नेपाली समय: ०२:१८:५५ बिहान
वि.सं २०७७ आश्विन १२   सोमवार

भ्रमण वर्षको सुरुआतमै सुर्खेत विमानस्थल अवरुद्ध हुने खतरा !

निर्माण सञ्चाार,पुस २१, जुम्ला । कर्णालीको पर्यटन प्रर्बद्धनका लागि मुख्य केन्द्र विन्दुका रुपमा सुर्खेत बिमानस्थल लिइन्छ । सुर्खेतबाटै डोल्पा, हुम्ला, मुगु जुम्ला लगायतका जिल्लामा पर्यटकहरुको सहज आवागमनका लागि हवाइसेवा लाई नियमित गर्ने सरकारको लक्ष्य थियो । 

सोहि अनुसार भ्रमण वर्ष २०२० लाई लक्षित गरी घाटा व्यहोरेर भएपनि कर्णालीमा नियमित उडान गर्ने भनिएता पनि आन्तरिक समस्या देखिएको छ । एकातर्फ कर्णालीमा नियमित उडान गर्ने, एक लाख विदेशी पर्यटक भित्राउने लक्ष्य राखिएको छ । भने, अर्काेतर्फ हालै सुर्खेत बिमानस्थल अबरुद्ध हुने खतरा देखिएको छ । कर्णाली प्रदेशको ठूलो सुर्खेत विमानस्थल अवरुद्ध हुने खतरा बढदै गइरहेको पाइएको छ । 

सुर्खेतमा हाल बुद्ध एयरले मात्रै उडान संचालनमा आइरहेको छ । दैनिक पर्यटकहरुले सजह यात्रा गर्न पाएका छैनन् । नियमित उडान गर्ने पहल भैईरहेपनि विमानस्थल भित्र पर्ने सडकको ९ किलोमिटर जग्गा तत्तकाल खाली गर्न सडक डिभिजनले पत्र पठाएपछि सुर्खेत विमानस्थल अबरुद्ध हुने खतरा देखिएको सुर्खेत नागरिक उड्डयन प्राधिकरणका प्रवन्धक उमेश कुमार पन्थीले बताए । 

उनका अनुसार बारम्बार विमानस्थथलमा पर्ने सडकको ९ मिटर जग्गा खाली गर्न भन्दै पत्र पठाउने गरेका कारण नियमित उडान अबरुद्ध हुन सक्ने खतरा रहेको हो । 

धेरै पटक पत्र आईसक्यो, प्रबन्धक पन्थीले भने, तत्तकाल जग्गा खाली गर्नु परेको अवस्थामा विमानस्थलको रनवे सानो हुने हुँदा विमान अवतरण नहुने खतरा बढेको हो । ‘हामीलाई सडक डिभिजन कार्यालयले आफ्नो जग्गा खाली गर्न पत्र पठाइरहेको छ । यदि उक्त जग्गा खाली गरेको खण्डमा विमान बस्नसक्ने अवस्था छैन । 

उनले भने, ‘ठूला जहाज ल्याउँदा विमानस्थल वरिपरि हाल बनाइएका संरचनाले पनि समस्या पार्ने देखिएको छ । यसका लागि सम्वन्धित पक्षको ध्यान जान जरुरी छ । 

उनले सुर्खेतमा तीन महिना भित्रै एटीआर ७२ उडाउन सकिने भएपनि त्यसको अध्ययन नहुँदा अलपत्र परेको छ । कर्णालीको पर्यटनको आधार स्तम्भको रुपमा लिइदै आएको उक्त विमानस्थल विस्तारका कुरा दुइ वर्ष देखि चल्दै आएपनि बारम्बार ओझेल पर्दै गएको छ । 

अहिले सुर्खेत देखि काठमाडौंका लागि एक मात्र ४७ सिटे बुद्ध एअरको जहाजले अवतरण र उडान भर्दै आएको हो । एकै उडान भएपनि राहत पाएका कर्णालीबासीले सुर्खेत विमानस्थल अबरुद्ध भए समस्या हुने देखिएको छ । सस्तो खर्चका पनि सुर्खेत विमानस्थलको स्तरउन्नती गर्न सकिन्थ्यो, काठमाडौंबाट आउने ठुला जहाज अवतरण हुने अबस्था छैन् । 

सडकले आफ्नो जग्गा छोड्न भनिरहेको छ । कसरी भ्रमण वर्षमा नियमित उडान गर्न सकिन्छ । यस विषयमा तत्तकाल छलफल गर्न समस्या समधान गर्न समेत उनको माग छ । 

कम खर्चमा विमानस्थल सुधार हुने

ठूलो जहाज ल्याउन कहा रनवे विस्तार गर्ने, एटीआर पुरा भारी बोकेर आउन कति आवश्यक पर्छ भन्ने अनुसन्धान र सम्भाव्यता अध्ययन गर्न पन्ध्र लाख भएपुग्छ । उनले भने,‘तर उक्तः जहाज अहिले पनि सुर्खेतमा अवतरण गर्न सक्छ बरु भारी बोकेर जान कठिन छ । त्यसैले विमानलाई भारी बोकाउन सक्ने बनाउन कति क्षेत्रमा विमानस्थलको विस्ता गर्नुपर्ने हो त्यसको तीन महिना भित्र अध्ययन गर्न सकिन्छ र तत्काल एटीआर ७२ िसटे विमाउन उडाउन सकिन्छ । स्तरउन्नती नभएकै कारण ४७ सिने भन्दा बढि सिटको उडान गर्न सकिएको छैन् ।  

उनले तत्कालका लागि उक्त उपाय अपनाउन सकिएपनि यहाँको पर्यटन प्रवृद्धनका लागि विमानस्थल विस्ता अनिवार्य रहेको बताए । विमानस्थल विस्तार गर्ने, नियमित उडान गर्ने कुरा चलिरहेको बेला सडकले आफ्नो जग्गा मागेपछि समस्या देखिएको छ । 

एक मात्र जहाज आउने हुँदा कर्णालीमा कोही कसैलाई हर्ट अट्याक भएको खण्डमा उसको ज्यान जोगाउन मुश्किल छ । 
उनले भने, ‘त्यसकालागि विमानस्थलमा राती पनि उडान भर्न सकिने खालका संरचना निर्माण गर्नुपर्ने देखिन्छ । 

यो पनि सानै खर्चमा सम्भव छ  । उनले सुर्खेतमा भिएफआर विमान उडान भर्नको लागि आवश्यक पर्ने रनवे अहिले नभएको बताए । ‘भिएपआरका लागि कम्तिमा ७५ मिटर दायाँ र ७५ मिटर बाँया रनवेको आवश्यक पर्छ  । उनले भने, ‘तर अहिले विमानस्थलमा ४९ मिटर दाँयाँ र ४९ मिटर बाँया मात्रै रनवे छ ।

 

 

०००



प्रकाशित: २०७६ पौष २१
January 6th 2020

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्