नेपाली समय: ११:४८:४५ राती
वि.सं २०७६ मंसिर १९   बिहीवार

सन्राइज बैंकको १२४औं शाखा इनरुवा, देशभरी शाखा विस्तार गर्ने योजना

निर्माण सञ्चार,०३ मंसिर, सुनसरी । सनराइज बैंकले ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायसाथ देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ ।

बैंकले ग्राहको सुविधाको लागि शाखा विस्तार लगाएत एटिएम सेवाको विस्तारको काम गरिरहेकोमा आइतबार सप्तरी स्थित इनरुवामा १२४औं  शाखा संचालनमा ल्याएको छ ।

बैंकको इनररुवा शाखा उद्घाटन कार्यक्रममा नगरपालिकाका नगर प्रमुख राजन मेहेता र सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् । 

 उक्त शाखाको एटिएमको भने इनरुवामा वडा १ का वंडा अध्यक्ष राम चन्द्र पोद्घार र इनरुवामा उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र शाहले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरको पनि उपस्थिति रहेको थियो । सोही उद्घाटन समारोहमा जनक शर्मा पौड्यालले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि प्राथमिकताका साथ अधि बढाउदैं लाने जनाए ।

हालसम्ममा सनराइज बैंकले १२४ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत देशभरीका आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा बैंकले आफ्ना सेवा विस्तार गर्ने क्रममा, नेपालका अन्य क्षेत्रमा समेत थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरु संचालन गर्ने योजना रहेको जनाएको छ ।


०००

 



प्रकाशित: २०७६ मंसिर ३
November 19th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार