नेपाली समय: ११:४३:१९ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

सनराइज बैंकको दमौली शाखाले गर्यो डेंगु रोग सम्बन्धी सचेतना

निर्माण सञ्चार, ३ असाेेज, काठमाडाैँ ।  १२ औं बार्षिकोत्सबको अवसरमा सनराइज बैंक दमौली शाखाले बुधबार ब्यास नपा वडा नं २ स्थित केराघारी आधारभूत स्वास्थ्य चौकी र सामाधान हस्पिटल प्रालिको प्राबिधिक सहयोगमा डेंगु रोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

व्यास नपा वडा नं २ का वडाध्यक्ष काशिराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सनराइज बैंक लिमिटेड दमौली शाखाका शाखा प्रमुख किर्तीमान राणाले संचालन गरेका थिए ।


२०० जना भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा समाधान हस्पिटल प्रालिका चिकित्सक डा. श्रीराम चन्द र यास नपा वडा नं २ केराघारी आधारभूत स्वास्थ्य चौकीका प्रमुख सुनिल अधिकारीले डेंगु रोग तथा यसबाट बच्ने उपायहरु बारे बोलेका थिए ।

बंैकले असोज महिनालाई १२ औं वार्षिकोत्सवका अवसरमा विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।



प्रकाशित: २०७६ आश्विन ३
September 20th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार