नेपाली समय: ०७:०५:३३ बेलुका
वि.सं २०७६ फाल्गुण १०   शनिवार

मालपोतको अनलाइन सेवाप्रति सेवाग्राही असन्तुष्ट

निर्माण सञ्चार, पुस ११, जुम्ला । सिंजा गाउपालिका १ डिग्रा गाउँकि मुन्कली कामी जिल्ला मालपोत कार्यालय जुम्लामा धाउन थालेको तीन हप्ता भयो । 

गतमंसिर २३ गते देखि जग्गा नामसारीका लागि दुई दिनको यात्रा गरी सदृरमका आईन् । होटलमा बसेर धेरै रुपियाँ खर्च भैईसक्यो तर काम पुरा नभएको उनकोे गुनासो छ । 

पहिले पहिले ढिलोमा पनि २र३ दिनमा जस्तासुकै काम बनिसक्थ्योे, तर आजभोली अनलाईन सेवाले झन चाडौ हुनुपर्ने हो । उनले भनिन झन पुरै सास्ती मात्रै भएको छ । 

प्रत्येक दिनको पाँच सयका दरले करिब १५ हजार खर्च भैइसक्यो काम हुने टुंगो छैन् ।
त्यस्तै पातरासी गाउँपालिका  ७ पटमाराकी बिमला थापा पनि मालपोत कार्यालयमा चक्कर लगाउन थालेको पाँच दिन भयो । 

उनको काम पनि कहिले हुने टुंगो छैन् । जहिले जादा पनि तपाईको पालो नआएको भन्दै फर्काउने गरेको थापाले बताईन् । 

यता तातोपानी गाउँपालिका ५ लाम्राका धर्मबहादुर रोकायाले भने, मंसिर १२ गते मालपोतमा कागजात बुझाएको थिए । 

तर पुुुस ७ गते सम्म पनि उनको काम भईको छैन् । कर्मचारी संग बुझ्दा अझै पालो कहिले आउने हो,थाहानै नभएको बताए । तातोानी गाउँपालिकाकै धनबहादुर बुढा पुस १ गते देखि मालपोतको कामले आवतजावत गर्दै थाकि सकेको बताउन्छन् । 

भने, गुठिचौर गाउँपालिका ४ वडा खल्लावाडाका ६० वर्षिय ठेपसिंह सार्की छोराको नाउमा जग्गा नामसारी गर्न मालपोत आउन थालेको एक हप्ता हुदा पनि काम के भयो कहिले हुने भन्ने कुनै थाहा छैन् भन्दै दुखेसो गरिन् । 

जिल्ला मालपोत कार्यालय जुम्लामा संचालन गरिएको सुस्त अनलाईन सेवाले धनबहादु,मनकला, बिमला र ठेपसिंह मात्र हैन् जुम्लाका सम्पुर्ण सेवाग्राहि असन्तुष्ट रहेका छन् । 

दैनिक सयौ सेवाग्राहिको भिड हुने मालपोत कार्यालयमा पुर्ण तयारी बिनै अनलाइन सेवा शुरु गर्दा सेवाग्राहिले सास्ती पाएको नागरिक समाजका अध्यक्ष राज बहादुर महतले बताए । 

उनले भने, प्रविधिमैत्री सेवा दिनका लागि तालिम प्राप्त कर्मचारी, निरन्तर बत्ती, सफ्ट्वयर अफडेट हुनुपर्छ । अध्यक्ष महतले थपे कुनै कुरा तयारी नगरी अनलाईन सेवा चलाउदा नागरिकले सास्ती पाएको उनको भनाई छ । 

छिटो छरितो कामका लागि संचाला गरिएको अनलाईन सेवाले हप्तौ सम्म बजारकै बाँस गराउने भए तत्काल बन्द गर्न समेत स्थानीयको माग छ । 

अनलाई चलाउन कर्मचारी ढिला भएकै कारण सजिलो काम अगाडि गाह्रो काम पछि धकेलिने गरेको नागरिकको गुनासो छ ।

अनलाईन सेवा प्रभावकारी नुहुका कारण

मालपोत कार्यालयका सबै अभिलेख सुरक्षित राख्न तथा छिटोछरितो सेवा दिन अनलाईन सेवा अत्याआबश्यक हो । जिल्ला मालपोत कार्यालय जुम्लाका प्रमुख मिनबहादुर रावतले जुम्लामा अनलाईन सेवा प्रभावकारी नहुमा धेरै कारण रहेको बताए । 

पहिलो कारण भनेकै जुम्लाकोे बत्ति हो । जुम्लामा २०७५ सालबाटै अनलाईन प्रणाली शुरु हुनुपर्ने हो । त्यहि बत्ति अभावकै कारण हुन सकेन् । 

नया भवनमा आएपछि २०७६ बाट अनलाईन सेवा शुरु गरेपनि बत्तिको अभाव, फाष्ट ईन्टरनेटको अभाव र कम्प्युटरमा काम गर्ने कर्मचारी अभावका कारण अनलाईन सेवा प्रभावकारी बनाउन नसकिएको कार्यालय प्रमुख रावतले बताए । 

दैनिक सयौ सेवा ग्राहि आउछन् अनलाईनमा काम गर्ने कर्मचारी तीन जना मात्रै छन् । 
अन्य कर्मचारिहरुलाई अनलाईन सम्बन्धी ज्ञान छैन । 

जसका कारण अनलाईन सेवा सुस्त हुन पुगेको हो । काठमाडौं बाट विज्ञ टोली तीन पटक जुम्ला आएर अनलाईन सिस्टमबारे प्रशिक्षण समेत दिएका छन् । 

प्रमुख रावत भन्छन, तर पनि नागरिकका गुनासा मात्रै सुन्ने नियमित बत्ती नआउदा नेट नचल्दा काम सुस्त भएको कुरा कसैले बुझेका छैनन् । बत्ति र टावरको समस्याकम कारण अन्य कर्मचारीहरुले अनलाईन सेवा सिस्टम चलाउने बारे सिक्न समेत पाएका छैनन् । 

तर यता नागरिकहरुले टावर नुहुनु बत्ती नहुनु नेट नहुनु जिल्लाको समस्या हो पुर्वतयारी बिना अनलाईन चलाउनु कार्यालयको दोष रहेको भन्दै सेवालाई छिटो छरितो गर्न सुझाब दिएका छन् । प्रशासन कार्यालयलाई सेवाको निरिक्षण गर्न पनि माग गरेका छन् । 

यता प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडे के कती कारणले अनलाई सेवा प्रभावकारी हुन सकेन् सबै बुझेर सेवा प्रभावकारी बनाउन निर्देशन दिने समेत उल्लेख गरिन् ।

 

 

०००



प्रकाशित: २०७६ पौष ११
December 27th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार