, काठमाडौं । काठमाडौँ । रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली सुरुवात आजदेखि भएको छ। यो प्रणाली सुरुवात भएसँगै अब २ लाख रुपैयाँभन्दा बढीको कारोबारमा चेक नचाहिने भएको छ । २ लाखभन्दा माथिको कारोबारको लागि चेक काट्न नपर्ने भएपछि सेवाग्राहीलाई पनि लाइन बस्ने झन्झटबाट छुटकार मिलेको छ।

नेपाल राष्ट्र बैङ्कले रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली ९आरटीजीएस० लागु गरेको छ । योसँगै २ लाख बढीको कारोबारमा चेक नचाहिने व्यवस्था भएको हो । राष्ट्र बैङ्कका अनुसार २ लाख कारोबारलाई स्वेच्छिक बनाइएको छ भने २० लाखभन्दा बढीको कारोबार गर्दा रियल टाइम ग्रस सेटलमेन्ट प्रणालीमार्फत् अनिवार्य रुपमा भुक्तानी गर्नुपर्नेछ

यसका लागि भदौ १९ मा केन्द्रीय बैङ्कले आरटीजीएस नियम लागू गरेको थियो । विकास बैङ्क र फाइनान्स कम्पनीका लागि भने यसमा सहभागी हुनका लागि पुस मसान्तभित्र आवेदन दिनुपर्ने व्यवस्थ गरिएको छ ।

राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागले ‘क’ वर्गका बैङ्कहरुका लागि मङ्गलबारबाट लागु हुने गरी प्रणालीको सुरुवात गरेको छ ।

रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली के हो?

रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली मार्फत एउटा बैङ्कमा खाता भएको व्यक्तिले अर्को बैङ्कमा खाता भएको व्यक्तिलाई ठूलो परिणाममा भुक्तानी लिन सकिने छ।

यसअघि चेकबाट मात्रै भुक्तानी हुन्थ्यो । जसको क्लियरिङ भुक्तानीको भोलिपल्ट मात्रै हुन्थ्यो । अब तत्काल क्लियरिङ हुने राष्ट्र बैङ्कले जनाएको छ।  
भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले २ लाखभन्दा बढीको कारोबार र २० लाख भन्दा बढीको कारोबार गर्दा आरटिजिएस प्रणालीमार्फत गर्नुपर्ने बताए ।

उनका अनुसार २ लाखभन्दा बढी कारोबार गर्दा स्वेच्छिक र २० लाखभन्दा बढीको कारोबार गर्दा अनिवार्यरुपमा प्रणालीमार्फत् गर्नुपर्नेछ ।

आरटीजीएस प्रणाली लागु भएपछि चेक चाहिँदैन । भुक्तानी गर्ने खातावालाले अर्को बैङ्कको खाता नम्बरमा यति रकम भुक्तानी गरिदिनु भन्ने आदेश दिनेबित्तिकै भुक्तानी हुने उनले बताए।



प्रकाशित: २०७६ भाद्र २४
September 10th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार