नेपाली समय: ०६:५१:०६ बेलुका
वि.सं २०७६ फाल्गुण १०   शनिवार

कालापहाडको बाध्यताले छुट्यो हजारौं बालबालिकाको पढाई

निर्माण सञ्चार, पौष १०, जुम्ला । जुम्लाका अधिकांश बालबालिका आर्थिक स्थिति नाजुक भएकै कारण रोजगारीको लागि कालापहाड जाने बाध्यातमक अवस्था छ । 

जसका कारण जुम्लाका लाखौं बालबालिकाको पढाइबाट बञ्चित हुनुपर्ने अवस्था छ । 

तातोपानी गाउँपालिका भैर दमाई गाउँकै स्कुलमा कक्षा ६ मा पढ्थ्ये । घरको कम्जोर आर्थिक स्थितिका खेतीपातीबाट उत्पादन अन्नले २र३ महिना पनि नपुग्ने, घरमा बुढा आमा बाबु अरु कमाउने कोहि नभएकोले १३ वर्षिय उनी ३ वर्ष पहिले पढाइ छोडेर कालापहाड हिडे । 

उनी अहिले भारतको हिमाचल प्रदेशमा भारी बोक्ने काम गर्छन । परिवारको जेठो सन्तान भएकोले पनि घरको अबस्था हेरि पढाइ छोडेर कालापहाड आएको उनले बताए । 

त्यस्तै रुकुम पश्चिम सान्नीभेरी गाउँपालिका ९ का १५ वर्षिय महेश विष्ट हिमाचल प्रदेशको किनौरको एक होटलमा मजदुरी गर्छन्  । 

उनी संग भएको जम्काभेटमा आफु कालापहाड आउनुको कथा यसरी सुनाए । घरमा ४ भाईबहिनी, आमा र बा छन । म कक्षा ८ मा पढथ्ये, चारै भाईबहिनी पढ्न थालेपछि घरको आर्थिक अवस्थाले परिवारको आवश्यकता पुरा हुन नसकेपछि यता आउनुपर्ने बाध्यता भयो । 

उनले थपे, सबैभन्दा जेठो भएकोले, आफु कमाउनुको विकल्प नरहेको ठाने, त्यसैले कक्षा ८ को पढाइ छोडी भारतमा आएको ४ वर्ष बित्यो । 

बिष्टले भने, २०७५ साल चैतमा अलि कमाएको पैसाले पढौला भनी घर गएको थिए । तर घरकोे अबस्था झन नाजुक हुँदै गएको थियो । 

बुबा पनि बिरामी हुनुहुन्थ्यो, त्यो पटक अलि घरखर्च र पढ्ने भनी लिएको एक लाख रुपैया बुबाकै उपचारमा खर्च भयो । 

पुन बाध्य भएर कालापहाड दैडिए । पढ्ने रहर हुदा हुँदै पनि मजबुरी भारतमा भाडा माझ्नु परेको विष्टको दुखेसो छ । यता जुम्लाका रमेश परियार हिमाचल प्रदेशको पन्जाबी ढावामा सर्भिस काम गर्छन् ।

उनी उमेर १४ वर्ष ननाघेका रमेश संग कुराकानी गर्दा घरको आर्थिक अभाव र विपन्नताले पढाइ छोडेर कालापहाड लखेटेको सुनाए । 

गाउँकै हिमशिखर माविमा कक्षा ९ पढ्थे । सधै दितिय पनि आउथे,तर के गर्नु घरमा कमाउने अरु कोहि भएन, हुन एकै सन्तान हुन, तर बुबालाई अत्याधिक रक्सी सेवनले थला परेपछि परिवार पाल्न आफु संग कालापहाड आउनुको विकल्प थिएन । 

उनले थपे, बिचमै कक्षा ९ को पढाइ छोडी भारत आएको तीन वर्ष भयो, पहिला भारी बोक्थे, अहिले होटलमा काम गर्छु । जेनतेन कमाएको पैसाले बल्ल बाबा निको भएका छन् ।

पढ्ने रहर त छ, तर आर्थिक अबस्था बाधक छ । त्यसैले पनि कालापहाडको साहारा लिन बाध्य छु । 
साथै जुम्लाका आकाश तिरुवाले २०७० सालमा एसएलसी पास गरेका हुन् । 

सामान्य विषय पढेर सरकारी जागिर खाने सोच राखेका उनलाई घरको आर्थिक विपन्नताले ११र१२ पढ्न नपाउदै भारत लखेट्यो । १७ वर्षिय तिरुवा पढाइ छोडेर भारतमा भारी बोक्न थालेको ६ वर्ष भयो । 

परिवारलेनै उच्च शिक्षा पढाउन नसक्ने भन्दै कालापहाड पठाएको उनको भनाई । आफै कमाएर पढ्ने लक्ष्य राखेको थिए । 

तर सोचेको पूरा हुन सकेन् । दशै तिहार मनाउँदा ऋण माग्नु पर्ने बाध्यता अझै छ । कसरी पढौ,संगैका साथी जागिरे छन् । 

आफु त भारतमा अझै कति बस्नुपर्ने हो भन्दै दुख ब्यत्त गरे । बीचमै पढाइ छोडेर कमाउन आईसकेपछि पछि पढ्नु भन्दा कालापहाडको नसाले घरनै बिर्सने रहेछ अर्का नेपाली बालक छत्र परियारले बताए । आफु १३ वर्ष हुँदादेखि नै उनी भारततिर जान आउन थालेको हु । 

अहिले १८ वर्षको भए । ‘सानै थिएँ, कालापहाड जान थालेको हुँ। मैले ७ कक्षा मात्रै पढेको छु । प्रथामिक तहमा खालि दितिय मात्रै हुन्थे । 

सबैले पढाइ राम्रो छ । भन्ने तर कक्षा ७ राम्रो पढ्न नपाउदै जिन्दगी कोल्टा फेर्यो । जसका कारण अहिले भारतमा छु । ११ वर्षको कलिलो उमेरमै भारतको शिमलामा पसेका १८ वर्षीय टेकबहादुर विकले जेनतेन कक्षा पाँचसम्म पढेका छन् । 

घरमा आर्थिक संकट आएपछि विद्यालय जान छाडेर उनी पनि कालापहाड हानिए। ‘कमाउने कोही नभएपछि पढ्न छाडेर भारत पसेँ। 

अहिले तीन जनाको परिवार त्यहीँबाट कमाएरै पाल्छु। बीचमै पढाइ छोडेर आउने यी केही प्रतिनिधि मात्रै हुन् । भारतमा नेपाली बालबालिका हजारौको संख्यामा छन् । उनीहरुलाई घरमै पुनस्थापना गर्न सरकारी तवरबाट कुनै ठोस योजना भएको छैन् ।

कालापहाड आउने दलित बढि

भारतको हिमाचल प्रदेश भरी रहेका जम्मा नेपाली मध्य करिब १० बढि बालबालिका छन् । भारत भारतको हिमाचल प्रदेश स्थित नेपाली एकता समाजको तथ्यांक अनुसार हिमाचलमा रहेका १० हजार बढि बालबालिकाहरु दलित बढि रहेका छन् । 

बिचमै पढाइ छोडेर भागेर आउने, मजबुरीले आउने नेपालीमा सुदुरपश्चिम, कर्णाली र पुर्वका बढि रहेको नेपाली एकता समाजका अध्यक्ष मिथुन गरुङले बताए । 

उनले भने, पढ्ने उम्मेरमै कमाउन आउने बालबालिकाले संख्या दैनिक बढ्न थालेपछि निशुल्क र अनिवार्य शिक्षाको अभियान थालेको सरकारलाई ठुलौ चुनौती रहेको उनको भनाई छ । 

अझैपनि कर्णालीमा दुईछाक खान मुस्किल भएपछि पढ्ने मन हुँदा हुँदै पनि भारत छिर्नु पर्ने बाध्यतामा छन् । 
स्थानीय सरकार आएपनि शिक्षा क्षेत्र प्रथामिकतामा राखे अनुसार काम हुन नसक्दा कालापहाडकै साहारा लिनु नेपालीका लागि बाध्यता छ । 

अधिकांशले भारतमै मजदुरी गरेर पठाएको पैसाले बालबच्चा पढाउने र घरखर्च धानिरहेका छन् । 
दलित तथत विपन्न परिवारका बालबालिका पढ्ने उमेरमै कमाउन परदेशीनु परेपछि उनीहरू जीवनभरी भारतबाट उस्किन सक्दैनन्। 

नेपाली एकता समाजका नरी परियारले भने, उनीलाई नेपाल फर्काउन सरकारले नसकेपनि विपन्नलाई निशुल्क पढाईको व्यवस्था गर्न आबश्यक रहेको सुझाब दिए ।

विपन्नलाई निशुल्क शिक्षा देउ

गाउँकै छेउमा स्कुल हुदा पनि, कक्षा १० सम्मकोलपढाइ निशुल्क हुदा पनि पढाइ छोड्नु पर्ने बाध्यतममा नेपाली बालबालिका छन् । 

लाखौ बजेट छुटाएर शिक्षा क्षेत्रको विकासका लागि तिनै तहका सरकार लागे छन् । 
तर उपलब्धी शून्य छ । 

हिमाचलमा मात्रै १० हजार बालबालिका कालापहाडमा छन् । भने पुरै भारतमा कति होलान ? सरकार अब पनि सुतेर बस्नु हुदैन, एक नेपाली रतन तिरुवा भन्छन,जनचेतनाको कमी, अभिभावको लापरबाही, आर्थिक अभाव, भौगोलिक विकटताका कारण कारण नेपालका दुर्गमबस्तीबाट सयांै बालबालिका कालापहाड आउछन् । 

उनिहरुको शैक्षिक ग्यारेण्टी स्थानीय सरकारले गरि कालापहाड आउने दर घटाउन सुझाब दिए । उनले भने, विद्यालय शिक्षामा पहुँच र्पुयाउने, भारत जानेको संख्यामा कमी ल्याउन स्थानीय तहको ठोस योजना छैन। रोजगारी सिर्जना तथा शिक्षामा पहुँच र्पुयाउन शिक्षक दरबन्दी थप्ने विषयमा सरकार गम्भीर हुनुपर्छ । 

आर्थिक अबस्था कमजोर भएका परिवारलाई शिक्षाको पहुँचमा ल्याउन आबश्यक योजना तथा बजेट छुटाउनु पर्ने उनको भनाई छ । भने विपन्न परिवारलाई निशुल्क शिक्षा अनिवार्य गर्नु पर्नेमा तीन सरकार चुकेको छ ।

 

०००



प्रकाशित: २०७६ पौष १०
December 26th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्