नेपाली समय: १०:१२:३५ राती
वि.सं २०७६ फाल्गुण १०   शनिवार

कर्णाली सडकको हालतः न सडकमा सुधार, न आवश्यक स्थानमा पट्रोल पम्प !

निर्माण सञ्चार, पुस २५, जुम्ला । भ्रमण वर्ष उद्घाटनमा निमोखो देखिएको जुम्लामा पर्यटनको आगमनमा भने वृद्धि भइरहेको छ । 

कर्णालीको पर्यटकिय शहर रुपमा स्थापित जुम्लामा भ्रमण वर्ष उद्घाटनको औपचारिक कार्यक्रम हुन सकेन । तर पनि यहाँ आउने पर्यटकको संख्यामा भने बृदि हुँदै गएको पाईएको छ । यतिबेला जुम्ला हुँदै डाँफे लेक रारा सम्म पुग्ने बाह्य पर्यटकको संख्या बढेको हो । 

गएको बुधबार भ्रमण वर्षको भव्य उद्घाटन गरेको कर्णाली सरकारले सडकको सुधारमा ध्यान नदिँदा पर्यटकहरु अप्ठ्यारो महसुश गरेका छन । भ्रमण वर्ष २०२० शुरु भएसंगै जुम्लाको कान्जिरोवा होटलमा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ ।

होटल संचालक तथा पर्यटन व्यवसायी नुर्वु तामाङका अनुसार कर्णाली राजमार्ग हुँदै आएका धेरै पर्यटकहरुले सडक सुधार बिच बिचमा रिफ्युल सेन्टर स्थापना गर्न माग गरेको बताए । 

काठमान्डौ सुर्खेत हुँदै जुम्ला पुगेका धेरै आन्तरिक तथा बाह्य पर्यटकले कर्णालीको सडक राम्रो नभएको, रिफ्युल सेन्टर नहुदा दुख पाईने गरेको धुलाम्ये सडकले र प्रदुषण बढी भएको गुनासो गरे । 

जुम्ला पुगेका जर्मनीका जोनाथनले आफूले नेपालमा ट्रेकिङ र स्थानीय खानाको स्वाद लिए पनि खराब सडक र प्रदुषणले गर्दा आफ्नो भ्रमण प्रभावित भएको गुनासो गरे । नेपालको मुख्य शहर पनि फोहोर रहेको भन्दै पोखरा अलि राम्रो भएको प्रतिक्रिया दिए ।
 
भने कर्णालीमा आउदा यहाका पर्यटकिय स्थल, वातावरण हेर्दा फर्किन मन नलाग्ने तर सडक लगाय अन्य पुर्वाधार हेर्दा विकासको अभाव देखिएको बताए । 

कर्णालीले सडक सुधारमा जोड दिन सके पर्यटकको संख्यामा उल्लेखिय बृदि हुने नुर्वु तामाङको विश्वास छ ।  त्यस्तै फिनल्यान्डका करिब चार जना पर्यटक पुर्वि नेपाल घुमेर हाल कर्णालीमा पुगेका छन् । 

होटल व्यवसायी तामाङका अनुसार त्यो समुहलाई सोमबार रारा हुम्ला ट्रेकिङका लागि बिदाई गरिएको छ । उनिहरुले पनि भ्रमण वर्ष सफल बनाउनका लागि सडक सुधारमा कर्णालीमा पहिलो प्रथामिकता दिनुपर्ने सुझाव दिएका थिए । 

जुम्ला आउदा राजमार्ग हुँदै आएका फिनल्याण्डका पर्यटकले फर्किदा जहाजबाट जाने बताएका छन् ।
विदेशी पर्यटकहरु कर्णालीका गाउँठाउँ घुम्न आउने भएकाले ती ठाउँहरूमा सडक राम्रो भए पर्यटकलाई धेरै सहज हुने उनको सुझाव छ। 

सडक सुधार सिहत रिफ्युल सेन्टर स्थापना, लगायत अन्य पूर्वाधार निर्माणको बहस रारा पर्यटन वर्ष २०७५ उद्घाटन भए देखिनै शुरु भएको हो ।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा भन्छन, अहिले भ्रमण वर्ष २०२० शुरु भईसक्दा पनि उहीँ गुनासा र बहस चलिरहेका छन् । 

भ्रमण वर्षमा एक लाख विदेशी पर्यटक र १० वर्षमा १५ लाख आन्तरिक बाह्य पर्यटक कर्णालीमा भित्राउने लक्ष्य राखेपनि सडकको स्तरबृदि नहुदा पर्यटकहरुले सास्ती पाएको उनको भनाई । 

भ्रमण वर्ष लक्षित कर्णालीमा सडक स्तरउन्नती, पुल निर्माण भएपनि काम चलाउ भएकाले समस्या देखिएको हो । त्यसका साथै, जुम्ला विमानस्थलमा रिफ्युल सेन्टर स्थापना भएपछि साविक कर्णालीमा पर्यटन प्रर्बदन हुने नागरिक समाजका अध्यक्ष राज बहादुर महत बताउँछन् । 

बल बहादुर महत संस्कृति राज्य मन्त्री हुदा देखि जुम्लामा रिफ्युल सेन्टर स्थापना गर्ने बहस चलेको थियो । नागरिक उड्यन प्राधिकरणको केन्द्रीय टोलीले पनि जुम्ला आउदा पर्यटन प्रर्बदनमा लागि रिफ्युल सेन्टर स्थापना हुने आश्वासन दिएको थियो । 

तर हाल सम्म पनि रिफ्युल सेन्टर स्थापना नहुँदा अहिले भ्रमण वर्ष सफल बनाउनका लागि पनि सडक मर्मत संगै रिफ्युल सेन्टर स्थापनामा जोड सुझाब आएका छन् । यता जुम्ला बिमानस्थले पनि एयरपोर्टको थप स्तरबृदिका लागि पहल भैईरहेको बताएको छ ।

साविक कर्णालीको मध्य बिन्दुका रुपमा रहेको जुम्लालाई पर्यटकिय मार्गका रुपमा हेरिन्छ । हुम्ला मानसरोवर जाने पर्यटकको नेपालगन्ज पछिको मुख्य मार्ग जुम्ला हो ।
 
जुम्लामा रिफ्युल सेन्टर स्थापना भएको खण्डमा जुम्लामा आन्तरिक पर्यटन प्रर्बधन हुने जुम्लाबासीको विश्वास छ । यहाँका सम्भावना हेर्दै पूर्बाधार बिनै कर्णालीमा पर्यटकको संख्यामा बृदि भैईरहेको छ । 

तर सरकारको लक्ष्य प्राप्तीका लागि पहिलो प्रथामिकता सडक सुधारमा जोड दिन आबश्यक देखिन्छ । नेपालले गएको बुधबार औपचारिक रूपमा भिजिट नेपाल २०२० को शुभारम्भ र्गयो । 

यस वर्ष  २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने नेपालको लक्ष्य राखेको छ । गत वर्ष ११ लाख ७३ हजार विदेशी पर्यटक नेपाल आएका थिए। यो वर्ष झन्डै दोब्बर पर्यटक  नेपाल ल्याउने सरकारको लक्ष्य छ ।

 

 

०००



प्रकाशित: २०७६ पौष २५
January 10th 2020

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्