नेपाली समय: ११:५८:०१ राती
वि.सं २०७६ मंसिर २०   शुक्रवार

नेपालमा चीनको प्रभाव बढेको भन्दै अमेरिकी ‘टाउको दुखाइ’, दलाई लामा र स्वतन्त्र तिब्बत गतिविधिबारे यस्तो छ अनौठो आलोचना !

निर्माण सञ्चार, ६ कात्तिक, ०७६, काठमाडौं । नेपालको उत्तरी छिमेकी चीनसँगको सम्बन्धलाई लिएर शक्ति राष्ट्र अमेरिकाले टाउको दुखाएको छ । 

केही दिन अघि मात्र मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनपिmङ नेपालको राजकीय भ्रमण गरी फर्किएको केही दिनमै अमेरिकाले नेपालमाथि चीनको प्रभाव बढ्दै गएको भन्दै आलोचना गरेको छ ।

  • नेपाल जतिको संयुक्त राष्ट्र संघको सदस्य तथा स्वतन्त्र र सार्वभौम राष्ट्रले धर्म निरपेक्षता र पञ्चशीलको बाटो अँगालेको कुरालाई नजरअन्दाज गर्दै अमेरिकाले ‘जबरजस्त धर्म परिवर्तन’ र ‘स्वतन्त्र तिब्बती गतिविधि’ गर्न नपाएको भनी यस्तो व्याख्यान दिनु राष्ट्र संघीय सदस्य राष्ट्रहरुको हित विपरीत वक्तव्य रहेको विज्ञहरुको भनाइ
बुधबार दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी विदेश सहायकमन्त्री एलिस जी वेल्सले खुला लिखित वक्तव्य नै दिएपछि चीन नेपाल सम्बन्धलाई लिएर अमेरिकी स्तरमा नराम्रो मान्ने विगतको प्रचलन अमेरिकाले सच्याउन नचाहेको देखिएको हो ।

स्वतन्त्र र सार्वभौम मुलुकहरुले आफ्नो परिस्थिति अनुसार विदेश नीति लिन पाउनु पर्ने संयुक्त राष्ट्र संघीय प्रावधान विरुद्ध अमेरिका देखिएको भन्दै अमेरिकाको यस्तो टिप्पणी नसुहाएको नेपाली विज्ञहरुले पनि आलोचना गरेका छन् ।

अमेरिकी विदेश सहायकमन्त्री वेल्सले आफ्नो करिब ८ पृष्ठ लामो मन्तव्यमा नेपालमा जबरजस्त धर्म परिवर्तन’ गर्न’ पनि कडाइ भएको उल्लेख गरेकी छन् ।

उनको यो भनाइले लोकतान्त्रिक भनिने राष्ट्र अमेरिका किन जबरजस्त धर्म परिवर्तनको पक्षमा उभिन्छ भन्ने प्रश्न उठाइदिएको छ । 

कुनै पनि मुलुकले आफ्नो अनुसारको धार्मिक नीति अख्तियार गर्न पाउँछ । तर, अमेरिकाले भने जबरजस्त धर्म परिवर्तन गराउन पाउनु पर्ने जस्तो पक्षमा आफूलाई उभ्याएको देखिन्छ ।

उनले त्यहाँको एक संसदीय उपसमितिमा दिएको उक्त लिखित वक्तव्यमा नेपालमा चीनको प्रभाव बढेकै कारण तिब्बती समुदायमाथि रोकावट भइरहेको’ पनि उल्लेख गरेकी छन् ।

एलिसको वक्तव्य हेर्दा आज पनि अमेरिका नेपालबाट चीन विरोधी गतिविधि गर्दै आएको पुष्टि हुन्छ । उनले अमेरिकी संसदको विदेश मामिला सम्बन्धी एक उपसमितिमा भनिन्, ‘नेपाल सरकारले तिब्बती बुद्धमार्गीहरुका गतिविधिमाथिको रोक बढाएको छ । दलाई लामाको जन्मदिन मनाउन समेत बन्देज लगाएको छ ।’

अ‍ेमेरिकाले दलाइ लामा र स्वतन्त्र तिब्बत गतिविधिका लागि नेपाली जमिन प्रयोग गरिरहेको देखिन्छ । 

स्मरणरहोस्, केही दिन अघि नेपाल र चीन सम्बन्धलाई लिएर अमेरिकी विदेश सहायकमन्त्रीले नेपालमा चीनको गतिबिधि र प्रभाव बढेको टिप्पणी समेत गरेका थिए । 

अमेरिकी पक्षबाट आएको उक्त भनाइको खण्डन गर्दै नेपालका लागि चिनियाँ राजदूतले अमेरिकी टिप्पणीको कडा शब्दमा निन्दा गरेकी थिइन् । 

चिनियाँ राजदूतले यतिसम्म भनेकी थिइन् कि, ‘नेपाल–चीन सम्बन्धमा कुनै टिप्पणी नगर्न’ चेतावनी नै दिएकी थिइन् ।

गत असोज २५ चिनियाँ राष्ट्रपति सी नेपाल आएका बेला उनले चीनको विभाजन चाहने र त्यस्ता गतिबिधि गर्नेहरुलाई धुलोपिठो पार्ने चेतावनी दिएका थिए । 

उनको संकेत पनि अमेरिका र तिब्बती पृथकतावादीहरुलाई समर्थन गर्ने पश्चिमा मुलुकप्रति रहेको स्पष्टै बुझ्न सकिन्थ्यो ।

अमेरिकी इन्ट्रेस्टमा नेपालमा जातीय तथा धार्मिक द्वन्द्वका गतिविधि बढाउने कामका लागि आर्थिक लगानी भइरहेको पनि उनको वक्तव्यलाई हेर्दा स्पष्ट हुन्छ ।

अमेरिकी विदेश सहायकमन्त्री वेल्सले आफ्नो उक्त वक्तव्यमा नेपालमा धार्मिक अल्पसंख्यक समूह जोखिममा परेको दाबी समेत गरेकी छन् ।

नेपालको संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरुमा आफ्नो धार्मिक आस्थाको अभ्यास गर्न पाइने भनिए पनि धार्मिक स्वतन्त्रतामाथि व्यावहारिक चुनौती कायमै रहेको उल्लेख गरेकी छन् ।

एलिसले भनेकी छन्, ‘सन् २०१८ मा ल्याइएको फौजदारी संहितामार्फत दबाबमा धर्म परिवर्तनलाई बन्देज लगाएको छ । यसले धार्मिक अल्पसंख्यक समूहलाई जोमिखमा पारेको छ ।’

उनको वक्तव्यमा सकारात्मक पक्षको पनि उल्लेख छ । वक्तव्यमा नेपालले लोकतान्त्रिक यात्रा र नागरिक अधिकारको संरक्षणमा उल्लेख्य प्रगति गरेको चाहिँ बताएकी छन् ।

एउटै वक्तव्यमा उनका विरोधाभाषी कुरा के चाहिँ देखियो भने, एकै ठाउँ नागरिक अधिकार कमजोर बनाइएको भन्दै जबरजस्त धर्म परिवर्तनलाई रोक लगाइएको भनिएको छ, र नागरिक अधिकारहरुको उपयोगमा नेपाल राम्रो रहेको पनि भनिएको छ ।

तर, साथै उनदे नागरिक अधिकार र संघीय लोकतान्त्रिक यात्रा राम्रोसित अघि बढेको पनि बताइएको छ ।

उनले नेपालमास्वतन्त्र र खुला सन्चार तथा नागरिक तथा राजनीतिक स्वतन्त्रतातर्फ पनि नेपालले प्रगति गरेको बताएकी छन् । 

 

०००

अमेरिकी विदेश सहायकमन्त्री एलिस जी वेल्सले दिएको खुला लिखित वक्तव्यको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस्



प्रकाशित: २०७६ कार्तिक ६
October 23rd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार