नेपाली समय: ११:४५:१५ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

नेपाल निर्माण व्यवसायी संगठनको पहिलो वार्षिकोत्सवः पार्टी निकट सभासदहरुका बीचमा प्रचण्डले उद्घाटन गर्ने

निर्माण सञ्चार, ३० भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट नेपाल निर्माण व्यवसायी संगठन (सियोन) को आज सोमबार एकता वार्षिकोत्सव हुँदै छ ।

ठीक एक वर्ष अघि तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट रहेका निर्माण व्यवसायीहरुका आआफ्नै संगठनहरुको एकता घोषणा भएको थियो ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली तथा अर्काे अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल प्रज्ञाप्रतिष्ठानको हलमा एक वर्ष अघि भदौ ३० गते संयुक्त रुपमा एकता भएको घोषणा गरेका थिए ।

सोही वर्षगाँठको उपलक्ष्यमा सियोनले अपराह्न ३ बजेदेखि बबरमहलस्थित कार्की ब्यांकेटमा आफ्नो एकता वार्षिकोत्सव विशेष कार्यक्रम गर्ने भएको हो ।

नेकपा अध्यक्ष प्रचण्ड प्रमुख अतिथि रहने उक्त एकता वार्षिकोत्सव समारोहमा वार्षिक पत्रिका ‘स्मारिका’ विमोचन समेत हुने भएको कार्यालय समिति प्रमुख केदार कँडेलले जानकारी दिए ।

कार्यालय समिति प्रमुख कँडेलका अनुसार आजको कार्यक्रम नेपालको निर्माण उद्योगमा रहेका समस्या, ऐन कानुन तथा निर्माण व्यवसायीहरुले भोग्नु परेका समस्यामा केन्द्रित रही अन्तक्र्रिया समेत हुने छ ।

एकीकृत ‘नेपाल निर्माण व्यवसायी संगठन’ भदौ ३० गते एकवर्ष पूरा भएकाले सो अवसरमा पार्टी निकट सभासदहरुका बीच अन्तरक्रियात्मक उत्सव गर्ने तयारी रहेको संगठनले जनाएको हो ।

 

उक्त डिनर सहितको आन्तरिक अन्तक्र्रिया कार्यक्रममा नेकपा निकट प्रतिनिधि सभा सदस्यहरु, विभिन्न ७ वटा समिति र तिनका प्रमुखहरु र नेकपा निकट सभासदहरुका बीचमा रहने छ ।

एकता वार्षिकोत्सवको पूर्व तयार सम्पन्न भइसकेको भन्दै संगठनको विशेष मिटिङ सोमबार बिहान ८ बजे बसेको थियो । संगठनले निर्माण कार्यका हकमा निर्माण व्यवसायीलाई मात्रै दिने दोष भन्दा ठेक्काभित्र रहेका अप्ठेरा, नीतिगत समस्या र ब्युरोक्रेसीले दिने झन्झट आदि सबै कुरा खुलेर बहस गर्ने भएको प्रचार प्रसार विभाग प्रमुख कँडेलले बताए ।

०००

 


 



प्रकाशित: २०७६ भाद्र ३०
September 16th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार