नेपाली समय: ०३:३३:३७ बिहान
वि.सं २०७६ मंसिर २२   आइतबार

अस्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्ने १६ टिमः यसरी गरियो छनोट

निर्माण सञ्चार, १५ कात्तिक, काठमाडौं । सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्ने १६ टिमको तय भएको छन्। 

युएईमा बुधबार राति भएको ग्लोबल छनोटको अन्तिम इलिमिनेटरपछि विश्वकपमा सहभागी हुने टिमको टुंगो लागेको हो । उक्त खेलमा ओमानले हङकङलाई १२ रनले पराजित गर्दै विश्वकपमा स्थान बनाएको छ। 

ग्लोबल छनोटबाट ओमानसँगै स्कटल्याण्ड, नामिबिया, नेदरल्यान्ड, आयरल्यान्ड र पपुवा न्युगिनी विश्वकपका लागि छनोट भएका छन्।

यीमध्ये नामिबिया र पपुवा न्युगिनीले भने पहिलो पटक विश्वकपमा स्थान बनाएका हुन्। उक्त छनोटमा १४ टिम सहभागी थिए। 

आईसीसीको टी-२० वरियताका शीर्ष ८ टिम भने छनोट नखेली विश्वकपमा छनोट भइसकेका छन्, जसमा पाकिस्तान, भारत, इग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्याण्ड, वेस्ट इन्डिज र अफगानिस्तान छन्। 

अब ग्लोबल छनोटबाट आएका ६ टिम तथा बंगलादेश र श्रीलंकाले समूह चरणमा प्रतिस्पर्धा गर्नेछन् । दुई समूहमा विभाजन गरेर खेलाइने समूह चरणबाट चार टिमले सुपर–१२ मा स्थान बनाउने छन्।

सुपर-१२ मा पुगेका टिमले आईसीसी वरीयताका शीर्ष आठ टिमसँग खेल्ने छन्। 

दुई समूहमा विभाजन गरेर खेलाइने सुपर-१२ को समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।


०००



प्रकाशित: २०७६ कार्तिक १५
November 1st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार