नेपाली समय: १०:४७:४२ राती
वि.सं २०७६ आश्विन ३   शुक्रवार

भ्रमण वर्षलाई लक्षित गर्दै त्रिदेशीय ‘ट्राभल शो’ हुने

निर्माण सञ्चार, २६ भदौ, काठमाडौं । नेपालमा भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै त्रिदेशीय ट्राभल शो आयोजना हुने भएको छ । जसको लागि तीब्र तयारी भइरहेको छ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा झण्डै १ हजार विदेशी पाहुनालाई नेपाल ल्याएर नेपाल–इण्डिया–चाइना एक्सो ९नाइस० आयोजना गर्न लागिएको  जानकारी गराइएको छ।
यो कार्यक्रम पाटा नेपाल च्याप्टरले आयोजना गर्न लागेको हो ।

नेपाल भ्रमण वर्षको सचिवालय र नेपाल पर्यटन बोर्डको समन्वयमा हुने पाटा नेपाल च्याप्टरले गर्न लागेकोख भ्रमण वर्ष संयोजक सुरज वैद्यले बताए । उनका अनुसार नेपालको सबैभन्दा ठूलो स्रोत बजारका रुपमा रहेका दुई मुलुकबाट बढी भन्दा बढी पर्यटक भित्राउने उद्देश्यसहित एक्स्पो आयोजना हो।

एक्स्पो २१ देखि २४ फेब्रुअरीमा आयोजना हुने छ । त्यसअगाडी नै नेपाल आएका पाहुनालाई विभिन्न गन्तब्यसम्म पुर्‍याई पर्यटन प्रवद्र्धन गर्ने योजना आयोजकको रहेको छ । नेपालका लागि यो कार्यक्रम ऐतिहासिक हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।

‘हामी दुई ठूलो स्रोत बजारको बीचमा अवस्थित छौं, उनले भने, ‘यसलाई मात्र उपयोग गर्न सक्ने हो भने हामीले लक्षित गरेको पर्यटक आगमनको आँकडा पुर्‍याउन मुश्किल छैन ।’ एक्स्पोमा २ सय भन्दा बढी क्रेता, १ सय बिक्रेता, चीन र भारतका ५० भन्दा बढी संचारकर्मी, १५ जना विज्ञको एक्सोमा सहभागिता रहने छ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले एक्स्पोमा नेपाल, भारत र चीनका एयरलाइन्स, होटेल÷रिसोर्ट, पर्यटक यातायात, ट्राभल, टूर, बैंक तथा वित्तीय संस्थालगायत पर्यटनसँग सम्बन्धित कम्पनीहरुको सहभागिता रहने बताए। उनलेभ भने,'यो एक्सपो पर्यटन प्रवद्र्धनको लागि ऐतिहासिक कदम हुनेछ।'



प्रकाशित: २०७६ भाद्र २६
September 12th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार