नेपाली समय: ११:४४:३० राती
वि.सं २०७६ कार्तिक २   शनिवार

नेपाल बङ्गलादेश बैंकद्वारा शाखा विस्तार, सर्वसाधारण तथा उद्यमीले सजिलै सुविधा पाउने

निर्माण सञ्चार, २७ भदौ, काठमाडाैँ । नेपाल बङ्गलादेश बैंक लिमिटेडले ललितपुरको खोकनामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले आज ९५औं शाखाकाे रूपमा उक्त स्थानमा बैंककाे उद्घाटन गरी औपचारिक कारोबार सुरु गरी संचालनमा ल्याएकाे हो।

बैँकले यस आसपासका सर्वसाधारणलाई सहज बैंकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको हो। उक्त शाखाको औपचारिक उद्घाटन पम्फा भुसालले गरेकी हुन्। सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा जानकारी दिएका थिए।

साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।खोकना शाखा विस्तारसँगै बैंकले ९५ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ७९ वटा एटीएमबाट बैंकिङ सेवा दिनेछ।



प्रकाशित: २०७६ भाद्र २७
September 13th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार