नेपाली समय: ०१:३९:२० बिहान
वि.सं २०७७ आश्विन १२   सोमवार

प्रशासनमा महिला सेवाग्राहीलाई निःशुल्क प्याड

निर्माण सञ्चार, पुस २५, जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लामा सेवा लिन आउने महिला सेवाग्राहिका लागि निशुल्क प्याडको व्यवस्था गरिएको छ ।  

महिनावारी भएकाे बेला सेवा लिन आएका महिला तथा किशोरीहरुको राहतका लागि गएको पुस २० देखि प्रशासनमा निशुल्क प्याड पाउने व्यवस्था गरिएको हो ।  

प्रशासनमा आउदा सेवा लिने क्रममा अप्ठ्यारो महसुश हुने बित्तिकै महिला शौचालयमा गएर प्याड फर्न सक्नेछन । प्रजिअ दुर्गा बञ्जाडेले भनिन, सन्ध्या फाउण्डेशन संगको सहकार्यमा प्रशासनमा निशुल्क प्याडको व्यवस्था गरिएको हो । 

प्रशासनिक सेवामा महिलाको पहुँच बढाउने लक्ष्य अनुसार पनि महिला मैत्री सेवालाई जोड दिईएको छ । 
पहिलो चरणका लागि अहिले ७५ पिस प्याड महिला शौचालयमा राखिएको छ । 

प्रशासनमा आउने महिला सेवाग्राहि तथा महिला कर्मचारीले आबश्यकता अनुसार प्रयोग गर्न सक्नेछन । प्रशासनमा निशुल्क प्याडको व्यवस्था गरेको खबरले स्थानीय महिलाहरु निकै खुसी छन् ।

स्थानीय महिला गाँडे सार्किले भनिन, प्रयोग गर्न खोज्नेहरुका लागि गाउँमा भनेको समयमा प्याड पाईदैन,दैनिक सयौ महिलाको भिड हुने प्रशासनमा महिलाको राहतका लागि प्याडको व्यवस्था गर्नु प्रशंसा योग्य काम भएको उनको भनाई छ । 

सन्ध्या फाउण्डेशनले दिएका प्याड सकिएपछि प्रशासनले निशुल्क प्याड कार्यक्रमलाई आफ्नै लगानीमा निरन्तरता दिन भएको छ । 

खस भाषामा अडियो नागरिक वडापत्र

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे महिला (सिडिओ) का रुपमा जुम्ला आएपछि एकपछि अर्को नमुना काम हुँदै छन् । प्रशासनमा स्तनपान कक्ष स्थापना महिला सेवाग्राहिका लागि अति प्रभावकारी देखिएको थियो । 

त्यो संगै कर्णालीकै पहिलो प्रशासनका रुपमा सेवा ग्राहिको सहजताका लागि हेल्प डेक्स९ सहायता० कक्ष संचालनमा ल्यायो । 

जसले गर्दा कुनै सेवा प्रति अन्यौल भएका सेवाग्राहिलाई स्पष्ट पार्ने गरिएको छ ।   विहान १० देखि साँझ ४ बजे सम्म  एकजना कर्मचारीले हेल्प डेक्सबाट सेवा दिन्छन्  । 

नागरिकता बनाउदा, सिफारिस ल्याउदा, कुनै सिफारिस लिदा के गर्ने कसो गर्ने भनी सिकाउछन् । यी सबै काम जुम्लाका नागरिक रुचाईरहेका छन् । 

यो संगै नयाँ कामका रुपमा प्रशासनले खसभाषामा रेर्कड गरिएको अडियो नागरिक वडापत्र संचालनमा ल्याएको छ । विहान १० देखि४ बजे सम्म प्रशासन कार्यालयबाट प्रशासनिक सेवा लिन आउदा आबश्यक प्रक्रियाका बारेमा खसभाषाबाट भन्छ । 

अडियो नागरिक वडापत्र निरक्षरहरुका लागि सारै  प्रभावकारी भएको नागरिक समाजका अध्यक्ष राज बहादुर महतले बताए । 

सिडिओ दुर्गा बञ्जाडे आएपछि एकपछि अर्को गरेर सेवा प्रभाव छिटो छरितो र प्रभावकारी हुँदै गएको महतको भनाई छ । प्रशासन मात्र नभई जुम्लाका सबै सरकारी कार्यालय सुचनामैत्री नागरिकमैत्रि,महिला तथा बालबालिका र अपांग मैत्री हुनपर्ने जुम्लाबासीको माग छ ।

 

 

०००
 



प्रकाशित: २०७६ पौष २५
January 10th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार