नेपाली समय: ०५:५०:१६ बेलुका
वि.सं २०७६ फाल्गुण १०   शनिवार

ग्लोबल आइएमई बैंकको २ वटा नयाँ शाखा सञ्चालनमा

निर्माण सञ्चार, माघ ०३, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारदेखि दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका वडा नं. ५, हरिसिद्धि र रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं. ६, होलेरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४६ पुगेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुयाउने उद्देश्यले बैंकले हाल १४६ शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १८९ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


०००



प्रकाशित: २०७६ माघ ३
January 17th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार