नेपाली समय: ०६:२९:०३ बेलुका
वि.सं २०७६ फाल्गुण १०   शनिवार

कर्णाली सरकारले १० वर्ष गुरुयोजनामा १५ लाख पर्यटक भित्राउने लक्ष्य, छान्यो ४० पर्यटकिय गन्तव्य

निर्माण सञ्चार, पुस २०, जुम्ला । भम्रण वर्ष २०२० शुरु भएसंगै कर्णाली सरकारले आफनो पर्यटन गुरुयोजना सार्वजानिक गरेको छ । 

भ्रमण वर्ष शुरु भएकै दिन जनवरी १ देखिनै व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याएको कर्णाली पर्यटन गुरु योजना अनुसार १० वर्षमा १५ लाख पर्यटक कर्णालीमा भित्रयाउने लक्ष्य राखेको छ । भ्रमण वर्ष २०२०मा एक लाख विदेशी पर्यटक मात्र भित्राउने लक्ष्य भएतापनि गुरुयोजनामा १० वर्षे लक्ष्य छ ।

नेपाल भ्रमण वर्ष २०२० का लागि कर्णाली प्रदेश सरकारले बाह्य पर्यटकका लागि २० र आन्तरिक पर्यटकका लागि २० गरेर जम्मा ४० वटा पर्यटकीय गन्तव्य छनोट गरेको छ ।छनोट भएका गन्तव्यमा हुम्लाको लिमी उपत्यका र खार्पुनाथ, सिमिकोट, मुगुको राराताल र छाँयानाथ, जुम्लाको चन्दननाथ, गुठिचौर, पातारासी र सिँजा उपत्यका, कालिकोटको पचालझरना, चुलीमालिका, कोटदरबार पिली र मान्म बजार परेका छन् ।

अगामी सन् २०२९ सम्म कर्णालीमा भ्रमण गर्ने १५ लाख पर्यटक मध्ये चार लाख विदेशी पर्यटकहरुले कर्णालीको भ्रमण गर्नेछन् भने बाँकी ११ लाख आन्तरिक पर्यटकहरु कर्णालीमा आउने छन् । 

कर्णाली परेकालाई पर्यटन गुरुयोजनाको कार्यान्वयनमा भ्रमण वर्षले टेवा पुराउने समेत विश्वास लिईएको छ ।
अहिले कर्णालीमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा हरेक वर्ष ३९ दशमलव ५ प्रतिशतका दरले वृद्धि भएर आगामी १० वर्ष भित्र कर्णालीमा १५ लाख पर्यटक भित्रिने गुरुयोजनामा उल्लेख छ । 

कर्णाली पर्यटन गुरु योजनाले पर्यटकहरुलाई आकर्षित गर्न नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भदेखि नै कर्णालीको प्राकृतिक र जैविक विविधतामा आधारित आयोजनाहरु, तीर्थास्थल, अध्यात्म र ध्यानसम्बन्धी आयोजनाहरु सञ्चालन गर्ने उल्लेख गरेको छ । 

भने,कर्णालीका प्राकृतिक,ऐतिहासिक, धार्मिक तथा सास्कृतिक हरुलाई पर्यटन संग जोडेर आर्थिक लाभ लिने योजना रहेको पर्यटन मन्त्री नन्दसिंह बुढाले बताए । 

उनका अनुसारका कर्णालीमा भ्रमण वर्ष संगै अबको १० वर्ष सम्म विभिन्न मेला,महोत्सव, रयांटिङ, व्यवसायीक प्याराग्याईडिङ उडान, कर्णालीको रितिरिवाज, एतिहास, संस्कृतिबारे छलफल समेत चलाईने छ । जसले गर्दा अध्यायन अवलोकन गर्ने निउमा पनि कर्णालीमा पर्यटकको ओईरो लाग्ने मन्त्री बुढाको दाबी छ ।

प्रदेश समृिद्धको पहिलो आधारका रुपमा पर्यटन क्षेत्रलाई मानेको कर्णाली प्रदेश सरकारले यसका लागि मूर्मा मोडल इको भिलेज, काँक्रेविहार प्राणी उद्यान, छार्का–धो–सालदाङ–भिजेर–कामाराङ हिउँ चितुवा एक्सपेडिसन, भण्डारवन प्राकृतिक पदमार्ग/प्राकृतिक प्राणी उद्यान, रैथाने वन प्रजाति, वनस्पति र जडिबुटीको संरक्षण र प्रर्वद्वन, राकम पर्यापर्यटन तथा मत्य विकास, सुर्खेत–गोठीकाँडा–सिद्धपाइला केवलकार सञ्चालन जस्ता आयोजनाबाट आन्तरिक तथा बाह्य पर्यटकलाई कर्णालीमा भित्र्याउने लक्ष्य पर्यटन गुरु योजनामामार्फत् अघि सारिएको छ । 

त्यस्तै, काक्रेविहार आध्यात्म तथा ध्यान केन्द्र, आम्ची परम्परागत हिलिङ केन्द्र, सालदाङ, अन्तरराष्ट्रिय बौद्ध तालिम केन्द्र, यलवाङ, हुम्ला, सिमकोट–खार्पुनाथ तर्थाटन हव, रारा–छायाँनाथ तीर्थाटन र योगा केन्द्र, बौद्ध बोन अन्तरराष्ट्रिय रिट्रिट केन्द्र निर्माण गरेर पर्यटकको संख्यामा वृद्धि गरिने छ ।  

कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयोजनमा तयार पारिएको गुरु योजनामा संस्कृति, कला र इतिहाससम्बन्धी ६ वटा, साहसिक तथा मनोरञ्जनात्मक इन्भेन्टसम्बन्धी ११ वटा र माइस तथा व्यापारसम्बन्धी तीनवटा आयोजनाहरु सञ्चालन गरेर पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले जानकारी दिए ।
 उनका अनुसार गुरु योजनाको लक्ष्य प्राप्तिका गर्न उत्पादन केन्द्रित बजारीकरण, सार्वजनिक–निजी–सहकारी साझेदारी, सरोकारवालाहरुसँग समन्वय र सहकार्य, वातावरणमैत्री पर्यटन पूर्वाधार, स्थानीय र रैथाने कृषि उत्पादनलाई प्राथमिकता दिने रणनीति अपनाईएको छ । 

भने विशेषगरी खषभाषाको उत्पती भएको सिंजा उपत्यकाको प्रचार प्रशारमा विशेष जोड दिईने छ । 

भ्रमण वर्ष २०२० कर्णालीका ४० पर्यटकीय गन्तव्य 

नेपाल भ्रमण वर्ष २०२० का लागि कर्णाली प्रदेश सरकारले बाह्य पर्यटकका लागि २० र आन्तरिक पर्यटकका लागि २० गरेर जम्मा ४० वटा पर्यटकीय गन्तव्य छनोट गरेको छ ।

छनोट भएका गन्तव्यमा हुम्लाको लिमी उपत्यका र खार्पुनाथ, सिमिकोट, मुगुको राराताल र छाँयानाथ, जुम्लाको चन्दननाथ, गुठिचौर, पातारासी र सिँजा उपत्यका, कालिकोटको पचालझरना, चुलीमालिका, कोटदरबार पिली र मान्म बजार परेका छन् ।

त्यस्तै, कर्णाली प्रदेश सरकारले दैलेखको राकम कर्णाली र पञ्चकोशी सर्किट, सुर्खेतको काँक्रेबिहार, बुलबुले ताल र पञ्चपुरी सर्किट, सल्यानको कुपिण्डे दह र छायाँनाथ तथा खैरावाङ मन्दिर, रुकुम पश्चिमको सिस्ने हिमाल र स्यार्पुताल मुसीकोट दरबार र डिग्रेमाई मन्दिर, जाजरकोटको भेरी मन्दिर, डोल्पाको माथिल्लो डोल्पा, से फोक्सुण्डो ताल र त्रिपुरासुन्दरी मन्दिर पर्यटकीय गन्तव्यको सूचीमा सूचिकृत गरेको छ । 

भ्रमण वर्ष २०२० भरी आन्तरिक तथा बाह्य पर्यटकले यी ४० गन्तव्यमा भ्रमण गर्ने छन् । तर १० वर्ष लक्ष्य प्राप्तीका लागि भ्रमण वर्षकै क्रममा अन्य पर्यटकिय स्थलको खोजी गरिने भएको छ । प्रत्यक वर्ष नयाँ गन्तव्य सार्वजानिक समेत गरिने छ ।

कसरी पर्यटकलाई अड्याउने  

पूर्वाधार अभावले कर्णालीको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटक कर्णालीमा दुई दिन बिताउन पनि गाह्रो मान्छन् । कसरी पर्यटकलाई बढि दिन अड्याउन सकिन्छ, खर्चालु पर्यटकलाई कसरी वातावरण बनाउन सकिन्छ भनेर गुरुयोजानले स्पष्ट पारेको छ। 

गुरु योजनामार्फत् बाह्य पर्यटकको बसाइँ कम्तीमा पनि २१ दिनसम्म लम्ब्याउने महत्वकांक्षी लक्ष्य राखेको पर्यटन मन्त्रालयले जनाएको छ ।

अहिले आएका बाह्य पर्यटक ९भारतीय बाहेक० को बसाइँ अवधि १९ दिन रहेको दावी गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २ दिन थपेर २१ दिन पुर्याउने जनाएको छ । प्रत्येक पर्यटकले प्रति दिन १ सय २० डलर खर्च गर्ने अनुमान गरेको गुरु योजनाले यसबाट कर्णाली समृद्धिको आधार तयार हुने दाबी गरेको छ । 
‘आगामी १० वर्षमा पर्यटन क्षेत्रमा दक्ष मानव संशाधनको संख्या २० हजार पुग्ने छ ।’ कर्णाली पर्यटन गुरु योजना भन्छ, ‘यस अवधीमा तीन हजार पर्यटन उद्यमी, एक सय ५० वटा सुविधा सम्पन्न होटल तथा रिसोर्ट खुल्ने छन् । 

पर्यटन क्षेत्रमा बढ्ने होटल व्यवसायबाट यो अवधिमा एक लाख ५० हजार रोजगारी थप हुने लक्ष्य उक्त गुरु योजनामा उल्लेख गरिएको छ । जसले प्रदेशको कुल ग्राहस्थ उत्पादनमा १० प्रतिशत पर्यटनबाट योगदान हुने रणनीतिक लक्ष्य राखेको । 

अन्तरदेशीय पर्यटन समिति

कर्णालीमा आउने पर्यटकहरुको संख्यामा वृद्धि गर्न प्रदेश सरकारले संस्थागत संरचनाअन्तर्गत अन्तरदेशीय पर्यटन समन्वय समिति समेत गठन गर्ने भएको छ । आजदेखि व्यवहारिक कार्यान्वयनमा आएको कर्णाली पर्यटन गुरु योजनाले कर्णाली–चीन (तिब्बत) अन्तरदेशीय पर्यटन समन्वय समिति गठन गर्ने उल्लेख गरेको छ ।
मुख्यमन्त्रीको अध्यक्षतामा कर्णाली प्रदेश पर्यटन समन्वय परिषद्, पर्यटन मन्त्रालयका सचिवको अध्यक्षतामा कर्णाली प्रदेश पर्यटन बोर्ड, पर्यटन मन्त्रालयमा पर्यटन तथा संस्कृति महाशाख स्थापना, भेरी–कर्णाली रिभर करिडोरमा पर्यटन कार्यालयको स्थापना, निजी–सार्वजनिक–साझेदारी मोडलमा पर्यटन सूचना तथा कोसेली केन्द्रलगायत सार्वजनिक संरचनाको स्थापना गर्ने लक्ष्य प्रदेश सरकारले राखेको छ । 
यसका साथै कर्णाली पर्यटन व्यवसायी संघ÷संगठन, पर्यटन उद्योग व्यवसायी संघरसंगठन, सास्कृतिक सम्पदा टुर गाईड संघ, निजी–सार्वजनिक–सम्झौता मोडलमा पर्यटन सूचना तथा कोसेली केन्द्र स्थापना जस्ता निजी संरचनाको समेत स्थापना गर्ने योजना अघि सारिएको छ ।

कर्णालीमा पर्यटन गुरुयोजनाकाे लागि पाँच अर्ब बजेट आवश्यक

पर्यटनसम्बन्धी १० वर्षे कर्णाली पर्यटन गुरुयोजनाको कार्यान्वयन गर्न पाँच अर्ब बजेट आवश्यक पर्नेछ । भ्रमण वर्षको शुभारम्भमै करिब २४ लाख खर्च गरेको कर्णाली सरकारले १० वर्षे गुरुयोजना कार्यान्वयनका लागि ५ अर्ब बजेट आबश्यक पर्ने उल्लेख गरेको छ ।

गुरु योजनाले अघि सारेका पर्यटकीय उत्पादन विकास र स्तरोन्नतिका लागि १० प्रतिशत, पर्यटन पूर्वाधार विकास ३५ प्रतिशत, गन्तव्य प्रर्बदन र बजारीकरणमा १० प्रतिशत, नीति तथा संस्थागत संरचनामा १० प्रतिशत रकम खर्च हुने अनुमान गरिएको छ । 

यसैगरी मानव संशाधन विकासमा ५ प्रतिशत, स्थानीय समुदायको सहभागिता र स्थानीय अर्थतन्त्रमा पर्यटनको फाइदा अभिवृद्धिमा १० प्रतिशत, सांस्कृतिक तथा प्राकृतिक सम्पदा तथा जैविक विविधता संरक्षणमा १० प्रतिशत बजेट खर्च गरिने प्रस्ताव गुरु योजनाले अघि सारेको छ ।

पर्यटक आर्कषण हुन क्षेत्रको विकास र पुर्वाधार निर्माणमा बढि बजेट खर्चिने सरकारको योजना छ । कर्णालीको पर्यटन गुरु योजनाले २०२० मा मात्र नभई सन् २०२९ सम्म कर्णाली भ्रमणकम आउने पर्यटकलाई विभिन्न छुट दिने नीति ल्याएको छ । 

भ्रमण वर्ष शुरु भएसंगै कर्णालीमा पर्यटकको चहल पहल बढेको छ । 
जुम्लाको कान्जिरोवा होटलमा बिदेशी पर्यटको संख्यामा बृदि हुदै गएको पर्यटन व्यवसायी नुर्वु तामाङले बताए । उनले भने, सरकारले गुरुयोजना सार्वजानिक गर्नु राम्रो हो । 

तर लक्ष्य अनुसारका पर्यटक भित्राउन सडक,बत्ति, संचार र बाँस व्यवस्थापनमा पहिलो प्रथामिकता दिन सुझाब दिए ।

 

०००



प्रकाशित: २०७६ पौष २०
January 5th 2020

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्