नेपाली समय: ०२:५०:२६ बिहान
वि.सं २०७६ कार्तिक ३०   शनिवार

सन्राइज बैंकको १२ औं वार्षिक उत्सवमा सहयोग सामाग्री वितरण कार्यक्रम

निर्माण सञ्चार, १२ असोज, काठमाडौं । सन्राइज बैंकले  आफ्नो  १२ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  देशका विभिन्न बृद्घ आश्रम तथा अनाथालयहरूमा सहयोग सामाग्री वितरण कार्यक्रम आयोजना गरेको छ ।

“ऋबचष्लन ज्गmबलष्तथ  हामी संग संगै ” भन्ने नाराको साथ बैंकले कुपण्डोलको निजानन्द बृद्घ आश्रममा आर्थिक सहयोग प्रदान गरेको छ । सोहिदिन बैंकको तिनकुने, बिराटचोक, बर्दीवास, कोहलपुर, पनौती, बिरेन्द्रनगर, र अत्तरिया शाखाहरmबाट बृद्घ आश्रम तथा अनाथालयहरmमा सहयोग सामाग्री वितरण कार्यक्रम गरीएको छ ।

त्यसैगरी आश्विन १३ गते बैकले टंगाल स्थित बाल मन्दिर, बगर र धरान शाखाहरूबाट सहयोग सामाग्री वितरण गर्ने जनाएको छ , भने आश्विन १४ मा बानियाटार शाखाले सहयोग सामाग्री वितरण गर्ने योजना रहेकाे बैंकले जनाएकाे छ । 

बैंकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रूपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरू गर्दै जाने जनाएको  छ ।



प्रकाशित: २०७६ आश्विन १३
September 30th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार