नेपाली समय: ०७:३४:४४ बेलुका
वि.सं २०७६ फाल्गुण १०   शनिवार

कर्णालीका पाँच हजार युवा रोजगार बन्दै

निर्माण सञ्चार, पुस २३, जुम्ला । कर्णाली प्रदेश प्राकृतिक स्रोत साधनले सम्पन्न भएपनि परिचालन हुन नसक्दा पिछडिएको छ । 

कृषि, पर्यटन, जटिबुटि लगायतका क्षेत्रमा लगानी अभावकै कारण युवा खाडी र कालापहाड धाउन अझै बाध्यात्मक अवस्था छ । 
 
मुलुक संघीयतामा गएसंगै स्थानीय तहको विकासका लागि स्थानिय सरकार आएपछि देशको बेराजगारीले काँचुली फेर्ला भन्ने आशा गरेका युवाहरु आशाको बाटो कुरीरहेका छन । 

अझै सीप मुलक कार्यक्रम चलाउनु पर्ने, युवामैत्री नीति ल्याउनु पर्ने, विकास निर्माणमा युवा सहभागिता सुनिश्चित हुनुपर्ने युवाका माग विगत देखि यथावतनै छन । 

कर्णालीको प्रदेशकाे ११ लाख ६८ हजार ५१५ जनसंख्याको ३१ हजार युवा जनसंख्या बेरोजगार रहेको तथ्यांक छ ।

यतीबेला कर्णाली सरकारले यूवा उद्यमी सृजना गर्ने, बेरोजगारीको समस्या समधान गर्ने गरीे चालू आवमा करिब पाँच हजार युवालाई रोजगार दिने भएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) अन्तर्गतका विभिन्न कार्यक्रम मार्फत कर्णालीका पाँच हजार युवाले रोजगारी पाउने भएका छन् । 

सिटीइभिटीका आङ्गिक, साझेदारी सङ्घसंस्था तथा छोटो अवधिका लागि सञ्चालन गरिने निःशुल्क तालीमबाट ती युवाले रोजगारी पाउने भएका हुन् । 

सिटीइभिटी कर्णाली प्रदेश कार्यालयले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा चालू आर्थिक वर्षमा कर्णालीका पाँच हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य सहित विभिन्न कार्यक्रम अघि बढाईएको बताए ।
 
पाँच हजार युवा क्षणिक भएपनि रोजगारी पाउने कुरो सुखद पक्ष हो । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सिटीइभिटीले सञ्चालन गर्ने कार्यक्रम पारदर्शी हुनुपर्ने बताए । 

सिटीइभिटीले राज्यको लगानीलाई दुरुपयोग हुन नदिन प्रभावकारी अनुगमन संयन्त्रको विकास गर्नुपर्छ । मन्त्री रावलले भने, बेरोजगारी पनि कर्णालीको मुख्य चुनौती हो । 

कृषि, उद्योग कलकारखाना,पर्यटन व्यवासय के बाट हुन्छ रोजगारी दिने योजनामा प्रदेश सरकार लागि परेको छ । सिटिईभिटिले दिने तालिमबाट कर्णालीका पाँच हजार युवाले एकै साथ काम पाउनु समृद कर्णालीका लागि नया आयाम भएको मन्त्री रावललको भनाई छ ।

सिटिईभिटिका कार्यक्रम गरीब र न्यून आयस्रोत भएका व्यक्तिका लागि उपयोगि छैन् । उनले भने, तर, बिचौलियाले कार्यक्रम लिएर झारा टार्ने, बजेट सक्ने काम भएको गुनासो पनि सुनिने गरेको छ, अब सिटीइभिटीले यसतर्फ ध्यान सुझाब दिए । 

कर्णालीका १० वटै जिल्लाका बेरोजगार युवाहरुको सम्मान सहभागिता रहने गरि रोजगारीका कार्यक्रम शुरु गर्न मन्त्री रावलले निर्देशन दिए ।

यता, सिटीइभिटीका कर्णाली प्रदेश निर्देशक हेमन्त पराजुलीले प्रदेश सरकारसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए । 

“चालू आवमै पाँच हजारलाई रोजगारी दिएर आफ्नै गाउँ–ठाउँमा बस्ने वातावरण बनाउँछौ । उनले भने, १० वटै जिल्लाका बेरोजगारहरु मध्य तालिम पछि केहि गर्न सक्ने जोश भएकम युवालाई कार्यक्रमबाट लाभान्वित गराईने पराजुलिको भनाई छ । 

कार्यक्रममा प्रदेशअन्तर्गतका सिटीइभिटीबाट सम्बन्धनप्राप्त शिक्षण संस्थाका प्रमुख तथा प्रतिनिधि संग छलफल गरि कार्यक्रम संचालन गरिने भएको छ । 

एकै साथ पाँच हजारले रोजगारी पाउने कुराले कर्णालीका बेरोजगार यूवा खुसी छन् । सिटिईभिटिले प्रदान गर्ने रोजगारिको कार्यक्रममा राजनिति नगरि वास्तविक बेरोजगार तथा केहि गर्ने जागर भएको युवाहरुलाई अबसर दिन जुम्लाका युवा अनुप थापाले सुझाब दिएका छन् । 

नेता र सांसदका नजिकलाई समेट्ने प्रबृतिको अन्त्य गर्न पनि आग्रह गरेका छन् । प्रधनमन्त्री रोजगार कार्यक्रम पनि कर्णालीमा प्रभावकारी देखिएको थियो ।

 

०००



प्रकाशित: २०७६ पौष २३
January 8th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार