नेपाली समय: ११:५३:५५ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

ग्लोबल आइएमई बैंकको डेबिटरक्रेडिट कार्डबाट पुनः जुनसुकै पीओएस मेशिन मार्फत कारोबार हुने

निर्माण सञ्चार, ३ असाेेज, काठमाडाैँ । ग्लोबल आइएमई बैंकको कार्डहरुबाट देश र विदेशमा रहेका जुनसुकै चिपमा आधारित प्वाइन्ट अफ सेल ९एइक्०  मेशिनबाट कारोबार गर्न मिल्ने सेवा पुनः सुचारु भएको छ ।

यस सँगै बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड वाहकले चिपमा आधारित सम्पूर्ण प्वाइन्ट अफ सेल मेशिनहरुबाट कारोबार गर्न सक्नेछन् ।

यस बैंकको एटीएमहरुमा यसै बैंकबाट जारी कार्डहरु मात्र प्रयोग गरी नगद झिक्न सकिने सेवा भने यथावत रहेको छ ।

बैंक यसबाट सम्पूर्ण ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छ र बैंकको कार्ड सम्बन्धी अन्य सेवाहरु पनि यथाशीघ्र सुचारु गराउन प्रतिबद्ध रहेको छ ।

बैंकका १४८ वटा एटीएम र १२० प्वाइन्ट अफ सेल मेशिनहरु रहेका छन् ।



प्रकाशित: २०७६ आश्विन ३
September 20th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार