नेपाली समय: ०५:५९:५५ बेलुका
वि.सं २०७६ फाल्गुण १०   शनिवार

कर्णालीवासी लाईसेन्स लिन छिमेकी प्रदेश धाउनुपर्ने दिन अब गए

निर्माण सञ्चार, पुस २८, जुम्ला । सुर्खेतमा प्रदेश राजधानी हुँदासमेत सवारीचालक अनुमति पत्र लिन छिमेकी प्रदेश जानुपर्ने कर्णालीबासीको बाध्यता हटेको छ । 

अझ पहिला जुम्लामै पाईने सवारी अनुमति पत्र लाईसेन्स लिन केही समय प्रदेश नं. ५ नेपालगन्ज जानू पर्ने बाध्यता थियो । संघियता आईसकेपछि पनि घरमै सेवा पाउने आशा गरेका कर्णालीबासी लाईसेन्स लिन छिमेकी प्रदेशमा जानुपर्दा आत्रोसित थिए । जुम्लाबाट नभएपनि तत्काल सुर्खेतबाट लाईसेन्स वितरण गर्न माग गरेका कर्णालीबासीको माग सम्बोधन भएको छ ।

आगामी माघ ५ गतेबाट प्रदेश राजधानी वीरेन्द्रनगरबाटै सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० वितरण गरिने भएको छ । आउँदो ५ माघ देखि लाइसेन्स वितरण गर्ने गरी तयारी थालिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए । उनका अनुसार अनलाइन सफ्टवेयर, ट्रायल (परीक्षण) सेन्टर निर्माण तथा जनशक्ति व्यवस्थापनलगायतका कार्य अन्तिम चरणमा पुगेको छ ।

सुर्खेत प्रदेश राजधानी हुँदासमेत सवारीचालक अनुमति पत्र लिन अन्य प्रदेश जानुपर्ने बाध्यता रहेको भन्दै सर्वसाधारणको व्यापक गुनासो आउने गरेको छ । 

प्रजिअ अधिकारीले लाइसेन्स वितरणका लागि यातायात व्यवस्था विभागसँग समन्वय भइरहेको बताए । गुनासा धेरै आएपछि मन्त्रालय संग समन्वय गरि लाईसेन्स दिने व्यवस्था गरेका छौ ।

साथै, उनले लाइसेन्सबिनै अटोरिक्सा चलाउने र चर्को भाडा लिने गरेको गुनासो व्यापक सुनिएकाले व्यवस्थित गर्न लागिएको बताए । 

वीरेन्द्रनगरमा एक हजार ९०० अटोरिक्सा रहेकामध्ये करीब ३०० सँग मात्र लाइसेन्स रहेको बताइएको छ । भने जुम्लामा रहेका करिब १ सय ५० मध्य ७० प्रतिशत अटोरिक्सा लाईसेन्स बिनै चलाईरहेका छन । कर्णालीमा लाईसेन्स नपाउने भएकै कारण समस्या भएको हो । 

लाइसेन्स नभएका अटोचालकलाई पक्राउ गर्ने र लाइसेन्सबिनै अटोरिक्सा बेच्ने धनीलाईसमेत कारवाहीको दायरामा ल्याइने जुम्लाका ट्राफिक हबल्दार कुशराज शाहिले बताए । सुर्खेतमा लाईसेन्स वितरण गरेपछि अलि राहत हुने सबै प्रक्रियामन आउने उनको विश्वास छ ।

 

 

०००



प्रकाशित: २०७६ पौष २८
January 13th 2020

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्