नेपाली समय: ०६:४२:५९ बेलुका
वि.सं २०७६ फाल्गुण १०   शनिवार

मञ्जुश्री फाइनान्सको १२ औं वार्षिक साधारण सभा सम्पन्न, वोनश शेयर तथा नगद लाभांश पारित

निर्माण सञ्चार, माघ ०३, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

सो साधारण सभाले आव. ०७५/७६ को लागि प्रस्तावित ९.८० प्रतिशत नगद लाभांश (वोनश शेयर तथा नगद लाभांशको कर समेत) र १.७५ प्रतिशत बरावरको वोनस शेयर वितरण गर्ने निर्णय पारित गरेको छ ।

 संस्थाको यस अघिसम्मको चुक्ता पूँजी ८० करोड ४० लाख ६० हजार २ सय १० रहेको छ । यस फाइनान्सको पौष मसान्त सम्म ७ अर्ब ७० करोड निक्षेप संकलन तथा ६ अर्ब ७७ करोड कर्जा लगानी रहेको छ । 

संस्थाको संचालक समितिमा सर्वसाधारण शेयरधनिहरुको तर्फवाट प्रतिनिधित्व गर्न इन्दिरा पण्डित घिमिरे र चिन्तामणी गौतमलाई आगामी ४ वर्षको लागि सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ । 

मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि न्युरोड काठमाण्डौ ,नारायणगढ, बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा बिरगञ्ज शाखाबाट कारोबार गरि रहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो ।

 

०००



प्रकाशित: २०७६ माघ ३
January 17th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार