नेपाली समय: ०१:११:२९ बिहान
वि.सं २०७७ आश्विन १२   सोमवार

प्रतिष्ठानमा करार सेवामा कार्यरत २ सय २९ कर्मचारीले स्थायी दरबन्दीको माग गर्दै आन्दाेलन

निर्मााण सञ्चार, पुस ११, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका २ सय २९ जना कर्मचारी स्थायी गर्न माग गर्दै आन्दोलित भएका छन् । 

प्रतिष्ठानमा लामोदेखि समय करार सेवा काम गर्दै आएका कर्मचारीहरुले स्थायी गर्न माग गर्दै आन्दोलन गरेका हुन् ।

स्थायी कर्मचारीलाई रातदिन खटेर काम गर्दा पनि प्रतिष्ठानले सेवा सुविधामा वास्ता नगरेको भन्दै कर्मचारीले विहिबार सञ्चार साक्षात्कार गर्दै आन्दोलनको घोषणा गरेका छन् । 

तत्काल स्थायी गरियोस भन्ने माग सहित यही पुस १४ गते बस्ने प्रतितिष्ठानको सिनेट बैठकमा प्रथामिकताका साथ प्रस्ताब पारीत गरी लैजान समेत दबाब दिइएको प्रतिष्ठानका कर्मचारी कविन्द्र महतले बताए । 

उक्क्त बैठकबाट आफ्नो प्रस्ताब पारित नभए कडा आन्दोलन गर्ने कर्मचारीले चेतावनी दिएका छन् । 

कर्णालीकै एकमात्र स्वास्थ्य क्षेत्रको धरोहर प्रतिष्ठान लामो समय देखी करारमा कार्यरत कर्मचारीहरुलाई हरके दृष्टीले बेवास्ता गरेको महसुश भएपछि सिनेट बैठकको अवसर पारी कर्मचारीले आन्दोलन गरेका छन् । 

०००


सञ्चार साक्षात्कार कार्यक्रमा आन्दोलित कर्मचारी प्रस्तुत गरीएको विज्ञप्ति

विगत वर्षदेखि स्थायीको माग गरेपनि सुनुवाई नभएको र पुष १४ गते हुने सिनेट वैठकमा प्रस्ताव लिन अनुरोध गरिएको महतले उल्लेख गरे । 

२०७६ साल मंसिर १० गते दिएको निवेदन बेवास्ता गरिएकाले आन्दोलित हुन बाध्य भएका हौ । 

हाल सम्म प्रतिष्ठान जोगाउन लामो समयदेखी कार्यरत कर्मचारीहरुको स्थायी प्रक्रियामा सहयोग पुराउन, नेपाल सरकार, कर्णाली स्वास्थ्य स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल परिवार, आम संचारमाध्याम, नागरिक समाज, राजनैतिकदलहरु, स्थानीय नागरिक समाज, जनप्रतिनिधि सवै प्रति सहयोगको अपेक्षा गरिएको छ । 

प्रतिष्ठानको नियमावली २०५९ अनुसार परीक्षा संचालन गरी स्थायी गरिने व्यवस्था भएपनि वेवास्ता गर्दै प्रतिष्ठान धरापमा पार्न थालिएको कर्मचारीहरुको गुनासो छ । यस अघि ८५ जना कर्मचारी स्थायी गरिएको भएपनि आफुहरुलाई विभेद गरिएको भन्दै  २ सय २९ कर्मचारी एकसाथ आन्दोलनमा उत्रिएका हौ् । 

एकै ठाउमा काम गर्ने कोहि कर्मचारी स्थायी कोहि अस्थायी भएर विभेद सहन नसकेको विज्ञप्तिमा उल्लेख छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सिनेट वैठक प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपीशर्मा ओलीको अध्यक्षतामा आगामी पुस १४ गते बस्दैछ । प्रतिष्ठानमा उच्च स्तरको एमडिजिपी, डाक्टर पढाई देखी विभिन्न एजेण्डामा छलफल हुने प्रतिष्ठानले जनाएको छ । 

यता कर्मचारी रामाकान्त उपाध्यायको संयोजकत्वमा करारका कर्मचारीलाई एक संघर्ष समिति समेत गठन गरिएको छ । आन्दोलनको वेवास्ता गरिएमा क्रमशः आन्दोलन गरिने छ । 


०००



प्रकाशित: २०७६ पौष ११
December 27th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार