नेपाली समय: ११:५७:०१ राती
वि.सं २०७६ मंसिर २०   शुक्रवार

नेपालमा ९५ प्रतिशत घरधुरी विद्युतको पहुँचमा, स्वच्छ कुकिङ नेपालका लागि चुनौती

निर्माण सञ्चार, मंसिर ५, काठमाडौं । राजधानीमा बिहीबार स्वतन्त्र उर्जा उत्पादन नेपाल ‘इपान’को सातौं उर्जा सम्मेलनमा विश्व बैंक सर्वेक्षणका अनुसार नेपालमा विद्युतको पहुँचको गुणस्तरमा उल्लेखनीय प्रगति देखिएको छ। 

जसमा हालको सर्वेक्षण अनुसार नेपालमा ९५ प्रतिशत घरधुरीले विद्युतको पहुँचमा छन ।  जो विगतको तुलनामा उल्लेखनीय प्रगति भएको देखिएको छ । उक्त सर्वेक्षणका अनुसार नेपालमा  विद्युत् पहुँचको गुणस्तरमा प्रगति देखिएपनि करिब १ सय घरधुरी मध्ये ७० परिवारले विद्युतको पौउच बाहेका इन्धन प्रयोग गरिरहेका छन ।

सरकारको ‘सुखी नेपाली समृद्ध नेपाल’ नारालाई साकार पार्ने उदेश्यले उर्जा क्षत्रको उत्पादनलाई प्राथमिकता दिइरहेको छ । सरकारले बोकेको उक्त्त नारालाई साकार पार्नेको लागि निजी क्षेत्रको समेत साथ रहेको वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले बताए ।  

‘नेपालका प्रत्येक व्यक्तिलाई उच्चस्तरीय उर्जा सेवाहरूको पहुँच प्रदान गर्नु सरकारको उच्च प्राथमिकता रहेको जसको लागि सन् २०२० अनुसार हामी १ हजार ५ उर्जा पहुँचका लागि काम गर्दैछौं ।’ ऊर्जा, जलस्रोत र सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले भने ।

२०१७ को सर्वेक्षण पछि नेपालले ग्रिड विद्युतीकरण जनसंख्या ७२ प्रतिशत बाट ७८ प्रतिशत सम्म थप प्रगति भएको छ । करिब दुई वर्ष अगाडी नेपालमा दिनमा १८ घण्टा सम्म लोडसेडीङको समस्या थियो । उक्त्त लोडसेडिङ पछिल्लो बर्ष यता मात्र मुक्त भएको हो ।

 लोडसेडिङ मुक्त हुनु नेपालको लागि पछिल्लो उपलब्धी रुपमा आम जनताले मानेका छन । प्रकाश र सफा कुकिङका लागि ऊर्जा सेवाको गुणस्तर सुधार गर्न र नेपालका जनताको जीवनलाई अझ राम्रो बनाउन सरकारसँग साझेदार भएको नेपालका विश्व बैंक कन्ट्री म्यानेजर फरिस एच. हदाद जर्भोसले बताए ।

नेपाल राष्ट्रिय घरेलू स्तरको सर्वेक्षण ऊर्जा पहुँच सम्बन्धी विश्व सर्वेक्षणको हिस्सा हो, जुन विश्व बैंकले ऊर्जा क्षेत्र प्रवद्र्धन सहयोग कार्यक्रम (इएसएमएपी) को सहयोगमा चलाइएको बहुस्तरीय फ्रेमवर्क (एमटीएफ) दृष्टिकोणमा निर्भर गर्दछ । बिजुली पहुँचको गुणस्तरमा प्रगति भए पनि स्वच्छ कुकिङ नेपालका लागि चुनौती रुपमा देखिएको छ ।

‘आउँदा दिनहरुमा पर्याप्त बिजुली आपूर्ति गरि बर्तमान समयमा खाना पकाउन आयात गरिएको एलपीजीमा ग्यासमा समेत ठूलो निर्भरता हटाइने र सरकारले सफा कुकिङ,प्रत्येक घरमा एउटा बिजुली चुल्हो प्राप्त गर्ने लक्ष्यरहेको वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले भने । 

 

 

०००
 



प्रकाशित: २०७६ मंसिर ५
November 21st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार