नेपाली समय: ०१:१४:४० बिहान
वि.सं २०७७ आश्विन १२   सोमवार

कर्णालीमा भ्रमण वर्ष उद्घाटनको तीब्र तयारीः जिल्लाकै संंस्कृति झल्किने झाँकी प्रर्दशन हुने

.

निर्माण संञ्चार, पौष १३ ,जुम्ला । नेपाल भ्रमण वर्ष २०२० शुरु हुन केही दिन मात्र बाँकी रहँदा कर्णालीमा उद्घाटनको तयारी  तीब्र पारिएको छ । सात प्रदेश भन्दा पृथक ढंगबाट उद्घाटन गर्ने लक्ष्य राखेको कर्णाली प्रदेशका १० वटै जिल्लामा भव्य तयारी भैईरहेको छ । कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहले स्वागत गेट समेत बनाएका छन, भने उद्घाटनका लागि विभिन्न संंस्कृति झल्किने झाँकी प्रर्दशनको तयारी भईरहेको छ । 

भ्रमण वर्ष उद्घाटनको दिन जनवरी १ मा कर्णालीका १० वटै  जिल्लाका स्थानीयले सुर्खेतमा। ल्याएर झाँकी प्रर्दशन गर्ने छन  । उत्कष्ट हुने प्रर्दशनले पुरुस्कार पाउने भएकाले  जिल्ला जिल्लामा तयारी तिब्र पारिएको हो । नेपाल भ्रमण वर्ष २०२० लाई भव्य रुपमा सफल बनाउन प्रदेश सरकारले समिति गठन देखि पुर्वधार व्यवस्थापनलाई समेत जोड दिएको छ ।

 नेपालमा भ्रमण वर्षको शुरुवात सन् १९९८ देखि शुरु भएको हो । 

दोस्रो भ्रमण वर्ष २०११ र तेस्रो नेपाल भ्रमण वर्ष २०२० मा घोषणा गरिएको छ । नेपाल सरकारले भ्रमण वर्ष २०२० लाई भव्य रुपमा मनाउन विसं २०७४ साउन २९ गते घोषणा गरेको थियो । तर अगाडीका दुई भ्रमण वर्ष भन्दा २०२० भने सरकारले निकै महोत्वकाँक्षी रुपमा लिएको छ । संघ सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य राखेपनि प्रदेश सरकारले पर्यटक भित्रयाउने आ आफ्नै होडबाजी गरिरहेका छन । जसमा सबैभन्दा कम कर्णाली सरकारले १ लाख विदेशी पर्यटक भित्रयाउने लक्ष्य राखेको छ ।


१० जिल्लाकै झाँकी प्रर्दशन हुने कर्णालीमा आफ्नै मौलिकता छ । विभिन्न साँस्कृति पहिचान छन् । पन्चेबाजा, हुड्के,मागल,झाँकी,ढाल नाच, देउडा लगायत विभिन्न झाँक्रि प्रर्दशन गरिने भएको छ । जुम्लाबाट उद्घाटनमा प्रस्तुत गर्ने देउडा लगायत अन्य प्रस्तुतीको तयारी अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताए । उनका अनुसार जिल्लाबाट जाने सबै प्रस्तुती प्रतियोगितात्मक हुने भएकोले तयारी तिब्र बनाईएकोे बताएका छन् । 

 १० वटै जिल्लामा पर्यटन उपसमिति गठन गरीएको छ । पर्यटकहरुको स्वागत देखि खानपान लगायतको व्यवस्थापनलाई प्रभावकारी बनाउन पर्यटन व्यवसायीहरु रहने गरि समिति बनाईएको छ । प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भ्रमण वर्षको उद्घाटनका लागि जिल्ला स्तरमा आवश्यक बजेट दिएको छ ।

भ्रमण वर्षलाई सफल र सुखद बनाउन कर्णाली प्रदेशको सरकारले नीतिगत सुधार, पाहुनालाई दिन सकिने सेवा तथा छुट सुविधा, संरचना निर्माण र २०२० जनवरी १ नेपाल भ्रमण वर्षको शुभारम्भका लागि पुर्ण तयार रहेको पर्यटन मन्त्री नन्दसिंह बुढाले बताए । मन्त्री बुढाले भ्रमण वर्षलाई सफल बनाउन कर्णाली तथा भेरी करिडोरमा पर्ने विभिन्न पुलको निर्माणले गति पाएको बताएका हुन् । 

 कर्णाली राजमार्ग देखि अन्य स्थानीय ग्रामिण सडकको स्तरउन्नती सुधार समेत भईसकेको छ । पहाडी जिल्लाका लागि हेलिकप्टर तथा नेपाल एयरलायन्सलाई कर्णाली केन्द्रित गर्न, कर्णालीका २१ मध्ये चार हिमाल मात्र आरोहणको अनुमति पाएकाले साहसिक पर्यटकका निम्ति थप हिमालको आरोहणका लागि संघिय सरकारबाट अनुमति ल्याईसकेको मन्त्रालयले जनाएको छ । 

नेपाल भ्रमण वर्षमा कर्णालीमा एक लाख पर्यटक भित्राउने लक्ष्यका साथ हरेक गतिविधिलाई अघि बढाएका छौ । कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारीले भ्रमण वर्ष शुभारम्भमा विभिन्न कार्यक्रम गर्न सबैलाई आह्वान भईसेकेको बताए । उनका सरोकारवालासँग छलफल, गोष्ठी, समन्वय र सहकार्य गरेर भ्रमण वर्षको भव्य तयारी भएको उनले बताएका छन् । कर्णालीका पर्यटकीय गन्तव्यको महत्व र विशेषताको बारेमा उजागर गर्न प्रचारप्रसारमा समेत जोड दिईएको छ ।

मन्त्रालयका पर्यटन शाखाका शाखा अधिकृत अञ्जु चौधरीका अनुसार राष्ट्रिय पहिचान बोकेका कर्णालीका २० पर्यटकीय क्षेत्रसँगै कर्णाली प्रदेश सरकारले पहिचान गरेका १०१ पर्यटकीय क्षेत्रलाई प्रर्बदन तथा आर्थिक विकासका लागि भ्रमण वर्ष कोशेढुंगा सावित कर्णाली सरकारको विश्वास छ । 

शाखा अधिकृत चौधरीका अनुसार कर्णालीमा आउने पर्यटकको सेवासुविधामा छुट दिने सवालमा उद्योगी, व्यापारी र होटल व्यवसायीसँग पनि छलफल भईसकेको छ । राराताल, सेफोक्सुण्डो ताल, पचाल झरना, कैलाश मानसरोवर पुग्ने पर्यटकको सुरक्षा, सडक सहजतामा सरकारले आवश्यक प्रर्बन्ध मिलाएको उनले बताईन् ।

भ्रमण वर्ष सफल पार्नका लागि प्रदेश सरकारले पर्यटनमन्त्रीको संयोजकत्वमा गठन गरेका प्रादेशिक पर्यटन प्रवद्र्धन समितिअन्तर्गत, प्रचारप्रसार विभाग, होटल ट्राभल तथा ट्रेकिङ विभाग, मानव संशाधन तथा व्यवस्थापन आर्थिक, पर्यटन उत्पादन तथा सांस्कृतिक विभाग र सचिवालय लगायतका विभिन्न समिति तथा विभागले जिम्मेवारी अनुसारका कामलाई पुर्णता दिएका छन् ।

 

OOO



प्रकाशित: २०७६ पौष १३
December 29th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्