नेपाली समय: ०९:५९:५३ राती
वि.सं २०७६ फाल्गुण १०   शनिवार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी/एमएस र एमवीवीएस कार्यक्रम सञ्चालन गर्ने

निर्माण सञ्चार, पुस २१, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी /एमएस र एमवीवीएसको कार्यक्रमको सञ्चालन गरिने भएको छ । प्रतिष्ठानको सिनेटको बैठकले यो संगै अन्य १२ वटा निर्णय गरेको छ ।

प्रतिष्ठानको बैठकले गुरुयोजना(डिपिआर)को लागि ६ अर्ब बजेट सहित विभिन्न १२ वटा प्रस्ताव पारित गरेको हाे । 

प्रतिष्ठानको गुरुयोजना पुर्ण कार्यान्वयनका लागि ६ अर्ब बजेट अनुमान गरि पारित गरिएको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लले बताए । 

‘सिनेट बैठकले ६ अर्ब बजेट पारित गर्यो, अब अर्थ मन्त्रालयबाट स्वीकृत लिने तयारी भईरहेको छ । काफ्लेले भने, प्रतिष्ठानले यसै वर्षदेखि एमबीबीएस, एमी र एमएस संचालन गर्ने समेत निर्णय गरेको छ । यसअघि एचए, स्टाफनर्सिङ, विपीएच लगायतका कार्यक्रमहरु संचालन भईरहेका छन् । 

वर्षौदेखि थन्कीएको (डिपिआर) गएको पुस १४ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रतिष्ठानको साँतौ सिनेट बैठकले पारित गरेको थियाे । 

रजिष्टार काफ्लले भने, प्रतिष्ठानको सिनेट बैठकमा जुम्लामा एमबीबीएस भवन निर्माण, चिकित्सक आवास, कर्मचारी आवास, खेल मैदान, प्रयोगशाला,लगायतका विभिन्न संरचना निर्माणको गुरुयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र त्यसमा लाग्ने बजेट पारित हुँदा प्रतिष्ठान समृद्धीको ढोका खुलेको उल्लेख गरे । कर्णालीकै मेडिकल हब मानिने जुम्लालाई अझै उचाईमा पुराउन थप सहयोग मिलेको छ ।  

सिनेट बैठकले गुरु योजनालाई अगाडि बढाउन ६ अर्व बजेटलाई प्रथामिकता दिदै अन्य  १२ वटा प्रस्ताव पास गरेको रजिष्टार काफ्लेले बताए । गुरुयोजना पाँच वर्षमा सम्पन्न हुने लक्ष्य लिएको उनको भनाई छ ।  

गुरुयोजना अनुसार चन्दननाथ नगरपालिका र गुठीचौर गाउँपालिकाको १ हजार २ सय रोपनीमा जग्गमा एमबीबीएस भवन, चिकित्सक आवास, कर्मचारी आवास, खेल मैदानलगायतका संरचना निर्माण हुने छन् । 

गुरु योजना पूरा भएपछि कर्णाली क्षेत्र स्वास्थ्य सेवाको लागि देशकै नमुना बन्ने रजिष्ट्रार काफ्लेको दाबी छ । हाल पनि कर्णालीका दशवटै जिल्लामा विशषज्ञ सेवा प्रवाह गरिएको प्रतिष्ठानले गुरुयोजना कार्यान्वयनपछि देशकै नमुना हुने विश्वास लिएको छ । 

विशेषत जुम्ला, हुम्ला, कालिकोट, मुगु, डोल्पा, अछाम, जाजरकोट, बझाङ र बाजुरा जिल्लाको स्वास्थ्य स्थिति उकास्न सरकारले वि सं २०६८ मा  जुम्लामा यस प्रतिष्ठान स्थापना गरेको थियो । 

प्रतिष्ठानले २३ कात्तिक २०६९ मा एक जना विशेषज्ञसहित पाँच जना चिकित्सक तत्कालीन कर्णाली अञ्चल अस्पताल जुम्ला पुरार्ई सेवा सुरुवात गरेको थियो ।

०जुम्लामै एमवीवीएसको पढाई हुने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मेडिकल डाक्टर अर्थात एमवीवीएस र एमडीजिपीको कक्षा सञ्चालन हुने भएको छ । 

प्रतिष्ठानको ७ औं सिनेट बैठकले सोे निर्णय गरेको हो । पहिला एक पटक मेडिकल काउन्सिलले पढाइ संचालनका लागि अनुमति दिएको थियो । तर बीचमै फिर्ता लियो, तर पुन सिनेटको सातौ बैठकले जुम्लामा  एमवीवीएस र एमडीजिपी पढाई शुरु गर्ने निर्णय भएको छ । 

प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको सहमतिमा स्वास्थ्य जनसंख्या मन्त्री तथा प्रतिष्ठानका सहकुलपति भानुभक्त ढकालको अध्यक्षतामा सोमबार काठमाडौंमा बसेको बैठकले प्रतिष्ठानमा एमविविएस र एमडिजिपी पढाइ सञ्चालन गर्ने निर्णय गरेको प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर निरेश थापाले बताए । 

उनका अनुसार कर्णाली प्रतिष्ठानका शैक्षिक कार्यक्रमहरु एमवीवीएस, एमडीजिपी जनरल, एमएस अर्थोपेडिक्स, एमडि ईन एनेस्थीयोलोजी, एमडि एण्ड पेड्रियाडिक्स, एमडि गाईनोकोलोजी, एमएसी ईपिडिमियोलोजी, व्याचलर इन न्यूट्रेसन र फार्मेसीका कार्यक्रम संचालन गर्ने निर्णय भएको हो । 

उच्चस्तरका शैक्षिक कार्यक्रमसहित १२ वटा प्रस्तावहरु सहमतिमा पारित गरिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । 
 
उनका अनुसार प्रतिष्ठानको संशोधित नियमावली र बजेट पनि पारित भएका छन् । सिनेटले प्रतिष्ठानको बहुबर्षिय योजना समेत पारित गरेको उनले जानकारी दिए । प्रतिष्ठानले एमविविएस र एमडिजिपीको अध्ययन शुरु गर्ने भएपछि कर्णालीवासी भने खुशी भएका छन् । 

 

०००



प्रकाशित: २०७६ पौष २१
January 6th 2020

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्