नेपाली समय: ०७:०६:१३ बेलुका
वि.सं २०७६ फाल्गुण १०   शनिवार

जुम्लामा भारी हिमपातः आगो बालेर प्रशासनमा सेवा, किसान खुसी

निर्माण सञ्चार, माघ ०३, जुम्ला । जुम्लामा अहिले सम्मकै भारी हिमपात भएको छ । कर्णालीमा हुम्ला, डोल्पा मुगु संगै जुम्लामा सातौ पटक भएको वर्षासंगै भारी हिमपातले चिसो बढेको छ । सरकारी कार्यालयका कामकाँज सबै ठप्प भएका छन् । 

भने चिसो अत्याधिक बढेपछि जनजीवन कष्टकर बनेको स्थानीय बताउछन् । हिमपात भएपनि जिल्ला प्रशासनले दैनिक सेवा प्रवाह गरिरहेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् । 

पानीसँगै हिउँ परेकोले किसानहरुले भने राहत महशुस गरेका छन् । स्याउ लगायत फलफूलमा फुल्ने समय भएकोले यस पटकको हिउँले किसानलाई फाइदा पुग्ने कृषि विज्ञहरुको भनाइ छ । पानीपछि हिउँ परेकोले स्याउमा खडेरीका कारण लाग्ने विभिन्न रोगको प्रकोपबाट बचाउने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ

उनका अनुसार हिमपात भैइरहेपनि सेवा ग्राहि निरन्तर आईरहेका छन् । चिसोले प्रभावित भएका सेवाग्राहिको राहतका लागि आगो बालेर न्यायो दिईएको उल्लेख गरिन् । 

नागरिकताका लागि वृद्धा बढि आउने भएकाले चिसोले बढि प्रभावित हुन्छन् । प्रशासनले आगो बालेर चिसोमा न्यायो दिएपछि ठुलो राहत महसुश भएको सेवाग्राहिले बताएका छन् । 

दैनिक सेवाग्राहिको भिड लाग्ने मालपोत, नापी, स्वास्थ्य विज्ञान प्रतिष्ठान, बसपार्क,एयरपोर्टमा आगोबालेर न्यायो सेवा दिनु पर्ने नागरिक समाजका अध्यक्ष राज बहादुर महतको सुझाब छ ।
 
प्रशासनले आगो बालेर जेष्ठनागरिक, महिला गर्भवतिका लागि निकै राहत भएको महतले उल्लेख गरे । जुम्लाको सिंजा क्षेत्र, पातारासी गुठिचौर तथा पानसय भेगमा हिमपात भारी भएको स्थानीय नर थापाले जानकारी दिएका छन् । 

भारी हिमपात भएपछि साविक कर्णालीका पाँच जिल्लामा संचार बिहिन भएको नेपाल टेलिकम जुम्लाका प्रमुख श्रीधर अधिकारीले बताए । 

उनका अनुसार सोलार प्यानलमा चार्ज ब्याकप नभएकाले गर्दा पाँचै जिल्लामा टावर अबरुद भएको छ । मुगुमा भने अघिल्लो पटकको हिमपात देखि करिब १३ दिनदेखि संचार सेवा अबरुद भएको छ । 

भने कर्णाली राजमार्गको सुर्खेत तथा दैलेख खण्डमा भारी वर्षात भैईहेका कारण यातायात सेवा पनि अबरुद हुने सम्भावना रहेको छ । अत्याआबश्यक काम बाहेक यात्रा नर्गन समेत प्रशासनले आग्रह गरेको छ । 

पानीसँगै हिउँ परेकोले किसानहरुले भने राहत महशुस गरेका छन् । स्याउ लगायत फलफूलमा फुल्ने समय भएकोले यस पटकको हिउँले किसानलाई फाइदा पुग्ने कृषि विज्ञहरुको भनाइ छ । पानीपछि हिउँ परेकोले स्याउमा खडेरीका कारण लाग्ने विभिन्न रोगको प्रकोपबाट बचाउने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

चिसो अत्याधिक बढेकाले जेष्ठ नागरिक गर्भवती महिलालाई विशेष सुरक्षा गर्न चिकित्सकहरुले सुझाब दिएका छन् ।

 तर जुम्लाका आठै स्थानीय तह खुला भए पनि सेवाग्राहि नआएकाले कुनै काम नभएको गुठिचौर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशवराज शर्माले बताए । आन्तरिक कामकाज भने भैईरहेको उनको भनाई छ । 

जाडो मौसममा वर्षेनी कर्णालीका जिल्लामा अधिकांश युवा कालापहाड जाने भएकाले यहाँ रहने ज्येष्ठ नागरिक, महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई समस्या हुने गरेको तिला गाउँपालिका–३ जुम्लाका स्थानीय नरबहादुर रावतले बताए । 

हिमपातले बिस्कुन सुकाउन पिठो पिस्न, वस्तुभाउलाई घाँसपात, घरमा बाल्ने दाउरा प्रबन्ध गर्न गाह्रो भएको उहाँले दुखेसो व्यक्त गरे ।
 
कर्णालीका सबै शैक्षिक क्षेत्रध देखि सरकारी तथा गैरसरकारी कामकाज चिसोले प्रभावित भएका छन् ।  जिल्ला प्रशासन कार्यालय जुम्लाले भने सबै जिल्लावासीलाई चिसोमा न्यानो कपडा लगाउन, घरबाहिर ननिस्कन र प्राकृतिक तथा मानवीय विपद जोखिमबाटबाट बच्न उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह छ । 

हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जुम्लाको आजको तापक्रम माइनस दुई डिग्री सेल्सियसम झरेक  छ ।

 

 

 

 

०००



प्रकाशित: २०७६ माघ ३
January 17th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार