नेपाली समय: ११:५०:५१ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

कर्णाली सरकारले १७ लाख बढी नागरिकको दुर्घटना बीमा गर्दै

निर्माण सञ्चार, २ असाेेज, जुम्ला । कर्णाली प्रदेश सरकारले प्रदेशका हरेक नागरिकका लागि एक लाखको बीमा गरिदिने तयारीका साथ सम्झौता भएको छ । बुधबार एक समारोहका बीच प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राष्ट्रिय वीमा कम्पनीसँग सम्झौता गरेको हो ।

असोज महिनाबाट लागू हुने गरी हरेक कर्णालीबासीको १ लाख बराबरको सामुहिक दुर्घटना विमा गरिदिने तयारी भएको हो। सम्झौतामा बीमा कम्पनीकातर्फबाट डाक्टर डिल्लीराज अर्याल र मन्त्रालयका प्रदेश सचिव वीरेन्द्रकुमार यादवले हस्ताक्षर गरेका हुन् ।

प्रदेश सचिव यादवले कर्णालीका १० जिल्लाका करिब १७ लाख ७० हजार कर्णालीवासीका लागि विपद विरुद्ध सामुहिक दुर्घटना वीमा गरिएको बताए । उनले भने, 'कर्णालीमा भौगोलिक विकटता दैनिक कामकाज गर्दा हरेक नागरिकको जीवनको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै कर्णाली सरकारले आम नागरिकको हितका लागि बीमा योजना ल्याएको हाे।'

सम्झौता अनुसार प्रदेशका कुनै पनि नागरिकको कुनै विपद, दुर्घटनामा परी मृत्यु भएमा वीमावापत एक लाख रकम उपलब्ध गराइने छ । मन्त्रालयले प्रदेशका १० वटा जिल्लामा एक जिल्लामा एक हजारका दरले १० हजार घरधुरीको समेत निःशुल्क वीमा गर्ने तयारी गरेको  आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताए ।  उनका अनुसार जिल्ला दैवी प्रकोप उद्दार समितिको सिफारिसका आधारमा १० जिल्लाका १० हजार घरको बीमा गर्ने तयारी भएको हो।

यता प्रदेश सचिव यादवका अनुसार एक घरको वीमा ५ लाखको हुनेछ । बिमा गर्नका लागि समितिको सिफारिस नआएकोले केही ढिला भएको उनले बताए । भने अबको कहि दिनमा कर्णालीका प्रत्यक जिल्लाबाट सामुहिक दुर्घटना बिमा  कार्यक्रम सुरु गरिदै छ ।

यता जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार बिमा रिसाफरिमा कुनै विभेद नगरी सत्य तथ्य छानविन गरेर पठाउने समेत बताईन् । कर्णाली सरकारले भौगोलिक हिसाबले विकट कर्णालीका जनताको लागि न्यायोचित पद्धतीको शुरुवात गरेको उनको भनाई छ ।

 



प्रकाशित: २०७६ आश्विन २
September 19th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्