नेपाली समय: १२:३८:२० am
वि.सं २०७७ आश्विन १२   सोमवार

चौंथो मेडिकल एक्स्पो राजधानीमा हुँदैः मेलामा मेडिकल सेक्टरका अधिकांश उपकरण उपलब्ध हुने

निर्माण सञ्चार, २३ मंसिर, काठमाडौं । स्वास्थ्य सामाग्री, उपकरण तथा रसायन सम्बन्धी चौथो नेपाल मेडिकल एक्स्पो हुने भएको छ ।

उक्त मेला सन २०१६ देखि नेपाली बजारमा विश्वस्तरिय स्वास्थ्य प्रविधि भित्र्याउने लक्ष्य सहित मेडिकल एक्स्पोको  आयोजना गरिएको मेलाका आयोजक भारतीय एस.डी प्रोमोले जनाए ।

एक्स्पो मेला तिन दिन संचालन हुने भएको छ । राजधानीको भृकुटी मण्डपमा एक्स्पो मंसिर २७,२८र २९ गते चल्ने छ ।

उक्त्त मेलाको सह–आयोजकमा रसायन तथा मेडिकल उपकरण आयात कर्ताहरुको छाता सगंठन (केमशन) रहेको छ ।

उक्त्त एक्स्पोे नेपालमा प्रदर्शन हुने एक मात्र वैज्ञानिक मेलाको उप–नामले पहिचान बनाउन सफल हुँदै आएको छ ।   

मेलामा मेडिकल, सर्जिकल र डायग्नोस्टिक सहित तीन बिधाका विश्वस्तरिय उपकरण, प्रविधि र प्रयोग हुने रसायन सहितको प्रदर्शन गरिने छ ।

अस्पताललाई चाहिने सम्पूर्ण उपकरण तथा शल्यक्रियाका नवीन प्रविधि सहित प्रयोगशाला उपकरणलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । 

मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगाएतका कुल दुई सय २० स्टल रहेनछन् । मेलामा नेपाली मेडिकल सामाग्री आयातकर्ताहरुको ६० स्टल रहने छन । बाँकी भारत, चीन, जापान, जर्मनी दतथा कोरियाका स्वास्थ्य सामाग्री उत्पादकहरू सहभागीता रहने छ ।

 

 

०००

 



प्रकाशित: २०७६ मंसिर २४
December 10th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार