नेपाली समय: ०६:४६:३८ बेलुका
वि.सं २०७६ फाल्गुण १०   शनिवार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

निर्माण सञ्चार, ११ मंसिर, काठमाडौं । एपेन्डिसाइटिसको अपरेसन पछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । 

अस्पताल स्रोत अनुसार प्रम ओलीलाई बुधबार बिहान नै भेन्टिलेटरबाट पनि हटाइएको हो ।

हिजोको भन्दा स्वास्थ्यमा सुधार भइरहेको र एनेस्थेसिया दिदा राखिएको भेन्टिलेटर पनि बिहीबार बिहानबाट हटाइएको छ ।


मंगलबार प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखेर आराम गराइने अस्पताल स्रोतको भनाइ छ ।

०००

 

पढौं यो पनि



प्रकाशित: २०७६ मंसिर ११
November 27th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार