नेपाली समय: ०१:३१:३७ बिहान
वि.सं २०७७ आश्विन १२   सोमवार

सुत्केरी उद्दारका नाममा राज्यकोषको दोहन

निर्माण सञ्चार, १४ पुस, जुम्ला । डोल्पा जगदुल्ला गाउँपालिका १ हुराकोटकी २८ वर्षिया जमानदेवि रोकायालाई गएको कार्तिक ३० गते सुत्केरी बेथाले च्याप्यो । जगदुल्ला गाउँपालिकामा रहेको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मि तथा उपकरणको अभावमा उनलाई सिधै सुर्खेत रेफर गरियो ।

जहाँ डोल्पाबाट सुर्खेत पुग्न द्धण् देखि ५० मिनेट लाग्छ । 

प्रसुती ब्याथाले थलिएकी रोकायालाई करिब ५ लाख तिरेर नेपाली सेनाको हेलिकप्टर बोलाएर सुर्खेत लगियो । उदार गरि सुर्खेत क्षेत्रिय अस्पताल लगिएपनि ढिला भएका कारण कार्तिक ३० गते जमानदेवि रोकायाको मृत्यु भयो ।

क्षेत्रिय अस्पताल सुर्खेतका डाक्टरले पनि सुर्खेत ल्याउनु भन्दा पनि डोल्पाबाट सिधै जुम्ला प्रतिष्ठान लिएको भए बाच्न सक्ने बताएका थिए ।

यता उनका श्रीमान बृदि रोकायाका अनुसार पनि सुर्खेत भन्दा जुम्ला लिएको भए श्रीमती बाच्थीहोला । तर नत राज्यको पैसा रह्यो नत ज्यान बच्यो । अब डोल्पाबाट जहिले जुम्लामै ल्याउनु चेतना आएको बताए ।

रोकाया मृत्युको मुख्य कारण भनेकै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रेफर नर्गनु हो । जबकी डोल्पाबाट जुम्ला १५ देखि २५ मिनेटमा जुम्ला पुगिन्छ । भने खर्च पनि कम लाग्छ । बिरामीको ज्यान बच्ने सम्भावना पनि बढि हुन्छ । तर पनि जुम्लामा बिरामी नलिएर महंगो खर्च गर्छन् । 

साथै शे-फोक्सन्डो गाउँपालिका ८ रिग्मो गाउँकी २१ वर्षीया छिरिङपुटी लामालाई गत कार्तिकमा जुम्ला लिनुको सटा् नेपाली सेनाको हेलिकप्टेरमार्फत सिधै काठमान्डौ लगियो । धौधौ गरि उनको ज्यान बचाउन त बचाईयो ।

तर पनि राज्यकोष लाखौ रकम फजुल खर्च भएको कर्णालीबासिको गुनासो छ । साथै खत्याड गाउँपालिका ६ का २२ वर्षीया प्रिन्सा मल्ललाई पुष १० गते एक्कासी सुत्केरी ब्याथा लाग्यो । 

लामो समयसम्म प्रसुति व्यथाले च्यापेपछि जिल्लामा सुत्केरी हुन सकिनन् । उनको पेटमा दुई बच्चा भएका कारण अप्रेसन गर्नु पर्ने भयो, तर मुगुमन शल्यक्रिया हुन नसक्दा उनलाई पनि राज्यकै महंगो खर्चमा जुम्ला लिनुको सटा् सुर्खेत पुराईयो ।

त्यतिबेला पनि सुत्केरीको ज्यानको सुरक्षाका लागि सुर्खेत ल्याउनु भन्दा जुम्लामै लिनु राम्रो हुन्छ नभनेका पनि हैनन् । तर पनि राज्यकोषको दोहन गर्न सरकारी पक्षबाटै कम भएन । त्यस्तै शे(फोक्सण्डो गाउँपालिकाकी ८ कि टसीमिन्डीत रोकायालाई मंसिर ५ गते सुत्केरी हुन नसक्दा सुर्खेतमै पठाईयो । 

यी त प्रतिनिधि घटना मात्रै हुन, साविक कर्णाली तथा जुम्लाको पहुँचमा रहेका छोटो समयमा जुम्ला पुग्न सक्ने अछाम,सल्यान जाजरकोटबाट पनि काठ्मान्डौ सुर्खेत पुराउँछन् जसका कारण हाल सम्म राज्यकोषको करोडौ बजेट स्वाहा भईसकेको छ । भने कतिल व्यत्तिगत जहाज चार्टर गरेर महंगो खर्च गरेर जुम्ला अस्पताल नलिई बाहिर लिएका घटना छन् ।

कर्णालीकै मेडिकल हब मानिने कर्णाली प्रतिष्ठान राज्यकै नजरमा छैन् ।

कर्णाली अस्तपालमा उपचार गरौँ

दुरी टाढा भएका कतिको ज्यान समेत गईसकेको छ ।

कम खर्चमा उपचार पनि हुने, ज्यान पनि बच्ने छिटो पनि पुगिने कर्णाली अस्पताल छोडेर सरकारको महंगो खर्च गरि सुर्खेत नेपालगन्ज र काठमान्डौ पुराई सुत्केरी उदारका नाममा राज्यको लाखौ बजेट दोहन भैईरहेको जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले बताए । 

उनले भने ३ सय शैयाको अस्पताल कर्णालीमा हुदा हुँदै, सबै खाले जटिल प्रकारका शल्यक्रिया देखि उपचार हुदा समेत सरकारको नजर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नपर्नु दुखद पक्ष भएको उनको भनाई छ ।

मुगुकी प्रिन्सा मल्ललाइ पुष १० गते हेलिकप्टरबाट सुर्खेत पठाइँदै  
अब कर्णालीका सबै जिल्लाले कर्णाली अस्तालमै रेफर गरि सरकार तथा व्यत्तिको खर्च कम र ज्यान जोगाउन तर्फ ध्यान दिन उनको सुझाब छ । यता प्रतिष्ठानका रजिष्ठान विश्वराज काफ्लेका अनुसार हाल जुमलामा करिब ४० भन्दा बढि विशषज्ञ डाक्टर छन् । 

कर्णालीका १० जिल्लामा प्रतिष्ठानका विशषज्ञ डाक्टर पुगेर सेवा समेत दिईरहेका छन् । सबैखाले उपचार भैईरहेको छ । विपन्न परिवारलाई निशुल्क उपचार समेत गरेका छौ ।

तर नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत नेपालगन्ज काठमान्डौ पुराएर राज्यको अनाआब्शयक खर्च संगै सामान्य परिवारले खेप्ने महंगीले अकालमै ज्यान गुमाउनु पर्छ । 
उनले थपे, यो विषयमा सरकार देखि सरोकारवाला पनि गम्भीर हुनुपर्छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा चलेको प्रतिष्ठानको सातौँ सिनेट बैठकमा कर्णालीका सबै जिल्लाबाट जुम्ला अस्पतालमा बिरामीको पहुँच बिस्तार गर्नेबारे छलफल गरिने समेत रजिष्टार काफ्लले उल्लेख गरे ।

 

०००
 



प्रकाशित: २०७६ पौष १४
December 30th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्