नेपाली समय: ०४:२१:३७ बिहान
वि.सं २०७६ मंसिर ४   बुधवार

दसैँ बिदामा पनि यी २० बैंकका शाखा खुला रहनेछन्, कति बजेसम्म खुला रहन्छ ?

निर्माण सञ्चार, १७ असोज, ०७६, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले दशैंमा पनि सेवा दिने भएका छन् । सरकारी तथा निजी क्षेत्रका सबै संघ सस्थाहरु फूलपातिको दिन १८ गतेदेखि नै बन्द हुन्छन् ।

यस अवधिमा अधिकांश कार्यालयहरु बन्द रहन्छन् । तर बिदाको दिन पनि आम ग्राहकलाई निक्षेप झिक्न र राख्न सहज होस् भनी बैङ्क तथा वित्तीय संस्थाले बिदाको दिन पनि आफ्ना काउन्टरहरु खुला राख्ने भएका छन् ।

अधिकांश बैंक तथा वित्तीय सस्थाहरु फूलपातिदेखि बिदामा रहने भए पनि केही वाणिज्य तथा विकास बैंकहरुले भने दशैंको समयमा पनि सेवा दिने भएका हुन् ।सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकमध्ये १८ वटा बाणिज्य र २ वटा विकास बैंकले भने दशैंको अवधिमा पनि सेवा दिने जनाएका छन् ।

हामीले वाणिज्य बैङ्कहरु कसको कुन शाखाले कति गते कति बजेसम्म बैंकिङ काउन्टर खुला राख्नेछन् भनेर जानकारी गराउन खोजेका छौँ । प्रायः बैकहरुको शाखा २ घण्टा देखि ४ घण्टासम्म खुला रहनेछन् ।

एनएमबी बैङ्क
एनएमबी बैङ्कको कान्तिपथ, चिप्लेढुङ्गा पोखरा, विराटनगर मोरङ, फिदिम र बुटवलस्थित ट्राफिक चोक शाखा १८, १९, २० र २२ गते ११ देखि २ बजेसम्म खुला रहनेछन् । 

कृषि विकास बैङ्क
कृषि विकास बैङ्कले असोज १९, २० र २२ गते सल्लाहघारी, बिर्तामोड, विराटनगर, इटहरी, धरान, फिक्कल, दमक, गाईघाट, लहान, राजविराज, सिरहा, शिवचोक, बर्दिबास, मलंगवा, जलेश्वर, लगनखेल, पुलतीसडक, चाबहिल, कालिमाटी, घोराही, धनगढी र सुख्खड महेन्द्रनगर शाखा कार्यालय खुला रहनेछन् ।

यस्तै असोज १९ र २२ गते वीरगन्ज शाखा  खुल्ला हुनेछ भने २० गते चितवनस्थित हाकिमचोक शाखा पनि खुला रहनेछ । यसैगरी कर्पोरेट बैंकिङ रामशाहपथ १९ र २० गते खुल्नेछ । 

भक्तपुरको गठ्ठाघर, बालाजु, नयाँबानेश्वर, सातदोवाटो, कलंकी, पोखरा, सिद्धार्थनगर, खस्यौली शाखा भने तिहारको बिदामा मात्र खुल्नेछन् । दशैको विदामा खुल्दैनन् । यी सबै शाखा  ११ बजेदेखि २ बजेसम्म नगद जम्मा र भुक्तानीका लागि खुल्ने बैङ्कले जनाएको छ । 

नेपाल बंगलादेश बैङ्क
यो बैङ्कको असोज १८, १९, २० र २२ गते बिजुली बजार, कुमारीपाटी, वीरगंन्जको अलखिया शाखा, विराटनगरको रंगेली रोड, नेपालगन्जको घम्बोजी चोक, जनकपुरको भानुचोक शाखा बिजुली बजार र वीरगंजको अलखिया शाखा १० देखि १२ बजेसम्म खुला रहनेछन् भने ललितपुरको कुमारीपाटी शाखा, विराटनगरको रंगेली शाखा  र नेपालगन्जको घम्बोजी शाखा ११ बजेदेखि १ बजेसम्म खुला हुनेछन् । कमलादीको कर्पोरेट शाखा र जनकपुरको भानुचोक शाखा भने १२ बजेदेखि २ बजेसम्म खुला रहने बैङ्कले जनाएको छ । 

सानिमा बैङ्क
सानिमा बैङ्कको प्रधान कार्यालय नक्साल, कुमारीपाटी, न्युरोड, सूर्यविनायक, इटहरी, जनकपुर, दमक, धनगढी, नारायणगढ, नेपालगन्ज, पोखरा, विर्तामोड, विराटनगर, बुटवल, लालबन्दी, सुर्खेत, हेटौडा शाखा असोज १९ र २० गते ११ बजेदेखि २ बजेसम्म खुला रहने बैङ्कले जनाएको छ । 

एनआईसी एशिया
एनआईसी एशिया बैङ्कको सामाखुशी, कमलादी, सातदोबाटो, महाराजगन्ज, न्युरोड खिचापोखरी, थापाथली, भक्तपुर र थानकोट शाखा असोज १८ गते खुला रहनेछन् । यस्तै सामाखुशी, कमलादी, पुल्चोक, खिचापोखरी, महाराजगन्ज र थापाथली शाखा १९ गते खुला रहनेछन् ।  

बालाजु, कमलादी, न्युरोड र थापाथली शाखा २० गते खुला रहनेछन् । बालाजु, कमलादी न्युरोड, थापाथली र भक्तपुर शाखा २२ गते खुला रहनेछन् । 

राजधानीबाहिर धनगढी, बुटवल, न्युरोड पोखरा, लेकसाइड पोखरा, हेटौडा शाखा १८ गते खुला रहनेछन् बुटवल, नेपालगंज, न्युरोड पोखरा,कावासोती, विरगंज,  भने लहान, जनकपुर, सिरहा, मलंगवा, चन्द्रनिगहापुर, विराटनगर, इटहरी, दमक र नारायणगढ शाखा १९ गते खुला रहनेछन् ।  

यता धनगढी हस्पिटल लाइन, बुटवल, न्यूरोड पोखरा, दुलेगौडा, लिंकरोड मिरचैया, राजविराज, बर्दिबास, हरिवन, गौर, विराटनगर, धरान, चारपाने, हेटौडा शाखा २० गते खुल्नेछन् । न्यूरोड पोखरा, बाग्लुङ, बुटवल, नारायणगढ २२ गते खुला रहनेछन् । न्यूरोड खिचापोखरी, भक्तपुर, महाराजगन्ज अपरान्ह १ बजेदेखि ४ बजेसम्म खुला रहनेछन् भने अन्य शाखाहरु ११ देखि २ बजेसम्म खुला रहनेछ ।

मेगा बैङ्क
ओखलढुङ्गा, भोजपुर, विराटनगर देवकोटाचोक, इटहरी, आदर्शनगर वीरगन्ज, कमलादी, ठमेल, जावलाखेल, बौद्ध, महाराजगन्ज, पोखरा सिर्जनाचोक, भैरहवा, बुटवल, न्यूरोड रञ्जना गल्ली र धनगढी शाखा असोज १८ गते ११ देखि २ बजेसम्म खुला रहनेछन् । न्युरोड रञ्जना गल्ली शाखा भने २ बजेदेखि ५ बजेसम्म खुला रहनेछन् । 

बिर्तामोड, देवकोटाचोक, वीरगन्ज आदर्थनगर, कमलादी, ठमेल, पोखरा सिर्जनाचोक, भैरहवा, बुटवल, नेपालगन्ज र धनगढी शाखा १९, २० र २२ गते ११ बजेदेखि २ बजेसम्म खुला रहनेछन् । कमलादी शाखा भने असोज २१ गते ११ देखि २ बजेसम्म खुला रहनेछ । 

सेञ्चुरी कर्मसियल बैङ्क
पोखरा, विराटनगर, बिर्तामोड, जनकपुर र धनगढी शाखा असोज १८ र १९ गते ११ देखि २ बजेसम्म खुला रहनेछन् । इटहरी र भैरहवा शाखा १९ गते, वीरगन्ज, मलंगवा र राजविराज शाखा १८ गते,  टीकापुर शाखा  १८, १९ र २२ गते खुला रहनेछन् । यता काठमाडौँ उपत्यकाको पुतलीसडक शाखा १८, १९ र २२ गते ११ गतेदेखि २ बजेसम्म, न्युरोड शाखा १८ र १९ गते १ देखि ४ बजेसम्म र मानभवन शाखा १८ गते १० देखि १ बजेसम्म खुला रहनेछन् । 

कुमारी बैङ्क
पुतलीसडक शाखा दसैँमा १८ देखि २० गतेसम्म ११ देखि २ बजेसम्म खुला रहनेछ । न्युरोड शाखा १८ र २२ गते २ बजेदेखि ५ बजेसम्म खुला रहनेछन् । कुमारीपाटी १८ गते १० देखि १ बजेसम्म खुला रहनेछ । जगाती शाखा १८ गते ११ देखि २ बजेसम्म खुला रहनेछ । बुटवल शाखा १८ गते ११ देखि २ बजेसम्म खुला रहनेछ । 

जनता बैङ्क
वीरगन्ज, नारायणगढ, बुटवल, भैरहवा र धनगढी शाखा १८ र १९ गते खुला रहनेछन् । काठमाडौँ उपत्यकाभित्र नयाँ बानेश्वर शाखा १८ गते खुला रहनेछ । न्युरोड, महेन्द्रनगर, घोराही शाखा भने १९ गते खुला रहनेछन् । यी सबै शाखा १० देखि १ बजेसम्म खुला रहनेछ । 

बैङ्क अफ काठमाडौँ 
कुमारीपाटी शाखा १८, १९, २०, २१ र २२ गते १ बजेदेखि ३ बजेसम्म खुला रहनेछ भने न्युरोड, जावलाखेल  र भक्तपुर शाखा १८ र १९ गते १० देखि ३ बजेसम्म खुला रहनेछन् । नेपालगन्ज, धनगढी, पोखरा, विराटनगरको नेपाल आयल निगमको काउन्टर, अमलेखगंज र थानकोट आयल निगमको काउन्टर १८ गते १० देखि ३ बजेसम्म खुला रहनेछन् । 

स्ट्याण्डर्ड चार्टड बैङ्क 
नयाँ बानेश्वर शाखा १९ र २२ गते साढे ९ देखि साढे १२ बजेसम्म, लाजिम्पाट शाखा २० र २२ गते साढे ९ देखि साढे १२ बजेसम्म,  ललितपुर शाखा १९ र २० गते ११ देखि २ बजेसम्म, न्युरोड र बुटवल शाखा २० गते ११ देखि २ बजेसम्म, विराटनगर र न्युरोड पोखरा शाखा १९ र २२ गते ११ बजेदेखि २ बजेसम्म खुला रहनेछन् । यस्तै बौद्ध शाखा  र नारायणगढ शाखा १९ गते २ बजेदेखि ५ बजेसम्म खुला रहनेछन् । नेपालगन्ज, वीरगन्ज र धरान शाखा १९ गते ११ देखि २ बजेसम्म खुला रहने बैकले जनाएको छ । 

सिटिजन्स् बैङ्क
दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी, भैसेपाटी, विराटनगर, वीरगन्ज, जनकपुर नारायणगढ, पोखरा १८, १९, २० र २२ गते ११ देखि २ बजेसम्म खुला रहनेछन् । दरबारमार्ग र कुमारीपाटी शाखा भने २१ गतेपनि खुला रहनेछन् । 

हिमालयन बैङ्क 
ठमेल, पाटन र न्युरोड १८ गते १० देखि १ बजेसम्म खुला रहनेछन् भने न्युरोड र महाराजगन्ज शाखा ११ देखि २ बजेसम्म १८ गते खुला रहनेछन् । १९ गते ठमेल र पाटन शाखा १० देखि १ बजेसम्म खुला रहनेछन् । महारागन्ज र न्युरोड शाखा ११ देखि २ बजेसम्म खुला रहनेछन् । २२ गते ठमेल र पाटन शाखा १० देखि १ बजेसम्म र न्युरोड शाखा ११ देखि २ बजेसम्म खुला रहनेछन् । 

नबिल बैङ्क
महाराजगन्ज, बालाजु, त्रिपुरेश्वर, न्युरोड, हेटौडा, पोखरा, इटहरी, धनगढी, धरान, बुटवल, वीरगन्ज, नेपालगन्ज, नारायणगढ, विराटनगर असोज १८ गते १० देखि १ बजेसम्म खुला रहनेछन् । तीनधारा शाखा टीकाको दिनबाहेक सम्पूर्ण बिदाको दिन खुला रहनेछ । यी शाखा टीकाको दिन ११ देखि १ बजेसम्म खुला रहन्छन् भने अरु दिन १० बजेदेखि १ बजेसम्म खुला रहन्छन् । ललितपुर शाखा पनि टीकाको दिनबाहेक सम्पूर्ण बिदाको दिन बैङ्क खुला रहनेछ । 

प्रभु बैङ्क
उपत्यका भित्रको मूख्य शाखा बबरमहल र कमलादी असोज १८, १९, २० र २२ गते खुला रहने प्रभू बैङ्कले जनाएको छ । यस्तै जावलाखेल, गोंगबुचोक, खिचापोखरी, सूर्यविनायक, कोटेश्वर भाटभटेनी, कालिमाटी र बौद्ध शाखा १८, १९ र २० गते ११ देखि २ बजेसम्म खुला रहनेछन् । 

उपत्यका बाहिर जनकपुर, इटहरी, दमक, धरान, सिरहा, पोखरा न्युरोड शाखा १८, १९, २० र २२ गते खुला रहनेछन् भने  इटहरी, नारायणगढ, बुटवल, भैरहवा, नेपालगंज, कलैया, वीरगन्ज, विराटनगर, बाग्लुङ र धनगढी शाखा असोज १८, १९ र २० गते खुला रहनेछन् । यी कार्यालयहरु ११ बजेदेखि २ बजेसम्म खुला रहनेछन् । 

सनराइज बैङ्क
गैरीधारा, गावाहल शाखा १८ देखि २२ गतेसम्म १२ देखि २ बजेसम्म खुला रहनेछन् । यस्तै भक्तपुर १८ र १९ गते ११ देखि १ बजेसम्म र न्यूरोड शाखा १९ र २० गते १० देखि १२ बजेसम्म  खुला रहनेछन् । 

सनराज बैङ्कको उपत्यका बाहिर वीरगन्ज शाखा १८, १९, २० र २२ गते १० देखि १२ बजेसम्म खुला रहनेछन् । गाईघाट शाखा १९ र २० गते, गौर शाखा २० गते र विराटनगर, नारायणगढ, धनगढी, महेन्द्रनगर, नेपालगन्ज शाखा १९ र २० गते खुला रहनेछन् । पोखरा शाखा भने १८ र १९ गते खुला रहने बैङ्कले जनाएको छ । 

माछापुच्छ्रे बैङ्क
असोज १८ गते बुटवल शाखा ९ देखि १२ बजेसम्म खुला रहनेछ । बनेपा, दमौली, महेन्द्रनगर, लाजिम्पाट र नेपालगन्ज शाखा ११ देखि २ बजेसम्म खुला रहनेछन् ।  १९ गते भैरहवा र पुतलीसडक शाखा ९ देखि १२ बजेसम्म खुला रहनेछन् भने विराटनगर साढे ९ देखि साढे १२ बजेसम्म खुला रहनेछ । 

न्युरोड, राजविराज १० देखि १ बजेसम्म, बगर, भक्तपुर, बनेपा, वीरगन्ज, विर्तामोड, धनगढी, दमौली, जनकपुर, लेकसाइड, महेन्द्रपुल ११ बजेदेखि २ बजेसम्म खुला रहनेछन् । असोज २० गते पाटन शाखा ९ देखि १२ बजेसम्म र बर्दिबास, वीरगन्ज, दमौली, मिर्चैया र इटहरी शाखा ११ देखि २ बजेसम्म खुला रहनेछन् । असोज २२ गते न्युरोड १० देखि १ बजेसम्म खुला रहनेछ भने महेन्द्रपुल नेपालगन्ज ११ देखि २ बजेसम्म खुला रहनेछ । 

ग्लोबल आईएमई बैङ्क 
असोज १८, १९, २० र २२ गते कान्तिपथ शाखा १० देखि १ बजेसम्म खुला रहनेछ । टीकाको दिनमा भने १ देखि ४ बजेसम्म खुला रहनेछ । न्युरोड १८, १९ र २० गते १ देखि ४ बजेसम्म र लगनखेल १८ र १९ गते १० देखि १ बजेसम्म खुला रहनेछन् भने १८ र १९ गते चाबहिल शाखा १ देखि ४ बजेसम्म खुला रहनेछ । 

बुटवल रामकमन्दिरलाइन, बाग्लुङ, नारायणगढ, न्युरोड पोखरा शाखा, १८ र १९ गते १० देखि १ बजेसम्म खुला रहनेछन् । विराटनगर र वीरगन्ज शाखा भने १८, १९ र २२ गते १० बजेदेखि १ बजेसम्म खुला रहनेछन् । 

नेपाल इन्भेष्टमेन्ट बैङ्क 
दरबारमार्ग शाखा असोज १८, १९, २०, २१ र २२ गते ९ देखि १२ बजेसम्म खुला रहनेछ । पुल्चोक १८, १९, २० र २१ गते १२ देखि ३ बजेसम्म खुला रहनेछ । 

यसैगरी भिसाखेल दरबारमार्गको शाखा १९ र २२  गते ९ देखि १२ बजेसम्म खुला रहनेछ । न्युरोड, पुतलीसडक, ठमेल, कालीमाटी शाखा १८, १९ र २२ गते १२ देखि ३ बजेसम्म खुला रहनेछ । नयाँ बानेश्वर, बतिसपुतली, गोगंबु शाखा १८, १९ र २२ गते १ बजेदेखि ४ बजेसम्म खुला रहनेछ । बौद्ध शाखा ९ देखि १२ बजेसम्म खुला रहनेछ । बतिसपुतली र धुम्बाराही असोज १८, १९ र २२ गते १० देखि १ बजेसम्म खुला रहनेछन् । सिपाडोल शाखा साढे १० देखि साढे १ बजेसम्म असोज १८, १९ र २१ गते खुला रहनेछ । कीर्तिपुर शाखा ११ देखि १ बजेसम्म खुला रहनेछ । 

उपत्यका बाहिर भने वीरगन्ज, भैरहवा, बुटबल, विराटनगर, पोखरा, जनकपुर १८ र १९ गते १० देखि १ बजेसम्म खुला रहनेछ । पोखरा लेकसाइड शाखा भने २२ गते १० देखि १ बजेसम्म खुला रहनेछ । यता नारायणगढ, नेपालगन्ज र धनगढी शाखा १८ गते १० देखि १ बजेसम्म खुला रहने बैङ्कले जनाएको छ । 

एनसीसी बैङ्क
न्यूरोड र टेकु असोज १८, १९, २० र २२ गते ११ बजेदेखि २ बजेसम्म खुला रहनेछ । 



प्रकाशित: २०७६ आश्विन १७
October 4th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार