नेपाली समय: ०६:०६:४६ बेलुका
वि.सं २०७६ फाल्गुण १०   शनिवार

जुम्ला सरकारी निकाय निदायोः सुर्खेतमा राउटेहरुले गरे ‘पर्यटन वर्ष २०२० को स्वागत'

निर्माण सञ्चार, १६ पुस, कर्णाली प्रदेश । कर्णाली प्रदेशको पर्यटकीय शहरका रुपमा व्याख्या गरिएको जुम्लामा भने भ्रमण वर्षको अबसरमा कुनै कार्यक्रम हुन् सकेन् । हर्ष उल्लासका साथ देशभरसँगै कर्णालीका सबै जिल्लामा भ्रमण वर्ष शुभारम्भका विभिन्न कार्यक्रमहरु भइरहँदा जुम्लामा भने, कुनै कार्यक्रम भएन ।

सधै पर्यटन पर्यटन भनेर खोक्रा भाषण गर्ने सरोकारवाला, पर्यटनका नाममा वर्षेनी बजेट बालुवामा पानी गर्ने जनप्रतिनिधि, पर्यटक विकास केन्द्र लगायत सबै निकाय सुतेको जस्तो भएको नागरिक समाजका अध्यक्ष राज बहादुर महते बताए ।

उनले भने, जुम्लामा भ्रमण वर्षको कुनै रौनकता नदेखिनुको कारण के हो ? 

समन्वय सहकार्य नगर्नुको पछि के छ ? सरकारले निकै महोत्वका साथ भ्रमण वर्ष शुरु गर्दा जुम्ला जस्तो पर्यटकिय सम्भावना भएको ठाउँमा कुनै कार्यक्रम नहुनु दुखद पक्ष भएको महतले उल्लेख गरे । 

के कति कारणले भ्रमणवर्ष शुभारम्भको कार्यक्रम हुन नसकेको हो, सम्बन्धित सबै निकायमा यर्थात धारण मागिने तयारी भईरहेको नेपाल पत्रकार महासंघका अध्यक्ष बरम महतले बताए । 

जुम्लामा भ्रमण वर्ष शुभारम्भ नभएको विषयमा पत्रकार नागरिक समाज लगायत युवाहरुले सामाजिक संजालम आलोचना गरेपछि कुरा बाहिएको हो । यता होटल व्यवसायी नुर्वु तामाङले जिल्लामा औपचारिक कार्यक्रम नभएपछि आफुले एक्लै होटलको तर्फबाट कार्यक्रम राखेको बताए । 

जुम्लामा भ्रमण वर्ष उद्घाटनमा देखिएको गैरजिम्मेवारीपनले पर्यटन तथा होटल व्यवसायीहरुमा निरासा छाएको समेत उनको दुखेसो छ । धार्मिक, प्राकृतिक तथा ऐतिहासिक पर्यटन क्षेत्र जुम्लामा भ्रमण वर्षको शुभारम्भमा कुनै कार्यक्रम नहुँदा सबै अचम्मीत भएका छन् । 

कर्णालीमा पर्यटकलाई छुटैछुट

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कर्णालीमा पर्यटकलाई २० प्रतिशत छुट दिईने भएको छ । एक लाख विदेशी पर्यटकलाई कर्णालीमा भित्राउने, भ्रमण वर्षलाई सफल बनाउने लक्ष्यका साथ कर्णालीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई २० प्रतिशत छुट दिईने छ ।

कर्णालीका ७९ वटै स्थानीयतहले भ्रमण वर्ष लक्षित गाउँठाउँमा देखि होटलमा आउने पर्यटकलाई विशेष छुट दिने छन् । 

विशेष गरी कर्णाली प्रदेशको राजधानी सुर्खेत तथा पर्यटकिय शहर जुम्ला, मुगु, लगायत १० वटै जिल्लाका होटल तथा पर्यटन व्यवसायीले पर्यटकलाई २० प्रतिशत छुट दिन होटल व्यवसायी संघका अध्यक्ष गोरख रावतले बताए ।

उनका अनुसार पर्यटकलाई विशेषगरी खाना र बस्नमा छुट दिईने छ ।  कर्णाली भरीका होटल व्यवसायीले आन्तरिक तथा बाह्य पर्यटकलाई १० प्रतिशत खाना र आवासमा १० प्रतिशत गरी जम्मा २० प्रतिशत छुट गर्ने निर्णय गरेको होटल व्यवसायी संघ सुुर्खेतले जनाएको छ ।  

संघका अध्यक्ष गोरख रावतले भने, छुट दिनुको मुख्य कारण भनेको कर्णालीमा पर्यटकहरुलाई आकर्षित गर्नु हो, यसमा कैसले पनि नाफामुखी नबन समेत उनको सुझाब छ । भ्रमण वर्षकै अबसमा पर्यटकलाई छुट दिने क्रममा कर्णालीमा आउने पर्यटकले राफ्टिङमा पनि छुट पाउने भएका छन् । राफ्टिङ एण्ड एडभेन्चर प्रालि पञ्चपुरी सुुर्खेतले ५० प्रतिशत छुट दिने जनाएको छ । 

प्रालिका निर्देशक देवराज जैसीले कम्पनीले भ्रमण  २०२० अवधिभर ५० प्रतिशत छुट दिने बताए । उनका अनुसार भेरी नदीको जामुु पुलदेखि भेरी कर्णाली दोभान हुुँदै कुहिने पुलसम्म १५ किलोमिटर राफ्टिङ गर्दा पर्यटकलाई ५० प्रतिशत छुट सहित घुमाईने छ ।

पहिला प्रतिव्यक्ति २ हजार लिदै आएकोमा अब सिधै एक हजारमा पर्यटक घुमाउने निर्देशक जैसीले उल्लेख गरे । 

यता, जुम्लाका होटल तथा पर्यटन व्यवसायी नुर्बु तामाङ तथा पदम महतले कर्णालीमा आउने पर्यटकलाई छुट दिने निर्णय अक्षरस पालाना गर्ने प्रतिबद्धता गरेका छन् । व्यवसायी नुर्वु तामाङले एक मात्र विदेशी पर्यटक आउने होटल कान्जिरोवा रहेको भन्दै छुट संगै अर्गानिक स्वादमा पर्यटक आकर्षण गर्ने योजना बनाएको उल्लेख गरे । 

बुलबुलेबाट भ्रमण वर्ष शुभारम्भ

कर्णाली प्रदेशमा पर्यटकीय स्थल बुलबुलेबाट भ्रमण वर्षको शुुभारम्भ भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेश पर्यटन प्रवद्र्धन समिति र वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा भ्रमण वर्ष उद्घान कार्यक्रमको आयोजना गरिएको थियो ।

सुर्खेतमा गरिएको भ्रमण वर्ष शुभारम्भ कार्यक्रममा कर्णालीका १० जिल्लाबाटै अर्थपुर्ण सहभागीता रहेको छ । १० वटै जिल्लाको सांस्कृतिक परम्परा झल्कीने खालको समेत झाक्री प्रर्दशन गरिएको छ । 

जसमा जुम्लाबाट देउडा प्रस्तुत गरिएको थियो । १० वटै जिल्लाका टोलीले व्यानर सहित सुर्खेतमा रयाली गरी बुलेबुले उधानमा झाँक्री प्रर्दशन गरिएको पर्यटन महान्त्रालयका शाख अधिाकृत अञ्जु चौधरीले बताईन् ।

उनका अनुसार १० जिल्लाकै फरक नमुना प्रस्तुतीले गर्दा कर्णालीमा एक लाख विदेशी पर्यटकको लक्ष्य हासिल गर्न सकिने समेत संकेत देखिएको उनको भनाई छ । 

मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले कर्णालीको समृद्धी पर्यटकबाटै सम्भव भ्रमण वर्ष सफल पार्न लागि पर्ने प्रतिबद्धता गरे । भ्रमण वर्ष शुभारभ्म कार्यक्रममा प्रस्तुत १० जिल्लाको झाँक्रीले कर्णालीका घरघरमा कलाकार र कलाकारिता रहेको पृष्टी गरेको कर्णालीका सरकारको विश्वास छ ।

समग्र कर्णाली प्रदेशको सुर्खेत बुलबुले संगै कर्णालीका सबै जिल्ला सदरमुकाममा विशेश कार्यक्रम भएका छन् ।

भने लोपउन्मुख सिमान्तकृत वर्ग मानिने (राउटेहरुले) पनि भ्रमण वर्ष सफलताक लागि साथ दिने भएका छन् । बुधबार राउटेहरुले पर्यटन वर्ष सफल पारौ भन्ने ब्यानर सहित सुर्खेतमा रयाली समेत लिएका थिए ।

फोटो क्याप्सन: सुर्खेतमा भ्रमणवर्ष उद्घाटन र जुम्लामा सुनसान

 

 

OOO



प्रकाशित: २०७६ पौष १६
January 1st 2020

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्