नेपाली समय: ०५:४७:३५ बेलुका
वि.सं २०७६ फाल्गुण १०   शनिवार

प्रधानमन्त्री टिचिङि अस्पतालमाः एपेन्डिसाइटिस भएपछि अपरेसन गरिदै

निर्माण सञ्चार, १० मंसिर, काठमाडौं । आफ्नो नियमिति स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको देखिएको छ । 

एपेन्डिसाइटिस भएको संलग्न चिकित्सकहरुले पुष्टि गरेपछि उनको अपरेसनको तयारी भएको अस्पताल स्रोतले बतायो ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल गएका थिए । परीक्षण क्रममा प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस देखिएको अस्पतालले जनाएको हो ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा अरुण सायमीले यसबारे पुष्टि गर्दे भने, ‘स्वाथ्य चेकजाँच गर्दा प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस समेत भएको देखियो । अब थप उपचारको प्रक्रिया अघि बढाइएको छ ।’

प्रधानमन्त्री ओली मिर्गौलाको नियमित डायलसिस गराउँदै आएका छन् । यही क्रममा उनलाई एपेन्डिसाइटिस पनि देखिएको हो ।

एपेन्डिसाइटिस अक्सर जोकोहीलाई पनि जहिले सुकै पनि हुन सक्ने बिमार हो । यो ठूलो आन्द्रासँग गाँसिएर बस्ने एकप्रकारको सानो पुच्छर जस्तै परेको अतिरिक्त अंग हो, जसलाई स्वास्थ्य विज्ञानमा ‘एपेण्डिक्स’ भनिन्छ। 

एपेण्डिक्समा ब्याक्टेरिया संक्रमण या कुनै अवरोध भयो भने सुन्निने र पिप भरिने समस्या देखा पर्छ । समयमै यसको उपचार गरिएन भने यो फुट्ने हुँदा फुटेपछि यसभित्र रहेको विकारहरु आन्द्रा र पेटभित्रै फैलने हुन्छ । 

त्यस्तो अवस्थामा एपेण्डिसाइटिसको बिरामी भएको २४ घण्टाभित्रै उपचार गर्न पर्ने चिकित्सक बताउँछन् । एपेण्डिक्स फुट्नुअगावै यसको अपरेसन गरेर फालिएन भने बिरामीको मृत्यु समेत हुने चिकित्सकको भनाइ छ । 

‘अपरेसन सफल भएपछि केही आराम गर्दा हुन्छ, पछि आफै ठिक हुन्छ,’ एक विशेषज्ञले भने ।


०००



प्रकाशित: २०७६ मंसिर १०
November 26th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार