नेपाली समय: ०७:०९:२१ बेलुका
वि.सं २०७६ फाल्गुण १०   शनिवार

छाउपडी उन्मूलन अभियानः कर्णालीमा भत्काइयो ७ सय छाउ गोठ

निर्माण सञ्चार, माघ ०१, जुम्ला । छाउपडी उन्मूलनका लागि गृह मन्त्रालयको निर्देशनमा सुदूरमध्यका जिल्लामा छाउगोठ भत्काउने अभियान सुरु भएको छ । 

प्रहरी प्रशासन तथा स्थानिय जनप्रतिनिधिहरुको संयुक्त प्रयासमा छाउगोठ भत्काउने अभियान काम सुरु गरीएको हो । 

सोही अभियान अन्तरर्गत सुुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेका विभिन्न ठाउँ अछाम, कैलाली, सुर्खेत, जाजरकोट, दैलेख र कालिकोट लगाएतका ठाउँमा गोठ भत्काउने काम तदारुपताका साथ भइरहेको छ । 

भने, अन्य जिल्लामा छुईप्रथा मान्दैनौ भनेर प्रतिबदता लिने काम भईरहेको छ । हाल सम्म कर्णालीका चार जिल्ला सुर्खेत, जाजरकोट, दैलेख र कालिकोटको तथ्यांक अनुसार करिब ७ सय चार वटा छुईगोठ भत्काइएको छन् । 

प्रहरी प्रशासनको दबाबमा गोठ भत्काएपनि मनको डर त्रास कायमै रहेको कालिकोटका हस्त चौलागाईले बताए । 
जुम्लाका महिला अधिकारकर्मि लक्ष्मीकन्या बुढा भन्छन्, साविक कर्णालीमा छुईगोठ छुटै हुदैन् गाईबस्तु संगै छुई हुदा बस्न बाध्य छन । गोठ भत्काउने भन्दा त्रास, भय सोचाई भत्काउन आबश्यक हो । 

उनले थपिन, पहिलो प्रथामिकतामा डरलाई भत्काए, संरचना आफै भत्कीछन । सेवा कटौती गछौं भन्दै डर देखाएर प्रहरी प्रशासनले छाउगोठ भत्काउदैमा छुईप्रथा उन्मुलन भयो भन्न कदापी नसकिने चन्नदनाथ नगरपालिकाकी उपमेयर अप्सरादेवि न्यौपानले बताईन् । 

सोच भत्काउन, गोठ आफै भत्कीछन् । यहि कुरा अब स्थानीय सरकार मुलमन्त्र मानेन जनचेतना विस्तार गरि स्वयम महिलालाइ नै गोठ भत्काउन अग्रसर हुने खालका कार्यक्रम गरिने बताइन । 

यता सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार कर्णालीका सुर्खेतमा ५ सय ६६, दैलेखमा १ सय १२, कालिकोटमा १७ र जाजरकोटमा ९ गरि जम्मा ७ सय चार छुईगोठ भत्काईएको छ ।
 
देशभरीबाट सबै भन्दा बढि सुदुरपश्चिम प्रदेशमा १ हजार ९ सय छाउगोठ भत्काईएको छ । भने, जिल्लागत हिसाबमा अहिले सम्म नेपालमै बढि अछाममा मात्रै १ हजार ६ सय छुईगाुठ भत्काइएको छ । 

कर्णाली र सुदुरपश्चिम गरि हाल सम्म हजार दुई सय ५४ छाउगोठ भत्काएको छ । सुदूरपश्चिममा एक हजार नौ सय सात र कर्णालीमा सात सय तीन छाउगोठ भत्काइएको हो ।  

प्रहरी प्रवक्ता शैलेस थापाका अनुसार सुदुरपश्चिमको कैलालीमा एक सय १५, बझाङमा ६५, बाजुरामा एक सय ६८ र कञ्चनपुरमा चार छाउगोठ भत्काइएको छ ।

सोचाई भत्काउन मुस्किल 

छाउगोठ भत्काउनु जतिकै सजिलो सोचाई भत्काउनु छैन् । गोठ भत्काउने अगुवा हरुलाई यो कुरा थाहा छ । तर पनि औपचारिकतमा मात्रै सिमित गोठ भत्काउने कार्यले छाउ मान्ने ग्रामिण महिला झनै त्रसित छन् । 

त्यसो त छाउगोठमा बस्दा महिलाले सामाजिक अत्याचार मात्र नभई प्राकृतिक विपत्ति पनि भोग्दै आएका छन् । 
तर गोठ भत्काउदैमा सोचाई भत्किन मुस्किल छ । 

नागरिक समाजका अध्यक्ष राज बहादुर महतले भने, अहिले सम्म जति महिला छाउप्रथा न्युनिकरणमा लागेकि छन् उनीहरु मनै देखि होमिएका छैनन् । औपचारिकतामा सिमित महिला अगुवा कार्यक्रर्ताहरुनै गोठमा बस्ने गरेको धेरै तथ्यहरु छन् । 
हाली हात्तीका देखाउने दाँत जस्तै महिला अगुवाले ग्रामिण महिला निकै त्रासमा छन । 

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार साविक कर्णालीमा गोठ भन्दा डर त्रासलाई भत्काउन आबश्यक रहेको छ । जुम्लाका आठै स्थानीय तह संग प्रतिबदता मागेका छौ । 

सोहि अनुसार चेतना अभिबृदिका कार्यक्रमलाई अगाडि बढाइने छ । सोचाई भत्काउन सहज छैन् । तर स्वयम महिलानै छुईप्रथा उन्मुलनमा सहभागी हुने खालका कार्यक्रम गरिने छ ।

 

 

०००



प्रकाशित: २०७६ माघ १
January 15th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार