नेपाली समय: ०२:२५:२५ बिहान
वि.सं २०७७ आश्विन १२   सोमवार

कर्णालीमा वर्षासँगै हिमपात, हवाई सेवा बन्द

निर्माण सञ्चार ,षौष १८,काठमाडौँ । कर्णाली प्रदेशमा वर्षासँगै र्पून भारी हिमपात भएको छ । हिमाली जिल्लामा भारी हिमपात भएको छ भने पहाडी जिल्लाका उच्च भागमा हिमपात र बेँसीमा वर्षा भएको छ । 

 बुधबारदेखि चिसो बढ्दै गएपछि बिहीबार बुेलुकाबाट हिमपात भएको हो । हिमपातले हिमाली जनजीवन निकै कष्टकर बन्दै गएको छ । 

 सुर्खेत उपत्यकामा बिहीबार बेलुकाबाट अविरल वर्षा र यहाँको रानीमत्ता लेकमा हिमपात भइरहेको छ ।  लगातार वर्षात हुदाँ दुईदिन देखि नेपालगन्ज विमानस्थल बन्द हुँदा घर जान नपाएको नेपालगन्जबाट जुम्लाका नेत्रराज गिरीले बताए । 

उनका अनुसार जुम्लमा र्पून हिमपात शुरु भएकोले हवाई अबरुद्ध भएका कारण घरजाने अनिश्चित रहेको छ । यता दैलेखको गुराँसेमा करिब एक फिट हिउँ परिसकेकाले कर्णाली राजमार्ग अबरुद्ध हुने सम्भावना रहेको दैलेखका गोविन्द केसीले बताए ।

हिमाली विद्यालय क्षेत्र हिमपातले ढाकिए पनि बिदा भएकाले शैक्षिक क्षेत्र प्रभावित भएको छैन । हिपातका कारण सेवा ग्राही नआएकाले कार्यालयकै आन्तरिक मात्र कामकाज भईरहको तिला गाउँपालिकाका कर्मचारी दिपेन्द्र हमालले बताए ।  

हिमाली जिल्लाको उच्च भागमा करिब पाँच फिट हिमपात भएको जुम्ला बस्दै आएका मुगुका निवासी नोर्बु लामाले जानकारी दिए । 

बाहिर हिउँसँगै पानी परिरहेको छ । बाहिर आउने अवस्था छैन, लामाले भने बर्सेनि यो समयमा जाडो र हिमपात भइरहँदा बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई समस्या हुने गर्दछ । चिसो अत्षधिक बढेका कारण चिकित्सकहरुले बृद्धबृद्धा तथा बालबालिका तथा दम रोगका विरामीलाई सुरक्षित रहन आग्रह गरेका छन् । 

हिमपातको समयमा गरिब घरपरिवार, ज्येष्ठ नगारिक, सुत्केरी महिला तथा बालबालिकालाई चिसोले बढी प्रभावित पार्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डा अर्जुनप्रसाद तिवारीले जानकारी दिए । 

यो समयमा भाइरल रुघाखोकी, निमोनिया, दमको रोगको समस्या हुने भन्दै डा तिवारीले तातोपानी खान, न्यानोमा बस्न, औषधि लिनेले नियमित सेवन गरिराख्न, झोलिलो तातोतातो चीज खान सबैलाई आग्रह गरेका छन् । 

कर्णालीका हुम्ला, डोल्पा, मुगु, कालीकोट र जाजरकोट जिल्लावासीको दैनिकी बढी कष्टकर बनेको पाइएको छ । जुम्ला, मुगु र जाजरकोटबाट छुट्ने लामा तथा छोटो दूरीका गाडी बन्द भएका छन । हवाई उडान बन्द भएको नागरिक उड्डयन कार्यालय जुम्लाले जनाएको छ । मूलतः हिमपात र वर्षाले कृषक लाभान्वित हुने कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । 

जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले अति आबश्यक काम बोहक जोखिममा बाहिर  ननिस्कन  सुझाब दिएकी छन् । हिमपात हुन सक्ने जनधनको क्षतिलाई काम गर्न राहत तथा उद्दारलाई प्रभावकारी बनाउन सूचना प्रवाह गर्न समेत प्रजिअ बञ्जाडले आग्रह गरेका छन् । 

हावापानी फिल्ड कार्यालयका अनुसार हाल जूम्लाको न्युनतम तापक्रम माईनश २ दशमलक ६ डिग्री सेल्सीयस रहेको छ भने कर्णालीमा करिब तीन दिन सम्म हिपात हुने सम्भावना रहेको छ  ।  
 
 



प्रकाशित: २०७६ पौष १८
January 3rd 2020

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्